दुध उद्योगीको मनपरी, दुध सेवनका नाममा विषादी पिउदै उपभोक्ता

  • -अधिवक्ता : लक्ष्मी प्रसाद मैनाली
  • Loading...
    Spread the love

    काठमाण्डौ: नेपाली बजारमा करिव ४२ ब्रान्डका दुध उद्योगहरु सन्चालमा रहेका छन । दुध तथा दुधजन्य पदार्थ उत्पादन गर्ने डेरी उद्योगले तोकिएको मापदण्ड पालना नगर्दा उपोभाक्ताको स्वास्थ्यनै खतरामा पर्दै गएको छ । विशेष गरि दुध दैनिक काठमाण्डौ भक्तपुर र तलितपुरमा हरेक जसो घरमा २ देखि ५ लिटर सम्म भित्रिने गरेको छ भने ठुलठुला होटल र चिया पसलमा असंख्य संख्यामा दुधको प्रयोग हुन्छ भने उपत्यका भन्दा वाहिरका शहरहरुमा पनि दुधको प्रयोग त्यतिकै मात्रामा हुदै आएको छ । यसरी दैनिक जसो लाखौ लिटरको मात्रामा प्रयोगमा आँउने र उपभोक्ताको स्वास्थयसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने खाद्य वस्तुनै खानका लागि उपयुक्त हुनेपर्ने ठाँउमा गुणस्तरियुक्त रहेको छैन जसका कारण उपभोक्ताहरु विभिन्न रोगको सिकार हुन पर्ने बाध्यता रहेको छ । यहाँ दुध त उधाहरण मात्रै हो हरेक जसो साग सब्जीको गुणस्तर पनि खानका लागि योग् देखिदैन । विषाधिको चरम प्रयोगले गर्दा मानव स्वास्थ्य जटिल बन्दै गईरहेको छ । यसरी उत्पादकले तोकेकै मुल्य र सो मुल्य भन्दा धेरै तिरेर खरिद गरिए पनि  पनि उपभोक्ता गुणस्तरयुक्त दाद्यान्न भित्रयाउन सकेका छैनन । जसको मारमा मारमा शिशु, गर्भवति महिलाहरुको स्वास्थ्य त झन जटिल बन्दै समग्र मानव स्वास्थ्यमानै गम्भीर खेलवाड हुन थालेको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पटक पटक गरेको छड्के अनुगमनका क्रममा दुध र दुधजन्य पदार्थको कारोवार कैफीयतपूर्ण पाईएपछि देशभरका २० वटा डेरी उद्योग विरुद्ध मुद्दा दर्ता पनि गरेको छ । कति कारवाहीको दायरामा आए पनि होलान तर दुषित कार्य पुर्ण रुपमा निर्मुल हुन सकेको छैन जसमा उद्योगीहरुको दादागीरीनै चलिरहेको स्पष्ट हुन्छ । गर्मी मौषम सुरुभएसंगै बजारमा आइसक्रिम, दही, बटर, छुर्पी लगायत दुधबाट बनेका परिकारहरुको खपत बढी हुन्छ । तर बजारमा माग बढेका कारण उद्योगीले जथाभावी अखाद्य बस्तु तथा मानव स्वास्थ्य अनुकुलका सामाग्रको उत्पादन र वितरण हुन सकेको छैन । सरकार पनि बेला बेला केहि स्थानहरुमा छापा मार्ने पक्राउ गर्ने देखि मुद्धा चलाँउने सम्म गरे पनि त्यति प्रभावकारी हुन सकेको छैन जसकारण उपभोक्त अखाद्य दुध पिउदै स्वस्थ शरिर बनाँउने भन्दा पनि मानव स्वास्थ्य विगारदै औषधि खान बाध्य रहनु परेको छ ।

