संशोधन प्रस्ताव पारित गराउने दाहालको लभिङसँगै राजनिति मुठभेटमा जाँदै

Loading...
Spread the love

काठमाण्डौ: प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै राजनीतिक भिडन्तको नयाँ आयाम सुरु भएको छ ।

एमालेले साथ नदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव पुस २४ को बैठकमा अगाडि बढाउँदै पारित गराउने आश्वासन मधेसी मोर्चालाई दिएका छन् । बालुवाटारमा बिहीबार बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताको बैठकमा दाहालले पुस २४ गते कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने बताएका हुन् । एमालेले भने शुक्रबारको विशाल आमसभाको तयारीस्वरूप राजधानीमा बिहीबार मोटरसाइकल र्‍याली गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले सरकारले जबरजस्ती संविधान संशोधन विधेयक अघि बढाए त्यसको जबाफ कडा हुने बताएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा ओलीले भने, सरकारले जबरजस्ती विधेयक अघि बढायो भने त्यसको जबाफ झन् कडा हुन्छ । त्यो कस्तो कडा हुन्छ, तत्कालको समय र परिस्थितिमै निर्भर हुन्छ । ओलीले मधेसी मोर्चाले ब्रेक फास्ट, लन्च, डिनरबाट आएपिच्छे प्रमुख दलसँग कुरा फेरिरहेकाले उसको माग पूरा गर्ने नाममा राष्ट्रहितविपरीतको कुनै पनि कुरामा सम्झौता नगर्ने बताए ।

ुसंशोधन विधेयक दर्ता हुनेबित्तिकै विरोधमा उत्रिएको मोर्चाले पछि विधेयकलाई संशोधन गरेमा समर्थन गर्ने भन्थ्यो, अहिले त पूरै पक्षमा उभिएको छु, मोर्चाको समयसापेक्ष बोली परिवर्तनको कारणबारे उल्लेख गर्दै उनले भने, ुयो सबै ब्रेक फास्ट, लन्च, डिनरलगायतको प्रभाव हो ।ु

उनले सरकारले स्वेच्छाचारी ढंगले ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय हितप्रतिकूल भएको पनि दाबी गरे । संशोधन विधेयक विदेशी इसारामा नेपालको हितविपरीतमा आएको र पारित गराउने मियोका रूपमा सत्तापक्ष र मधेसी मोर्चा गोटी बनिरहेको धारणा उनले राखे । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम उल्लेख नगरी भने, ुउहाँ कुन दुनियाँमा हुनुहुन्छ रु हामीले प्रस्ट शब्दमा कुनै हालतमा संशोधन विधेयक प्रस्तुत हुन दिँदैनौं, पारित गर्न दिँदैनौं भनिरहेका छौं ।

नेपाली भाषा पनि नबुझेर निराधार कुरा गर्न एउटा शीर्ष नेतालाई सुहाउँदैन ।ु सीमांकनमात्र नभएर नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व र भाषाको विषय पनि राष्ट्रहितविपरीत रहेको दाबी उनले गरे । संशोधन विधेयक अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेश पालना नगरी सरकारले जबरजस्ती अघि बढाए त्यसको जबाफ पनि कडै हुने उनले बताए । संशोधन विधेयकविरुद्ध एमालेले एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

ओलीले सरकारले विधेयक फिर्ता लिने विश्वास व्यक्त गर्दै त्यसो नभए संसद् अवरोधले निरन्तरता पाउने जनाउ दिए । राजनीतिक रूपमा छलफल गर्न नमिल्ने संविधान संशोधन विधेयकका पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दासमेत एमालेले विधेयकका पक्षमा भोट हाल्छ भनेर भ्रम छर्ने काम भएको आरोप उनले लगाए । अदालतले संसद्मा दर्ता भएको विधेयक छलफल गर्न र पारित गर्न मिल्दैन, पारित भए बदर हुन्छ भन्दै दिएको निर्णय पालना सत्तालगायत सबै पक्षबाट हुनुपर्ने धरणा उनले राखे ।

राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भाव तथा लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा सम्झौता हुन सक्दैन भन्दै उनले साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वेष आधुनिक नेपालमा स्वीकार्य नहुने उल्लेख गरे । छापामार शैली बोकेको पार्टीले किन रातिराति संशोधन विधेयक दर्ता गर्नुपरेको भन्दै उनले माओवादी केन्द्रको समेत उछित्तो काढे ।

ुत्यो छापामार शैलीको पार्टी हो । विगतमा छापामार शैली अपनाएको पार्टीले त्यस्तै छापामार शैली राति नभएर दिउँसो नै प्रदर्शन गर्नुपर्‍योु, उनले भने, ुभोलिपल्ट बिहान नै हुँदैन वा उज्यालो नै हुँदैन भनेझैं रातारात छापामार शैलीमा विधेयक दर्ता गर्नुपर्ने परिस्थिति १० वर्षयता छ जस्तो मलाई लाग्दैन ।ु संशोधन विधेयक राष्ट्रघाती भएको ठहर गर्दै एमालेलगायतका नौ दलले शुक्रबार राजधानीमा विरोधसभा गर्दैछन् ।

सत्तारूढ गठबन्धनसँग भएको मधेसी मोर्चाको वार्ताको जानकारी दिँदै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता केवश झाले संशोधन प्रस्तावलाई अबको संसद् बैठकमा अगाडि बढ्ने र त्यसलाई दुई तिहाइ मतले पारित गराउने आश्वासन प्रधानमन्त्रीका तर्फबाट आफूहरूले पाएको बताए । अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...