तिनसय कानून व्यवसायीद्धारा नेपाल बारमा धर्ना, सदस्यता परित्याग गर्ने सम्मको तयारी

Loading...
Spread the love

काठमाडौं: न्याय परिषदलृ निकै ठुलो कसरतका बिचमा रातारात गरेको उच्च अदालतका न्यायधिस सिफारीसको विषय केहिदिन यता सेलाउदै आए पनि पुन विहिबारबाट बल्झिएको छ ।

आजभन्दा अघिनै न्यायधिस नियुक्तिको विषयलाई लिएर सर्वोच्चमा आन्दोलन नभएका पनि होइनन यसै सन्दर्भलाई लिएर देशभरका अदालतहरुमा कानून व्यवसायीले वहस पैरवी समेत वहिस्कार गरेका थिए । चौतर्फी विरोध र वहिस्कारका घटना आईरहदा नेपाल बारले पनि कानून व्यवसायीलाई उपयुक्त ठाँउ नदिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

न्यायपरिषदले गरेको न्यायधिस नियुक्तिमा नेपाल बारलाई आगामी दिनमा यस्तो त्रुटि नहुने र समावेसी ढंगबाट गरिने भनि प्रतिवद्धता जनाएपछि समाधान भएकोमा समस्या हाल आएर पुन बल्झिएको छ । प्रदेश नम्वर दुई मातहतका केही कानून व्यवसायीहरुले यहि साताबाट सुरु गरेको विरोध अहिले केन्द्रमा सम्म आईपुगेको छ ।

कानून व्यवसायीले गरेको धर्ना मार्फत गरिएका मागहरु नेपाल बारसँग सम्वन्धित नभएको नेपाल बार स्रोतले बताएको छ भने । न्यायधिस नियुक्ति सिफारिस फिर्ता गर्नुपर्ने माग राखी गत एक साता प्रदेश दुईका अदालतहरुमा इजलास बहिस्कार गरेका कानून व्यवसायीहरुले विहिबारदेखि नेपाल बार एशोसिएशनमा धर्ना दिएका हुन । करिव तीन सयको संख्यामा रहेको कानून व्यवसायीले नेपाल बार परिसरमा धर्ना दिएका हुन ।

न्याय परिषलदले उच्च अदालतमा गरेको न्यायाधीश नियुक्ति असंवैधानिक भएको भन्दै कानून व्यवसायीहरु विरोधमा उत्रिएक हुन । नियुक्ति माथिको निर्णय सच्याउन आन्दोलनमा उत्रिएको नेपाल बार र सर्वोच्च प्रतिनिधिहरुको बीचमा सात बुँदे सहमति भएकोमा उक्त सहमतिमा असन्तुष्टि जनाउँदै प्रदेश नंम्वर दुईका कानून व्यवसायीहरुले बेग्लै आन्दोलनमा उत्रिनुपरेको आन्दोलनमा सहभागि एक कानून व्यवसायीले बताए ।

आफ्ना माग सम्बोधन नभए सम्म आफुहरु आन्दोलन गरिरहने र आवाश्यक परेको सदस्यता समेत परित्याग गर्ने उनिहरुको तयारी रहेको सहभागिहरुले बताए । कानून व्यवसायीहरुले न्यायपरिसदले गरेको उच्च अदालतको नियुक्ति समावेशी नभएको भन्दै खारेजको माग गरेका छन् भने संविधान संशोधन विषयलाई पनि एजेन्डा बनाएका छन ।

यसै सन्दर्भमा आन्दालेमा आएका कानून व्यवसायीहरुका मागलाई समेटनको नेपाल बार एसोसिएसनले ११ सदस्यीय बार्ता टोली गठन समेत गरिसकेको छ । नेपाल बारले अव कसरी आन्दोलीत कानून व्यवसायीहरुको माग लाई समेट्ने वातावरण तयार गर्दै उहिरुलाई कार्यक्षेत्रमा फिर्ता गर्ने वातावरणको तयारी गर्छ त्यो भने हेर्न बाँकी रहेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...