काठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने मदिरा नियन्त्रण गर्न मदिरा उत्पादक, वितरक र नियामक निकायहरुबीच सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन नियममा भएका व्यवस्थाहरुलाई परिपालना गर्न सचेतनामूलक कार्यक्रम मार्फत् सचेतनामा अभिवृद्धि गरी सुधार गर्ने कार्यमा जोड दिइने र ऐन नियममा भएका व्यवस्थालाई अटेर गरी मदिराजन्य पदार्थको उत्पादन, पैठारी, ओसारपसार तथा बिक्री वितरण गरेको पाइएमा हदैसम्मको कारवाही गरिने जानकारी गराउनुभयो ।
राजस्व असुली, जनस्वास्थ्य र सामाजिक सदाचारितास“ग प्रत्यक्ष सरोकार रहने मदिराजन्य पदार्थहरुको अवैध कारोवार नियन्त्रण गर्न सम्पूर्ण प्रयास गरिने कुरा समेत उल्लेख गर्नुभयो । नियम र कानूनको परिपालना गरी वैध रुपमा कारोवार गर्ने करदातालाई पर्न गएका व्यवहारिक समस्या समाधान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्न विभाग सदैव तयार रहेको र व्यवसायीसँग पनि विभागले सदैव सहकार्य र सहयोगको अपेक्षा गरेको बताए ।
महानिर्देशक शर्माले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, विभागले तोकेका राजमार्गका क्षेत्रमा मदिराजन्य व्यवसाय गर्नेले मदिरा र सूर्तीजन्य वस्तु वाहेक अरु व्यवसाय गर्न नपाउने बताउदै सो सम्बन्धमा आक्रामक हिसावले अनुगमनलाई तिव्रता दिने जानकारी दिए ।
शर्माले विक्रेताले सवै कर समावेश भएको अन्तिम मूल्यसूची सवैले देख्ने गरी राख्नुपर्ने बताउदै देशका विभिन्न भागमा हुने मेला, प्रदर्शनी, महोत्सवमा सहभागी हुने व्यवसायीले अस्थायी रुपमा अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता हुनुपर्ने बताउनुभयो । कानुनको परिपालनाका लागि मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभएकालाई इजाजत नदिन प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रशासन समेतलाई अनुरोध गरी सकिएको बताए ।
कार्यक्रममा सहभागीहरुले व्यवसाय सञ्चालन प्रकृयामा सरलीकृत गरिदिन आग्रह गरेका थिए । समाजमा अवैध मदिरा उत्पादन किन गर्न हुन्न र गरे के कारवाही हुन्छ भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने भनाइ थियो ।
उक्त कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, आपूर्ति व्यवस्था विभागका निर्देशक लक्ष्मण श्रेष्ठ, राजस्व अनुसन्धान विभागका निर्देशक गोविन्दप्रसाद सुवेदी, कम्पनी रजिष्टार कार्यालयका उपरजिष्ट्रार सन्तोषकुमार दाहाल, प्रहरी उपरीक्षक राजेशलाल कर्ण, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक फणिन्द्रराज पौडेल, नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी, नेपाल पेय पदार्थ तथा चुरोट उत्पादक संघका अध्यक्ष रमेश श्रेष्ठ, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य, नेपाल चेम्बर अफ कमर्सका न्तोषकुमार पाण्डे, नेपाल चेम्बर अफ कमर्सका कर राजस्व सभापति कृष्णमान श्रेष्ठ लगायत अन्य मदिरा उत्पादक तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
यसमा तपाइको मत
अभियान सुशासनकाे बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...