सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Loading...
Spread the love

उल्लास मैनाली

मेरी छोरी कविता

मेरी छोरी
आजको दिन
हर्षको दिन
तिम्रो नयाँ घर अनि संसार बन्ने दिन
यो खुसीयालीको दिन

आज खुसीको आँशु
गहभरी छछल्किएको छ
हिक्काहरु मुटु भरी अडकिएको छ
शुभकामना मेरी छोरी
तिमिलाई बैबाहिक बन्धनको

तिमि भन्न सक्दिनौ
केही पनि बोल्न सक्दिनौ
तिमि भित्रको पिडा
मैले बुझेको छु
यो रितलाई कस्ले तोडने हो ?
छोरा माग्ने दिन कहिले आउने हो ?

आज सबै यहाँ
खुशीयाली मनाउन आउछन
बिछोड भएको देख्ने कसले ?
जन्माएर यति ठूलो बनाएको
फूलको माली रोएको देख्ने कसले छोरी ?

म बाबु हो तिम्रो
जसोतसो सम्हालुला
तिम्रो आमाको तिम्रै लागि
आज फेरी अर्को प्रसब व्यथा
कस्ले बुझी देला ?

छोरा बनाएर हुर्काए भन्थे
बुढेसकालको साहारा भन्थे
तर छोरी,
आज कसैको नाशो
उसैलाई फर्काए जस्तो
बेहुली बनाएर अन्माउदा तिमिलाई
बाँचा बन्धनले धर्ती पोलेर बिदाई गर्दा
मुटु आधा टुक्रिए जस्तो ।

तर पनि आँशु यो
खुशी कै भए पनि
आँशु बग्न हृदयमा
छुनै पर्ने रहेछ
कता कता मनमा
दुख्नै पर्ने रहेछ ।

दाम्पत्य जीवन सुखमय होस
हरेक पाइलामा सफलता मिलोस
हरेक क्षेणमा खुशीयाली होस
चखेबाको जोडी जस्तो
सधै भरी तिम्रो जोडी बनोस
भगवान सधै दाईने होस
पशुपतिनाथले सधैं कल्याण गरून
छोरी सधैं भरी तिमिलाई
मेरी प्यारी छोरी तिमिलाई

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...

राधा आजबाट देशभर प्रदर्शनमा

Spread the loveनायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार...