काठमाण्डौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगप्रतिको जनअपेक्षा र भरोसा सम्बोधनका लागि निष्ठापूर्वक कार्य सम्पादन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन । आयोग स्थापनाको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोग परिसरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले जनतामा आयोगले न्याय दिन्छ भन्ने कुराको अनुभूत गराउन कर्मचारीहरूले कर्तव्यनिष्ठ, ईमान्दार र जवाफदेहितापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
कर्मचारीहरू आयोगका अनुहार मात्र होईन स्पन्दन पनि भएकेले कर्मचारीहरूको निष्ठा र ईमान्दारीताको आयोगले उचित मूल्याङ्कन गर्ने उल्लेख गरे । आयोगमा दिनप्रतिदिन उजुरीको सङ्ख्यामा बढोत्तरी भईरहेको जनाउदै उजुरीको बढ्दो चाप आयोगप्रतिको जनअपेक्षा र विश्वासको द्दोतक भएको बताए । भ्रष्टाचार नियन्त्रणको विषयप्रति जनतामा उत्तिकै चासो र चिन्ता बढिरहेको छ भन्नु हुंदै उहाँले बढ्दो जनचासो र चिन्ताले आयोगप्रतिको चुनौती र जिम्मेवारी पनि थपिँदै गएको उनको भनाई छ ।

अख्तियार दुरुपायेग अनुसन्धान आयोगको २६औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रम
अनुसन्धानको दायरामा आएका व्यक्तिलाई मानवोचित व्यवहार गर्न निर्देशन दिनु हुँदै उहाँले अपराधप्रति कठोर र व्यक्तिप्रति नरम बन्न अनुसन्धान अधिकृतहरूलाई सुझाव समेत दिए । कर्मचारीका गुनासा, समस्या र कुण्ठा सम्बोधन गर्न आयोग नेतृत्व सर्वथा तयार छ भन्नु हुंदै कार्यवाहक प्रमुख आयुक्तले भ्रष्टाचारको शैलीमा आएको परिवर्तन सँगै छानबिन, तहकिकात र अनुसन्धानको तौर तरिकामा समेत परिवर्तन ल्याउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
आयोगले भर्खरै मात्र आफ्नो वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गरेको र सो वार्षिक प्रतिवेदन मार्फत सुशासन स्थापनाका सन्दर्भमा सरकारलाई निश्चित सुझावहरू दिईएको तथ्य औंल्याउदै सरकाले ति सुझावहरूको कार्यन्वयन गर्ने विश्वास व्यक्त गर्दै
आयोगले हाल गरिरहेको उजुरी फर्स्यौट र मुद्धाको सफलतामा मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताउदै भावी दिनमा आयोग नयाँ रणनीति र कार्य पद्दतिका साथ प्रस्तुत हुने स्पष्ट पारेको थिए ।
आयोग कतै सुस्ताएको हो कि भन्ने जस्ता कतिपय कोणबाट आईरहेका टिप्पणीहरूप्रति लक्षीत गर्दै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले त्यस्ता टिप्पणी स्वीकार योग्य नरहेको बताए । आयोग आफ्नो कर्तव्य पथमा अविचलित र अविराम छ त्यसैले यस्ता हल्का प्रतिकृया आफैंमा अर्थहिन भएके उनको भनाई छ । गत आश्विन मसान्त सम्म प्राप्त भएका सबै पुराना उजुरीहरुलाई आगामी चैत्र मसान्तभित्रै फर्स्यौट गरिसक्न निर्देशन दिदै कर्मचारीहरूले आफ्नो कार्य सम्पादन पद्दतिमा तिव्रता ल्याउनु अनिवार्य भएको बताए ।
सो अवसरमा आयोगमा कार्यरत कर्मचारीहरू मध्ये ६ जनालाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार, १६ जनालाई अख्तियार सेवा पुरस्कार र २० जनालाई प्रशंसा९पत्र प्रदान गर्ने घोषणा गरिएको थियो । पुरस्कृत कर्मचारीहरू मध्ये अख्तियार सेवा पुरस्कार र प्रशंसापत्र पाउनु हुने कर्मचारीहरूलाई कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले आजै प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...