बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Loading...
Spread the love

महेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए ।

बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको खुलासा गरेकी हुन् । बुधबार पीडित महिलाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस क्षेन नम्बर १ का क्षेत्रिय सचिव समेत रहेका महाकाली सिँचाई केन्द्रीय जलउपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका ससुरा भानुभक्त भट्टले विगत तिन बर्षदेखि लगातार यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

पत्रकार सम्मेलनमा पीडित महिलाले भनिन् ‘मेरो श्रीमान बिवाह भएपछि पढ्न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको बताईन् । घर बिग्रन्छ भनेर कसैलाई पनि आफुले डरले नभनेको बताउदै उनले श्रीमानले समेत थाहा पाएपछि आफुलाई नराम्रो व्यवहार गरेको उनको दुखेसो छ । ‘मेरो ससुराले घर भन्दा यो कुरा बाहिर भनेपछि मारिदिने धक्की दिन्थ्यो ।’ उनले भनिन् ‘त्यसैले मैले बदनाम र डरले कसैसंग भनेन् ।’

आफ्नो बिवाह पनि सुसुराकै कारणले भएको उनको भनाई छ । ‘मेरो बिवाह हुनुभन्दा पहिले ससुराले मलाई देखेको थियो ।’ उनले भनिन् ‘तिम्री राम्री छौँ, मेरो छोरो संग बिवाह गर्नुपर्छ भन्दै मेरो पछिपछि लाग्यो ।’ अन्तत ससुराले मलाई जहाँ देख्दा पनि पैशा दिने कपडा किनिदिने भएपछि मेरो मन पनि पग्लिएको उनको भनाई छ । घरमै आएर विस २०७१ असार ६ गते बिबाह भएपछि मात्रै श्रीमानलाई आफुले देखेको उनले बताईन् ।

घरबार बिग्रन्छ भनेर आफुले तीन बर्षसम्म अपराध सहेर बसेको उनको स्र्वीकार छ । ससुराले आफुमाथी यस्तो गर्दा आफु भागेर माईती घर आउने गरेको बताउदै पुनः माईतीले घर पुर्याईदिने काम गरेको बताईन् । सासुले समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा पनि त मेरो बुहारी होईन् सौता पो भईसकेकी रहेछौँ भन्दै हिंसा गरेको उनको आरोप छ । श्रीमानले समेत आफुलाई नराम्रो व्यवहार गरेको बताउदै आफ्नो बिवाह श्रीमानको इच्छा भन्दा पनि ससुराको कुविचारका कारण भएको उनको ठहर छ । मेरो बिवाह भएपछि घरमा एक केटी आएर यो मेरो श्रीमान हो, मेरो यो संग अघि नै विवाह भईसक्यो भन्दै घरमा झगडा समेत भएको बताउदै उक्त केटीलाई पैशा दिएर मिलाएको उनले बताईन् ।

आफ्नो मागी बिवाह भएपनि घरपरिवारले विवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । पत्रकार सम्मेलनमा पीडित महिलाका दाईले बहिनी लगातार घरबाट माईतीमा आउने गरेको बताउदै, किन आएको भन्दा घरमा श्रीमान छैन् त्यसैले आएको भन्ने गरेको बताए ।

उनका अनुसार गत मंसिर १० गते ससुराले घटना पुनः दोहो¥याएपछी गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए ।

प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । ‘प्रहरीले आरोपितलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।’ प्रहरी प्रवक्ता कार्कीले भने ‘अनुसन्धान भईरहेको छ ।’ एकदुई दिन भित्रै सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भईरहेको समेत उनले बताए । दैनिक नेपाल

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...