कास्की : उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहेको बताएका छन । कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।
आफु मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउदै उहाँले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको बताए । कतिपयले उर्जा कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै उहाँले उर्जा बेच्नेतिर मात्र नभई स्वदेशमै खर्च गर्ने योजना रहेको बताउनुभयो । मन्त्री शर्माले इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गर्नुभयो । “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार रहेको बबताए ।
उहाँले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिएका छन । काँग्रेस सांसद यज्ञ बहादुर थापाले वर्तमान सरकारमा उर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै नीजि क्षेत्रको लगानी प्रोत्साहित हुनेगरी काम गर्न सुझाव दिनुभयो । उहाँले सीसाघाट–सिक्लेस–मादी करिडोर सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
एमाले सांसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा संचालित जलविद्युत आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गर्नुभयो । उहाँले पर्यटकीय नगरी पोखरालाई तत्काल लोडसेडिङमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका कास्की इञ्चार्ज राजकाजी गुरुङ, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका स्थानीय नेता वेद बहादुर गुरुङलगायतले कास्कीलाई आजैदेखि लोडसेडिङमुक्त बनाउन माग गर्नुभएको थियो । यस्तै उहाँहरुले यसअघिको सम्झौताबमोजिम स्थानीय जनतालाई शेयर दिन माग गर्नुभयो । यस्तै प्रभावित क्षेत्रका वासिन्दाले उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वातावरणीय क्षतिपूर्ति दिने व्यवस्था मिलाइदिन माग गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ पुस १३ गते माथिल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको थियो । मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको छ । चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट आजदेखि केन्द्रीय प्रसारण लाईनमा साढे १२ मेगावाट बिद्युत थपिएको छ । आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात २५ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ ।
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...