नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पु-याएका हुन् ।
‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं अन्ततः उनीहरू पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।
शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार रातिको हो । चोरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास ग-यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो।
रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेर फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन् भन्ने खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो ।
स्थानीयले आफन्तमार्फत गोप्य रूपमा सोधखोज थाले । चोरीको असफल प्रयासपछि प्रहरीबाट भाग्दै मगर शनिबार होटलमा पुगेको जानकारी प्राप्त भयो। ‘प्रहरी तत्काल त्यहाँ नपुगेमा अभियुक्त भाग्न सक्ने सम्भावना थियो हिँडेर पुग्न एक दिन लाग्ने भएकाले स्थानीयले होलिकोप्टर लिएर जान प्रस्ताव गरे,’ इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले भने, ‘सो स्थानमा २० मिनेटमा नै पुग्न सफल मात्र भएनौं अभियुक्तलाई पक्राउ गर्नसमेत सफल भयौं ।’
मगरलाई पक्राउ गरी प्रहरी टोली र स्थानीय भने हिँडेरै आइतबार नाम्चे फर्कियो । हेलिकोप्टर भने एक विदेशी नागरिक लिन होर्सेतिर लाग्यो । ‘अभियुक्तलाई पैदल मार्गबाट अस्ति (आइतबार) साँझ इलाका प्रहरी कार्यालय नाम्चेमा ल्याएका छौं,’ निरीक्षक यादवले भने । निरीक्षक यादव प्रहरीको काममा नाम्चेवासीले गरेको सहयोगबाट थप उत्साहित भएको बताउँछन् ।
राजधानी दैनिक
यसमा तपाइको मत
अपराध र कानुन बाट अन्य

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...