अबको बजेटमा संघीय संरचना अनुसारको आर्थिक नीति आउछ: श्रेष्ठ

बैंकले कुनैपनि क्षेत्रमा लगानी बन्द गरेको छैन: शेरचन

Loading...
Spread the love

काठमाण्डौ: नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले आगामी बजेट, आर्थिक नीति र मौद्रिक नीति कृषि, पर्यटन र उर्जाको विकासमा लगानीमैत्री हुने गरी आउने बताएका छन ।

बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको अबको बजेट, आर्थिक र बित्तीय नीति बिषयक छलफलमा उहाँले राज्यको संघीय संरचनाको विकासकै लागि आगामी वित्तीय नीति तथा कार्यक्रमहरु निर्देशित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठले अब देखि नेपालको बैंकिङ्ग क्षेत्रले जनतालाई केन्द्र मानेर आफ्नो नीति बनाउनु पर्ने समय आईसकेको बताए ।

नेपालको बैंकिङ्ग क्षेत्रले जनताको चाहना अनुसारका नीति तथा कार्यक्रमहरु बनाई कार्यान्वयनमा ल्याउनु जरुरी रहेको बताउदै श्रेष्ठले देशको अर्थतन्त्र सुधार गर्न, दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न नेपालको बैंकिङ्ग क्षेत्रले पनि समयानुकुल ब्याजदर निर्धारण गरी बैंकको निक्षेपकर्ता तथा कर्जा ग्राहक लाभान्वित हुने गरी बैंकिङ्ग योजना ल्याउनु पर्नेमा जोड समेत दिए ।

जिल्लास्थित सरकारी तथा निजी क्षेत्रका सबै बाणिज्य बैंकहरुका शाखा प्रवन्धक, उद्योग बाणिज्य संघका पदाधिकारी, राजनीतिक दल, पत्रकार समेतको छलफलमा डेपुटी गर्भनर श्रेष्ठले राज्यको ढुकुटीमा अझै पनि २ सय अर्व नगद मौज्दात रहेको बताए । राज्यका संयन्त्रले खर्च गर्न नसक्दा थन्केको रकमले देशको अर्थतन्त्रमा नकरात्मक असर परेको पनि उहाँले टिप्पणी गरे ।

ठूला विकासे आयोजना बन्न नसक्दा भुक्तानी नभएपछि फ्रिज भएको रकमले देशभरी तरलता अभाव भएको उहाँले प्रष्ट पार्दै गाडी किन्ने, हाउजिङ लगायतको क्षेत्रमा गरिने लगानीमा कमी आएको भएतापनि बैंकले लगानी पुर्ण रुपमा बन्द गरेको अवस्था चाँही नरहेको डेपुटी गभर्नरले बताए ।

अबको बजेट, आर्थिक र बित्तीय नीति बिषयक छलफलमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कुनैपनि क्षेत्रमा लगानी बन्द नगरेको बताए । ‘तरलता अभाव भएकोले केही मन्दी देखिएपनि हामीले शाखालाई लगानी रोक्न लगाएका छैनौें’ भन्दै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेरचनले, ‘राष्ट्रको विकासको लागि हामीले कर्जा लगानी गरेरै योगदान गर्न चाहन्छौं ।’ बैंकले निक्षेपकर्ताको निक्षेप सुरिक्षत तबरले लगानी गनुपर्ने भएको हुँदा अर्थव्यवस्थामा केही अप्ठ्यारो परिस्थिति आउँदा पर्ख र हेर को नीति अबलम्बन गनुपर्ने भएको समेत उहाँको भनाई रहेको थियो । साथै, बागलुङमा निक्षेप संकलन र कर्जा लगानीको दर अन्यत्र भन्दा राम्रो रहेको पनि उहाँले जानकारी गराए ।

नीजि क्षेत्रका बैंकका प्रतिनिधिहरुले नोटकोषको व्यवस्था नहुँदा खुद्रा सटहीमा समस्या आएको बताएका थिए । साथै, उनीहरुले बागलुङको कोषको जिम्मा लिएको नेपाल बैंक लिमिटेडले सटहीमा अप्ठ्यारो पारेको पनि गुनासो गरेका थिए । उक्त गुनासोको जवाफमा डेपुटी गभर्नर श्रेष्ठले नीजि क्षेत्रका बैंकहरुले पनि आवश्यक पूर्वाधार तयारी गरी साना दरका नोट संकलन गर्ने कार्य गर्न आग्रह गर्नुभएको थियो ।

दैनिक रुपमा भन्दा साप्ताहिक रुपमा नोट सटही व्यवस्था गर्न सकेमा बैंकहरुको काममा पनि अवरोध नआउने बैंकका ग्राहकको पनि समस्या समाधान हुने उहाँको भनाई रहेको थियो । उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, उपाध्यक्ष नरेश कंडेल, महासचिव दयाराम पौडेल, कोषाध्यक्ष बिदेशकुमार श्रेष्ठ र नीजि क्षेत्रका बैंकका प्रवन्धकहरुले स्थानीय समस्या र भारतीय नोट सटही बारेको जिज्ञाशा राखेका थिए ।

 

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...