काठमाण्डौको स्वच्छ वातावरण कायम गर्ने कार्यको थालनी तत्कालै गर्नु : सर्वोच्च

Loading...
Spread the love

सर्वोच्च अदालतले वातावरणीय विकाश तथा संरक्षण मञ्च र आफ्ना समेत तर्फवाट मञ्चका अध्यक्ष र अधिवक्ता पदमवहादुर श्रेष्ठ द्वारा काठमाडौँ महानगरपालिका भित्र दृश्य प्रदूषण रोक्न माग गर्दै दायर भएको रिट उपर सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाको सुन्दरतामा निखार ल्याउन तत्कालै स्वच्छ वातावरण कायम गर्ने कार्यको थालनी तत्कालै गर्नु गराउनु भनि विपक्षीरुका नाममा आदेश दिएको छ ।

महानगरपालिकाभित्र अनाधिकृतरूपमा लथालिङ्ग रहेको विज्ञापन, बोर्ड सङ्कलन गर्ने र भएका फोहरमैलालाई सफा गरी सुन्दर नगर बनाउने कानुनी दायित्वलाई काठमाडौँ, महानगरपालिका लगायत सरकारी निकायले पालना नगरेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सो रिट दायर गरेका हुन् ।

आधिकृतरूपमा रहेको विज्ञापन बोर्ड हटाउनुपर्ने, भित्तेलेखन मेट्नुपर्ने, भित्ता र विजुली तथा सिमेन्टका खम्बामा टाँसिएका पोष्टर, पम्पप्लेटका विज्ञापन र सडकको डिभाइडरमा राखिएको पोष्टर सङ्कलन गरी आइन्दा त्यस्ता कार्य हुन नदिन परमादेशलगायतका आदेश जारी गर्न रिटमा माग गरिएको थियो ।

सो रिटमा काठमाडौँ महानगरपालिका, वातावरण तथा व्यवस्थापन विभाग, विज्ञान तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ ।

आदेशको पूर्ण पाठ

सर्वोच्च अदालत एकल इजलास
माननिय न्यायधिस श्री चोलन्द्र शम्शेर ज.व.रा.
आदेश
मुद्दा नं. ०७१-WO-०००७
मुद्दाः– उत्प्रेषण

वातावरणीय विकास तथा संरक्षण कानूनी मन्चका तर्फवाट र आफ्नो हकमा समेत
ऐ.का अध्यक्ष ऐऐ बस्ने अधिबक्ता पदमबहादुर श्रेष्ठ…………………………………………………१ निवेदक

विरुद्ध

काठमाण्डौ महानगरपालिका कार्यलय, बागदरवार काठमाण्डौ समेत………………………………….१ विपक्षी

यसमा के कसो भएके हो ? निवेदकको माग बमोजिमको आदेश किन हुन नपर्ने हो ? जारी हुनु नपर्ने कुनै कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. २,३,४,५,६,७,८ र ९ का हकमा महान्यायधिबक्ताको कार्यलय मार्फत र अन्य विपक्षीहरुको हकमा आफै वा आफनो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनि यो आदेश र निवेदनको एक एक प्रति नक्कल साथै राखी विपक्षीहरुको नाममा सुचना अराई लिखित जवाफ पेश भए वा सो को अवधि व्यतित भएपछि नियमानुसार गरि पेश गर्नु ।

साथै निवेदकले अन्तरीम आदेश समेत माग गरेको सम्वन्धमा विचार गर्दा साधारण अवस्थामा परमादेशको रिट निवेदनबाट अन्तरीम आदेश जारी गर्ने प्रचलन कमै मात्र गरिने विषयवस्तु भित्र पर्ने भएतापनि निवेदकद्धारा निवेदन साथ पेश गरिएका फोटो समेतका सामाग्रीहरुबाट यो इजलास आफै मर्माहात भएको महुशुस गर्दछ । यस स्थितिमा काठमाण्डौ महानगरपालिकाको सुन्दरतामा निखार ल्याउन पनी तत्कालै स्वच्छ वातावरण कायम गर्ने कार्यको थालनी तत्कालै गर्नु गराउनु भनि विपक्षीरुका नाममा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१(१) बमोजिम अन्तरीम आदेश जारी गरि दिएको छ । यो आदेशको जानकारी पिवक्षीहरुलाई शिघ्र दिई निस्सा मिसिल सामेल राख्नु साथै प्रस्तुत निवेदन नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकसँग सम्वन्धित भए सम्वेदनशिल देखिएकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ६३(३) (५) बमोजिम अग्राधिकार दिई नियमअनुसार पेश गर्नु ।

न्यायधिस

इति सम्वत २०७१ साउन महिना १४ गते रोज ४ शुभम……………………………………….

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...