    विभागले उपभोक्ताको उजुरी र बजार अनुगमनका क्रममा नमुना परिक्षण गर्दा अधिकांश उद्योगको उत्पादनमा हानिकारक कोलिफर्मका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने जीवाणु भेटीएको छ । निजी स्तरको त दादागिरी रहि रहेको छ भने सरकारी स्वामित्वमा रहेर सन्चालित दुग्ध विकास सस्थान मातहतका डेरीले समेत अखाद्य उत्पादन गरि उपभोक्ता लाई बेचेको सन्चार माध्ययममा आईसकेको छ । आफ्नो गल्ती र कमजोरी स्विकारर्न भने यहाँ नत निजि क्षेत्रनै तयार हुन्छन नत सरकारी स्वामित्वमा रहि सन्चालमा रहेको संस्थान नै । त्यसकारण यहाँ उपभोक्ताको स्वास्थ्य प्रति जिम्मेवार भएर कार्य सम्पादन भएको देखिदैन । यहाँ अनुगमनै प्रभावकारी र उपभोक्ता ठग्ने उद्योगीलाई कडा कारवाही हुन नसक्दा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन ।

    कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल नेतृत्वको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र दुग्ध उत्पादन कारखानामा केहि समय अघि छापा मारेको थियो । दुधमा अखाद्य वस्तु वस्तु भेटिएको तथा बजारमा आउने दुध वास्तविक परिमाण भन्दा कम हुने गरेको विवरणहरु सार्वजनिक हुन थालेपछि मन्त्रीको टोलीले विभिन्न दुध उद्योगमा छापा मारे पनि प्रभावकारी छानविन, गैरकानूनी कार्य गर्नेहरुलाई कारवाहीको दायरामा ल्याई गुणस्तरिय उत्पादन हुन सकेको छैन ।

    विभिन्न सन्चार माध्यममा आएका दुधको गुणस्तर र परिमाण सम्वन्धीत समाचारहरु

    (सेतोपाटी) बालाजु औद्योगिक क्षेत्रका डेरीमा कृषिमन्त्रीको छापा, ४ गोदाममा सिलबन्दी

     (रातोपाटी) हामी कस्तो दुध खाँदैछौ रु ४२ ब्राण्डका दूध मध्ये ४० मा भेटियो सोडै सोडा 

    (दैनिक नेपाल) दुधको पाकेटमा चुइगमको डल्लो भेटियो !

    (कारोवार) अधिकांश प्याकेटको दूध अखाद्य

    (काठमाण्डौ टुडे) काठमाण्डुको दुधमा युरीयादेखी नुनसम्म

    पोखराका केही दुध उत्पादक कम्पनीमा अखाद्य वस्तु प्रयोग

    के छ त कानूनी व्यवस्था  ?

    आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ जसले सर्वसाधारण जनताको सुविधा कायम राख्न समाजको दैनिक चलन, व्यवहार र आहारको लागि चाहिने खाद्यान्न, माल सामानको वितरण, बिक्री र व्यापारमा समय समयमा आवश्यकतानुसार कडा नियन्त्रण गर्ने अधिकारको व्यवस्था गर्न यो ऐन निर्माण गरिएको हो ।

    सोही ऐनको दफा ६ ले संगठित संस्था वा कम्पनीले गरेको कसूरको सजाय सम्वन्धि व्यवस्था गरेको छ । दफा १ मा ऐन बमोजिम कसूर गर्ने व्यक्ति कुनै संगठित संस्था वा कम्पनी भएमा सो कसूर भएको कुरा आफूलाई थाहा थिएन वा सो कसूर रोक्न आफूले सकभर प्रयत्न गरेको थियो भन्ने कुरा प्रमाणित गर्न सकेमा बाहेक त्यस्तो कसूरको लागि सम्बन्धित संगठित संस्था वा कम्पनीको काम कारवाई उपर नियन्त्रण राख्ने निर्देशक, मैनेजर, अन्य कुनै अधिकारी वा व्यक्तिलाई सजाय हुनेछ । त्यस्तै उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएतापति कुनै संगठित संस्था वा कम्पनीले गरेको कसूर त्यस्तो संगठित संस्था वा कम्पनीको निर्देशक, मैनेजर वा अरु कुनै अधिकारीको जानाजान वा लापरवाहीको कारण भएको हो भन्ने प्रमाणित भएमा त्यस्तो निर्देशक, मैनेजर वा अधिकारी पनि यस ऐन बमोजिम सजायको भागी हुनेछ ।

