प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार बनाएकी हुन्छिन् तर, सबै कलाकारका रुपमा भने बाहिर आउदैनन् । हरेकसंग हरेक कला हुन्छ, त्यसलाई निरन्तर साधनाको अभावमा त्यसै मर्दछन् । आफूमा भएको सामान्य कलालाई निरन्तर साधनाबाट उत्कृष्ट बनाउन सक्नु क्षमता हो । यस्तो क्षमता भने कमैसंग हुन्छ । त्यस्तै कम अर्थात गणना गर्न सकिने नेपाली संगीत क्षेत्रका व्यक्तित्व हुन राकेश सोनी ।
नेपाली गीतसंगीतको उर्वरभूमि मानिने बाग्लुङ जिल्लामा जन्मिएका सोनी एक दशक अघि देखि संगीत साधनामा लागेका छन् । हजारौं गीतसंगीतमा आफ्नो उच्च क्षमता प्रस्तुत गरिसकेका सोनीले यस अघि पनि थुप्रै गीतहरु मार्फत आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । सायद राकेश सोनी गीतसंगीतप्रेमी र अनुरागीहरुका लागि नौलो र अपरिचित नाम होइन ।
पछिल्लो समयमा सोनीकृत नयाँ पप गीत तिमीलाई सम्झेर बजारमा आएको छ । गीतको चर्चा, परिचर्चा दिनप्रतिदिन चुलिदै गईरहेको छ । म्यूजिक नेपालको यू ट्यूव च्यानलबाट बजारमा आएको गीतको चर्चा दिनप्रतिदिन चुलिदो छ । लोकगीतसंगीत, आधुनिक संगीतमा लामो अनुभव गरेका सोनीले फरक शैली र फरकपनको आभाष गराउने गीत बजारमा ल्याएका हुन । प्रस्तुत गीतमा तिमीलाई सम्झेर प्रेमिल प्रसंगहरुको सेरोफेरोमा रहेर प्रेमिल जोडीहरुको भावना व्यक्त गरिएको छ । सोनी यसमा बहुमूखी प्रतिभाका रुपमा देखा परेका छन् ।
प्रस्तुत गीतको लेखन, संगीत संयोजन, स्वर लगायतका सम्पूर्ण भूमिकामा उनी आफै उभ्भिएका छन्, त्यति मात्र कहाँ होर गीतको कथालाई न्याय गर्ने निर्देशन र अभिनयमा समेत सोनी आफै अब्बल रुपमा प्रस्तुत भएका छन् । सायद यति भनि सके पछि सोनीको क्षमता र बहुमुखी प्रतिभाको थप चर्चा गर्नु नपर्ला ।
फुलबारी म्युजिक प्रा.लि. ले उत्पादन गरेको प्रस्तुत गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको भिडियो रेशम दर्लामीले खिचेका हुन । सोनीकै निर्देशनमा माला उप्रेतीले सोनीलाई अभिनयमा साथ दिएकी छन् ।
यसमा तपाइको मत
साहित्य बाट अन्य

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

Spread the loveह्याप्पी डिभोर्स कथा निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे मृजन भाउजु खै ? उसले के भनु ?...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

Spread the loveकाठमाडौं: बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...

Spread the loveनायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार...