देवानी कानून के हो ? यस्ता छन सामान्य सिद्धान्तहरु

Loading...
Spread the love

काठमाण्डौ:  देवानी कानून त्यस्तो कानून हो, जुन सामान्य नागरिकदेखि लिएर उच्च तहका व्यत्त्विहरुसँगको प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । र सँगै उनिहरुको नागरिकको दैनिक जिवनमा देवानी कानूनले विशेष सम्वन्ध स्थापित गरेको हुन्छ । हरेक कानून प्रणालीका आफ्नै र छुट्टा छुट्टै महत्व हुने गरे पनि प्रत्येक व्यक्ति जन्मेदेखि मृत्युसम्म उसले आफ्नो सम्पत्ति, विवाह, सम्वन्धबिच्छेद, लेनदेन लगायत हरेक घरायसी कामकाजका क्रममा आइपर्ने विभिन्न प्रकारका विवादहरु लगायका विषय देवानी कानूनले सम्वोधन गर्ने गर्दछ । संसद्बाट देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक व्यवस्थापिका संसदको २०७४ साल असोज ९ गते बसेको बैठकले पारित गरि राष्ट्रपतिद्धारा २०७४ साल असोज ३० गते नेपालको संविधानको धारा १११ बमोजिम पारित विधेयक प्रमाणिकरण भएको छ ।

नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको हो । देवानी कानूनका सामान्य सिद्धान्तहरु  मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा ४ ले सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्थाको उल्लेख गरेको छ जसमा उल्लिखित सिद्धान्त तथा व्यवस्थाहरू सामान्यत देवानी कानूनका विषयमा लागू हुनेछन् । दफा ५ मा कानूनको अज्ञानता क्षम्य नहुने व्यवस्था गरेको छ भने कानून सबैले जानेको अनुमान गरिने पनि उल्लेख छ ।

देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक दफाको ६ मा सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको छ जसमा कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कारबाही गर्न नपाउने भनि उल्लेख छ । दफा ७ मा कानून विपरीतको काम अमान्य हुने व्यवस्था छ । दफा ८ मा गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने कानून्नी व्यवस्था गरेको छ । जसमा उपदफा १ ले कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ उल्लेख गरेको छ । त्यस्तै उपदफा २ ले प्रत्येक व्यक्तिले आफुले गरेको गलत कार्यको परिणाम आफैँंले व्यहोर्नु पर्ने व्यवस्था गरेको छ । त्यसै गरि उपदफा ३ मा यस ऐन वा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा १ बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित व्यक्तिले क्षतिपूर्ति व्यहोर्नु पर्नेछ । त्यसैगरी उपदफा ४ ले क्षतिपूर्तिको निर्धारण कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

त्यस्तै एनेको दफा ९ ले अरूलाई दुःख दिने गरी काम गर्न नहुने व्यस्था गरेको छ । जसमा कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन बन्देज लगाएको छ । दफा १० ले गल्तीको फाइदा लिन नपाउने व्यवस्था गरेको छ । जसमा कसैले पनि आफूले गरेको गल्तीबाट भएको फाइदा लिन नपाउने उल्लेख गरेको छ । दफा ११ ले हित विपरीतको काम अमान्य हुने व्यवस्था गरेको छ । जसमा आफ्नो संरक्षकत्व, माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत गरिएको काम अमान्य हुने व्यवस्था गरेको छ । दफा १२ ले व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने व्यवस्था गरेको छ । जसमा प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने व्यवस्था गरेको छ ।

दफा १३ ले असल छिमेकीपन कायम गर्नु पर्ने व्यवस्था गरेको छ । जसमा प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानिनोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्ने कानूननी व्यवस्था गरेको छ ।  दफा १४ ले देवानी दायित्वबाट छुटकारा नपाउने व्यवस्था गरेको छ । जसमा कुनै व्यक्ति उपर फौजदारी कसूरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानून बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन । दफा १५ ले कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने व्यवस्था गरेको छ । कानून विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन । दफा १६ ले विदेशीको हकमा पनि लागू हुने उल्लेख गरेको छ । विषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानूनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागू हुने अवस्थामा बाहेक यो ऐन वा देवानी कानून सम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागू हुने उल्लेख गरेको छ ।

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

श्री ५ महेन्द्र र प्रथम प्रधानन्यायधिसको जुहारी

Spread the love२०१९ सालमा सर्वोच्च अदालतको वर्तमान भवन उद्घाटन हुँदा श्री ५ महेन्द्रको उद्घाटन भाषणमा निम्नलिखित कुराहरु पनि परेका थिए । सम्बन्धित सवैलाई म फेरि एकपटक सचेत पार्न चहन्छु कि न्याय गर्नेले मरमुलाहिजामा कदापि लाग्नु...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

चिकित्सकलाई पनी कार्यवाही हुन्छ

Spread the loveएउटा बिरामी उपचार गर्न जाँदा चिकित्सकसँग सशंकित हुनुपर्ने अवस्था छ । डाक्टरले गर्ने उपचारमा मात्रै होइन, उसले सिफारिस गर्ने औषधिमा समेत बिरामीले शंका गर्नुपरेको छ । किनभने, कमिसनको लोभमा अनावश्यक औषधि बिक्री...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...