काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू, मुख्य रजिस्ट्रार राजन भट्टराई एवं कर्मचारीहरु समेतको उपस्थिति मा पुजा पाठ सम्पन्न भएको हो ।
पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किई स्वस्ती वाचनमा सवै व्यस्त देखिन्थे । फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, समिधा, ध्वजा पताका, तोरण, चँदुवा, वरपिपलका पात कलश लगायतका सामाग्रीले पुजास्थल सजाईएको थियो ।
पुजाकोठाको मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश दिपकराज जोशी र मुख्य रजिस्ट्रार भट्टराई जम्ला हात गरि चरु होम गरि दिनभर पूजा आराधनामै व्यस्त देखिन्थे । न्याय र शान्तिको कामनाका लागि होम र श्रीयन्त्रको पूजाआराधना गरिएको स्रोतले बताएको छ ।
कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन । ज्योतिषीले जुराएको साहितमा करिव साढे ४ बजे सर्वोच्च अदालत भवनको अगाडिको आँखीझ्यालको टुप्पपामा श्रीयन्त्र पुनस्थापित गर्दै टिका प्रसाद ग्रहण पश्चात समापन गरियो ।
न्यायालयमा उक्त श्रीयन्त्र स्थापना गरेसँगै आगामी दिनमा न्यायिक क्षेत्रमा सुधार हुने अपेक्षा सँगै अनैतिक कार्य रोकिई, घुसको अन्त्य भई वास्तविक न्याय र विवेक स्थापित भई न्याय सम्पादन प्रभावकारी हुने एक सहभागिले बताए ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...