महिला हिंसा: दोषी को ? महिला या पुरुष ?

Loading...
Spread the love

अधिवक्ता दिपक कुमार बिष्ट

घरमा बुहारीलाई सासुले सताउँदा दोष लोग्नेले पाउँछ । नन्दले भाउजू सताउँदा नि दोषी लोग्ने नै हुन्छ । आखिर महिला माथि हुने हरेक हिंसा पुरुषले मात्र गरेका हुन्छन त ? हामी किन पूर्वग्रही भएर सोची रहेका छौं ? हामीमा भएको विवेक किन उपयोग गर्न सकिरहेका छैनौं र किन बुझिरहेका छैनौ वास्तवमा जे छ त्यो ।

एक्काइसौं शताब्दीका मानिस हामी भनेर एकातिर गर्व गरिरहेका छौं भने अर्को तिर हाम्रो समुदायमा विध्यमान उहि पुरातन सोचमा किन परिवर्तन ल्याउन सकिरहेका छैनौं । हामीलाई लाग्छ हामी धेरै अगाडि बढेका छौं तर कुनै यस्ता घटनाहरु पनि हामी सामु आइरहन्छन् जसले हामीलाई एक्काईसौं शताब्दीतिर होइन ढुङ्गे युगतिर धकेलीरहेको महसुस हुन्छ । विभीन्न बहानामा त्यस्ता घटनाहरु सुनिरहेका हुन्छौं र नजिकबाट नियालीरहेका र छामी रहेका समेत हुन्छौं । चाहेर वा नचाहेर हामी यस्ता घटनालाई कम गर्न सकि रहेका छैनौं ।

हामी कहाँ हुने यस्ता लाखौं महिला हिंसाका घटनाहरुलाई नगदे बाली बनाएर खेती गर्ने संघ संस्था धेरै छन् । महिला हिंसाका नाममा सहायता पुर्याउने हेतुले खुलेका यस्ता हजारौं गैर सरकारी संस्थाहरुले स्वदेशी तथा विदेशी भूमिबाट सहयोग जुटाएर महिला हिंसा न्यूनीकरणका लागि कार्य गरिरहेका छन् । तथापि महिला हिंसाका घटनाहरु भने घट्नुको साटो झन झन आधुनिक र वैज्ञानिक तवर विकसित भईरहेका र हुदै गरेका घटनाहरु बाहिर आइरहेका छन् ।

हामी जति सुकै आधुनिकता र परिवर्तनका कुरा गरेर गफ हाँके पनि हामी केहि यस्ता घटनासँग जोडिएर हाम्रो समुदाय वा हामी आफैलाई समेत पछाडि धकेलिरहेका छौं जसका कारण महिला हिंसाको अवस्था हामी सामु जहाँको त्यही जस्ताको त्यस्तै नै छ । कुनै यस्तो र यति उपलब्धि हात लागेको छ भनेर गर्व गर्ने ठाउँ छैन ।

महिला हिंसा भनेको सामान्य अर्थमा महिलाको यो वा त्यो बाहानामा उसको मानव अधिकार हनन् हुनु नै हो अथवा भनौं एक नागरिकले आफु नागरिक भएर पाउनु पर्ने अधिकारमा अरु कसैले कटौति गरी वा बाधा अबरोध खडा गरि उसको अधिकारको पालना गर्न दिदैन भने त्यो नै हिंसा हो । त्यस्ता हिंसाहरुमा पुरुष माथि हुने हिंसा होस वा महिला माथि हुने हिंसा दुबै खाले हने हुन्छ । पुरुष माथि हुने हिंसालाई पुरुष हिंसाको रुपमा र महिलाहरुमा हुने हिंसालाई महिला हिंसा रुपमा लिइन्छ । आखिर महिला माथि भए पनि वा पुरुष माथि भए पनि हिंसा आखिर हिंसा नै हो ।

