गुण्डाको आक्रमणबाट २ वर्षीय बालकसहित ९ घाइते

Loading...
Spread the love

श्रावण १६, काठमाण्डौ । गाउँले गुण्डाको आक्रमणबाट झापाको पाँचगाछीमा २ वर्षीय एक बालकसहित ९ जना गम्भीर घाइते भएका छन् । बिनाकसुर गत मंगलबार राति उनीहरु स्थानीय गाउँले गुण्डाको कुटाइबाट घाइते भएका हुन् । घटना सार्वजनिक गरे कसैलाई नछाड्ने धम्की दिएकाले पीडित न्यायका लागि प्रशासन समक्ष आउन सकेका थिएनन् । स्थानीय अगुवाले साथ दिएपछि ४८ घण्टापछि मात्र घटना सार्वजनिक गर्दै न्यायका लागि पीडित प्रहरीसमक्ष आएका हुन् ।

photo
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पाँचगाछी १ बस्ने ५१ वर्षीय तेजबाहादुर कार्की, वर्ष ५६ का डिल्लीप्रसाद सुवेदी , वर्ष २ का शेखर सुवेदी , वर्ष ४७ का जानुका कार्की, वर्ष ४६ का चन्द्रकुमार कार्की , वर्ष २२ की सुष्मा कार्की, वर्ष १४ की सुनिता कार्की, वर्ष १६ की दुर्गा सुवेदी र वर्ष २८ का उमेश कार्की गुण्डाको कुटाइबाट सख्त घाइते भएका हुन् ।

उनीहरुको स्थानीय मेडिकल हलमा उपचार भएको स्थानीय राजु श्रेष्ठले बताए । घाइतेमध्ये २ वर्षीय बालक शेखर र ४६ वर्षीय चन्द्रकुमारी कार्कीको अवस्था गम्भीर छ। घाइते बालकको नाकको हड्डी भाँचिएको छ भने आँखामा गम्भीर चोट लागेको छ। गाउँलेका अनुसार मदिराले लठ्ठ भएका डनको समूहले ती अवोध बालकलाई बाँसको डण्डी प्रहार गरेका थिए । उनलाई थप उपचारका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको अर्का घाइते तेजबहादुर कार्कीले बताए ।

प्रहरीले झापा धरमपुर २ बस्ने वर्ष १८ का जीवन भुजेल , वर्ष १९ का किरण तामाङ, वर्ष १९ कै मिलन तामाङ, वर्ष २१ का प्रदीप तामाङ, वर्ष १९ का रविन लिम्बु, वर्ष २८ का दिलबहादुर घिसिङ र वर्ष २७ का सञ्जीव लिम्बुले निर्दोष गाउँलेमाथि बिना कसुर अन्धाधुन्ध कुटपिट गरेको बताएको छ।

उनीहरुले अवोध बालकलाई पनि छाडेनन्। गाउँलेले उनीहरु स्थानीय गुण्डा भएको बताएका छन् । गाउँलेका अनुसार यो घटना सार्वजनिक गरे कसैलाई नछाड्ने भन्दै उनीहरुले धम्क्याएका थिए । घाइते स्वयमले आक्रमणकारी चिने पनि फेरि कुटाइ खाने डरले उनीहरुको नाम सार्वजनिक गर्न चाहेका छैनन्।

प्रहरीले आक्रमणकारीको नाम थरसहितको किटानी जाहेरी प्रहरी कार्यालय झिलझिलेमा परेकाले उनीहरुमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ। अघिल्लो दिन पनि पाँचगाछी १ मा निर्माणधीन पुलमा काम गर्ने आधा दर्जन निर्माण मजदुर पनि उनीहरुको आक्रममा परेका थिए । केही वर्षदेखि गुण्डाले गाउँमा आतंक मच्चाउदै आएको स्थानियको भनाइ छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...