    उपभोक्ता संरक्षण ऐन, २०५४ उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्ता वर्गलाई संरक्षण प्रदान गरी उपभोग्य वस्तु वा सेवाको गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गर्न, एकाधिकार एवं अनुचित व्यापारिक क्रियाकलापद्वारा मूल्य अभिवृद्धि हुन सक्ने अवस्थालाई रोक्न र उपभोग्य वस्तु वा सेवाको उपयोगिता एवं प्रयोग सम्बन्धी झुट्टा तथा भ्रमात्मक प्रचार प्रसार हुन नदिई सुरक्षित तथा गुणस्तरयुक्त उपभोग्य वस्तु वा सेवाको बिक्री वितरण, निकासी, पैठारी र सञ्चय सम्बन्धी व्यवस्था गर्न तथा उपभोक्तालाई पर्ने मर्काको विरुद्ध उपचार दिलाउने निकायको स्थापना गरी उपभोक्ताको हक, हित र अधिकारको संरक्षण गर्ने गर्नका लागि यो ऐन निर्माण गरिएको हो ।

    सोही ऐनको दफा ७ मा माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुनेव्यवस्था गरेको छ जसमा कसैले पनि कुनै व्यक्तिसँग मिली देहायका कुनै काम गरी कुनै उपभोग्य वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न हुदैन  ।
    (क) कुनै उपभोग्य वस्तुको लागि चाहिने कच्चा पदार्थको कोटा निर्धारण गरी वा कुनै उपभोग्य वस्तुको उत्पादन घटाउन वा त्यस्तै अन्य कुनै काम गरी,
    (ख) कुनै उपभोग्य वस्तु वा सेवा सञ्चित गरी वा अन्य तवरले कृत्रिम अभाव खडा गरी वा निर्धारित समय वा स्थानमा मात्र मत्यस्तो वस्तु वा सेवा बिक्री वितरण गर्ने गरी वा त्यस्तै अन्य कुनै काम गरी ।

    दफा ७ बमोजिमको कसुरमा काम कारबाही गर्ने गराउनेलाई तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ ।

    यसरी उपभोक्ताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा भएका गैर मानविय क्रियाकलापका विरुद्ध कडा भन्दा कडा कारवाही गर्नु जरुरी रहेको छ । उपभोक्तालाई पौष्टिक तत्वका नाममा दुधको सेवन विष सेवनमा परिणतथ नहोस दुध पिउदै स्वास्थ्य विगारी अस्पताल धाँउनु पर्ने बाध्यको अन्त्य गर्नु जरुरी रहेको छ ।

    आरडिसि दुधका प्याकेट

    आरडिसि दुध जमेपश्चात  बट्टाको भित्रि भागमा देखिएको पहेँलो पदार्थ

    दहि धोल्दा मोहीमा निस्कीएको फिँज

    आरडिसि दुध जमेपश्चात बट्टाको भित्रि भागमा देखिएको पहेँलो पदार्थ

    Loading...

    यसमा तपाइको मत

    अपराध र कानुन बाट अन्य

    बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

    Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

    जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

    Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

    फौजदारी कानून समाज गठन

    Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

    खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

    Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

    श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

    Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

    संगठित अपराध; भ्रम र यथार्थ

    Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

    भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

    Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

    उपाहार दिए पनी अपराध

    Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

    नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

    Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

    सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

    Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...