पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही

Loading...
Spread the love

प्रेस काउन्सिल नेपालको आयोजनामा साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तरक्रिर्या सम्पन्न भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै, संविधानमा पनि व्यवस्था छ तथापि स्वतन्त्रता असीमित नहुने भन्दै राज्यले बनाएको कानुन र हामीले बनाएको आचारसंहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताउँदै विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्नु, साँढे बन्न खोज्नु पत्रकारिता होइन अराजकता हो ।

राजधानीबाट प्रकाशित हुने साप्ताहिक दिशानिर्देश र उपत्यका दैनिकप्रति लक्षित गर्दै उहाँले त्यसप्रकारको प्रवृतिलाई रोक्नुपर्ने धारणा राख्नुभयो ।

केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानुनबमोजिम आवश्यक छानविन गरिने गरेको भन्दै साइवर कानुन संशोधन गर्नु अत्यावश्यक रहेको बताउनुभयो । केशको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुन्छ उहाँले थप्नुभयो ।

शुभदिन डटकमका अशोक अधिकारीले अनलाइनप्रति विश्वास गुम्दै गएको, यसको उचित व्यवस्थापन आवश्यक रहेको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल र पूर्व अध्यक्ष प्रवेश सुवेदीले प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनुपर्ने, अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्ता अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्यादित गर्नका लागि राज्यले बनाएको कानुन र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

 

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...