पिआर होल्डरलाई कारबाही गर्ने कानून बन्ने प्रकृयामा

Loading...
Spread the love

श्रावण १२, काठमाण्डौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशमा स्थायी बसोबासका लागि ग्रिन कार्ड, पीआर, रासन कार्ड र नागरिकता लिएका वा त्यस्तो प्रक्रियामा लागेका कर्मचारीलाई कारबाही गर्ने उद्देश्यका साथ निजामती सेवा (चौथो संशोधन) विधेयक २०७१ संसद्मा पेस गरिएको बताएका छन्।

उनले भने, ‘विदेशको ग्रिन कार्ड, पीआर, रासन कार्डलगायतको सेवासुविधा लिने कुनै पनि व्यक्ति राष्ट्र सेवक हुन सक्दैन। सरकारले त्यस्तालाई कारबाही गरेरै छोड्छ।’

व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा उक्त विधेयक विचार गरियोस् भनी राखिएको प्रस्ताव ध्वनिमतका आधारमा बहुमतले पारित भयो। त्यसअघि विधयेकमाथि सभासद्ले उठाएका प्रश्नहरूको जबाफ दिँदै पण्डितले भने, ‘कर्मचारी घरबिदा लिएर विदेश जाने र विदेशमा मृत्युपछि थाहा पाउने स्थितिसम्मका घटना भएका छन् विदेश गएरफ्याक्समार्फत बिदा स्वीकृत गराउन खोज्ने कार्यसमेत भएको छ।’

विधेयक मुलुकलाई धोका दिनेलाई ऐनकानुनको परिधिमा राख्ने कुरामा केन्द्रित रहेको दाबी उनले गरे। पण्डितले भने, ‘ग्रिन कार्ड, पीआर, रासन र्काड लिँदै विदेशी नागरिकता लिने वा त्यस्तो प्रक्रिया त्यागेर मुलुकको सेवा गर्ने भन्ने विकल्पमध्ये एक रोज्न विधेयकले ३० दिनको म्याद दिएको छ।’

यसअघि विधयेकमा आफ्नो धारणा राख्दै एमाओवादीका रामनारायण बिडारीले अधिकांश उच्च ओहदामा रहेका प्रशासकहरूले श्रीमती विदेशमा राख्ने र आफूले मुलुकमा भ्रष्टाचार गरेर अवैध रकम विदेश पठाउने गरेको बताउँदै भने, ‘श्रीमान् र श्रीमतीमध्ये कसैले यस्तो कार्य गरेमा सम्बद्ध दुवै पक्षलाई कारबाही गर्नुपर्छ।’ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कर्मचारीलाई विदेशीसँगको विवाहमा पनि रोक लगाउन आग्रह गरे।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...