मानव हुनुका नाताले मानवले आफ्ना अधिकार उपयोग गर्छन् । कसैले पनि यि अधिकार हरण गर्न पाउदैनन् । नेपालमा पनि मानव अधिकार र महिला हिंसा सम्बन्धि कार्यक्रमहरु नभएका होइनन् तर पनि महिला हिंसा कम गर्न सक्रियताका साथ यस्ता किसिमका घटनाहरु निर्मूल पार्न सकिएको परिस्थीती सृजना हुन सकेको छैन । नेपालमा महिला हिंसा कम गर्नको लागि नेपाल सरकार लगायत च्याउसरि गैरसरकारी संस्थाहरु लागिपरेका छन तापनि महिलाहरु महिलाबाट नै हिंसा बेहोर्न बाध्य छन् ।

हुनत नेपालमा चालचलन रिति रिवाज र यहाँको संस्कृतिको पनि केहि हदसम्म प्रभाव परेता पनि आखिर किन महिला नै बुज्दैनन् महिलाको व्यथा ? नेपाली समाज जति नयाँ युगमा प्रवेश गर्दै छ, त्यति नै आपराधिक घटनाका प्रकृतिहरु पनि क्रूर, अमानवीय तथा वैज्ञानिक प्रवृतिका देखिंदैछन् । समयसँगै विगत र आगतमा समाज द्रुत गतिले परिवर्तन भइरहेको छ । यो राम्रो पक्ष हो, तर त्यही सामाजिक परिवर्तनसँगै नेपाली समाजमा अनेक किसिमका विकृति र विसंगति पनि प्रवेश भइराखेका छन् जसमध्ये महिला हिंसा उदाहरणका रुपमा लिन सकिन्छ । यो तीतो यथार्थ हाम्रो समाजसँग छ ।

हामी के सोच्छौं भने महिला माथि हुने हिंसा केवल पुरुषले मात्रै गर्छ र त्यसको जिम्ममेवार पूरुष मात्रै हो तर त्यसो होईन । समाजमा देखिने तितो यथार्थ के हो भने सासुले बुहारीलाई कँजाउनै पर्ने नन्द आमाजु भएपछि भाउजु बुहारीलाई सताउनै पर्ने देवरानी जेठानी गाँड कोरकोर गर्नै पर्ने । किन बुझ्दैनन् महिलाका व्यथा महिलाले । सबै पुरुषले मात्रै बुझिदिनु पर्ने हो र त्यसो त नहुनु पर्ने हो तथापि भै राख्याछ । आफु पनि एक दिन बुहारी थिएँ मैले पाएको दुख मेरी बुहारीले पाउनु हुन्न मेरी छोरी पनि कसैकी बुहारी भएर जान्छे भनेर सासुहरुले किन नसोच्ने ? नन्द आमाजुले हामी नि कसैका बुहारी हुन्छौं वा छौं भाउजु बुहारी नि हामी जस्तै महिला हुन भनेर किन नसोच्ने ?

देवरानी जेठानीले हामी अलग अलग परिवारबाट एउटै परिवारमा आएका छौं हामी किन एक भएर नबस्ने हाम्रा उर्जालाई किन एकै ठाउँमा उपयोग नगर्ने भनेर किन सकारात्मक हुन नसक्ने ? कोहि पुरुषले एक छिन मिठो कुराकानी गरिदियो । जीवनका तितामीठा परिवेशलाई आत्मसाथ गरेर अङ्गाल्यो भन्दैमा एउटी महिलाको परिवार बिखण्डन गराउन एउटी महिला माथि सौता बनेर अर्की महिला जाने किन ? त्यो पुरुषलाई लत्याउन किन नसक्ने जसले आफु बिवाहित हुदाहुदै अर्की महिलालाई भित्र्याउन खोज्छ । यी सबै कुरा हामीले हाम्रो समाजमा देखिरहेकै र भोगीरहेका छौं तथापि यसको दोष भने पुरुषलाई दिन पछि परिरहेका छैनौं । के साँच्चै महिला हिंसामा पुरुष मात्र दोषी हुन त ?

Loading...

यसमा तपाइको मत

लेख/अनुसन्धान बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

अदालतमा गरिने बहस थरिथरिका

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

आधुनिक जिवनशैलीले फेरिएको दशै

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

…. अदालतको ढोकामा चिच्याई रहेको

Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...