फेसबुकको एक पोस्टका कारण तीनको हत्या

Loading...
Spread the love

श्रावण १३, इस्लामाबाद । सामाजिक सञ्जाल फेसबुकमा ‘ईश्‍वरनिन्दा’ गर्ने एक पोस्टका कारण अल्पसंख्यक अहमदी समुदायका तीन सदस्यको हत्या भएको जानकारी पाकिस्तानी प्रहरीले दिएका छन्।

पाकिस्तानको राजधानी इस्लामाबादबाट दुई सय २० किलोमिटर टाढा गुजरांवाला भन्ने क्षेत्रमा हिंसा भड्किएको छ। प्रहरीका अनुसार फेसबुक पोस्टलाई लिएर आइतबार विवाद चर्केपछि भीडले कयौं घरमा आगजानी गर्दा तीनजनाको मृत्यु भयो भने अन्य आठजना घाइते भए।

Muslimमृतकमा ५५ वर्षीया महिला बसिरन, सात वर्षीया हीरा र उनकी सानी बहिनी कैनत छन्। एकै परिवारका हजुरआमा र नातिनीको हत्या भएको जानकारीमा आएको छ।

एक स्थानीयले भने, ‘करिब एक सय ५० जना मानिसको भीड प्रहरी चौकी पुगे र ईश्वरनिन्दा आरोपीविरुद्ध उजुरी दर्ता गर्न माग ग:यो। प्रहरीले जाँच सुरु नगर्दै अर्को समूहले अहमदी समुदायमाथि आक्रमण सुरु ग:यो र उनीहरूको घरमा आगजानी गरियो।’

मृतक अहमदी समुदायका थिए जसले आफैंलाई मुस्लिम मान्छन्, तर पैगम्बरमा विश्‍वास गर्दैनन्। सन् १९८४ मा बनाइएको पाकिस्तानी नियममा अहमदी समुदायलाई गैरमुस्लिम घोषित गरिएको थियो। पाकिस्तानी कानुनअनुसार मुस्लिम चालचलन अपनाउनु अहमदी सम्प्रदायका मानिसलाई प्रतिबन्धित छ।

लन्डनबाट अहमदी समुदायतर्फ जारी एक वक्तव्यमा आइतबार राति भएको हिंसामा तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ। सात महिनाकी गर्भवती महिलाको गर्भ तुहिएको पनि पुष्टि गरिएको छ। अहमदी समुदायले पटकपटक यातना सहनुपरेको बताइएको छ।

दुई महिनाअघि एक अलग घटनामा एक युवकले एक प्रहरीचौकीमा छिरेर ईश्‍वरनिन्दाको आरोप झेलिरहेका अहमदी व्यक्तिको हत्या गरेका थिए। अहमदी समुदायका प्रवक्ता सलिमुद्दिनले आफ्नो समुदायमाथि भएको आक्रमणमध्ये सबैभन्दा नराम्रो आक्रमण अहिले भएको बताए।

करिब चार वर्षअघि भएको आक्रमणमा ८६ जना अहमदीको हत्या भएको थियो। उनले भने, ‘प्रहरीले उभिएर जलिरहेको घर मात्र हेरे। उसले भीडलाई रोक्न केही पनि गरेन। भीडले हाम्रो घर लुट्यो।

‘ ९७ प्रतिशत मुस्लिम जनसंख्या भएको देश पाकिस्तानमा ईश्वरनिन्दा कानुन निकै संवेदनशील मानिन्छ। पाकिस्तानको ईश्वरनिन्दाको कानुनलाई लिएर विश‍वभरमा चर्चा हुने गरेको छ। हुनत पाकिस्तानको उच्च अदालतले ईश्वरनिन्दा कानुनसम्बन्धी फैसलालाई कयौंपटक उचित प्रमाणको अभावमा उल्ट्याइदिएको छ।

सन् २०१२ मा इसाई किशोरी रिमसा मसिह ईश्वरनिन्दाको आरोपमा पक्राउ परेकी थिइन्। रिमसामाथि कुरान जलाएर ईश्वर निन्दा गरेको आरोप लागेको थियो। पछि सन् २०१२ को नोभेम्बर २० मा इस्लामाबादस्थित उच्च अदालतले १४ वर्षीया रिमसाविरुद्ध ईश्वरनिन्दाको मुद्दा खारेज गरिदियो।

उनका वकिल अकमल भट्टीले रिमसा निर्दोष रहेकी र कानुनको दुरु पयोग गर्दै उनीविरुद्ध आरोप लगाइएको बताए। किशोरी रिमसाको झोलामा कुरानको जलेको प्रति पाइएको भन्दै धर्मगुरु हफिज मोहम्मद खालिद चिस्चीले ईश्वरनिन्दाको आरोप लगाएका थिए।

पाकिस्तान मानवअधिकार आयोगका अनुसार गत वर्ष यहाँ ईश्‍वरनिन्दाको ६८ मामिला दर्ता भएका थिए। यो वर्ष एक सयभन्दा बढी मानिसमा ईश्वरनिन्दाको आरोप लागेको छ। -एजेन्सी

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...