काठमाडौं: अदालतमा सेवाग्राहीका विवाद र मुद्धाका विषयहरुको अन्र्तगतमा रहेर दर्ता गर्न ल्याएका फिरादपत्र, प्रतिउत्तरपत्र, मुद्दाको रुपमा कारवाही हुने निवेदनपत्र, लिखित जवाफ र अन्य निवेदनपत्रहरू तोकिएको मापदण्डमा रहेर तयार गर्नेपर्छ । उक्त निवेदनहरु तयार गर्दा रित पुरयाई गर्नुपर्दछ नत्र अदालतले दर्ता गर्ने छैन । जसका लागि जिल्ला अदालत नियमावली २०५२ को परिच्छेद ४ ले लिखतमा पुरयाउनु पर्ने रीतसम्बन्धी कुराहरूको व्यवस्था गरेको छ । जो निम्न रहेका छन ।
(क) फुलिस्केप आकारको नेपाली सादा कागजमा बायाँतर्फ पाँच सेन्टिमीटर किनारा छोडिएको, पहिलो पृष्ठमा शिरतर्फ दश सेन्टिमीटर ठाउँ छोडिएको र एक पृष्ठमा बत्तीस पंक्तिमा नबढाई कागजको एकापटिृ मात्र पक्की कालो मसीले स्पष्ट वुझिने गरी लेखिएको, टाईप गरिएको वा मुद्रण गरिएको हुनुपर्दछ ।
(ख) प्रत्येक लिखतमा लिखत दर्ता गर्न ल्याउनेको नाम, थर, ठेगाना, उमेर र त्यस्तो लिखतमा विपक्षी बनाइएको प्रत्येक व्यक्तिको नाम,थर, गाउँ विकास समिति वा नगरपालिका, वडा नं।, गाउँ टोल मार्गको नाम, टेलिफोन नम्वर, प्याक्स नम्वर, ईमेल ठेगाना, कुनै कार्यालयमा काम गर्ने कर्मचारी भए सो कार्यालयको नाम, पद र कार्यालय रहेको स्थान भएसम्म व्लक नं. र सजिलैसँग फेला पार्न सकिने परिचयात्मक विवरण तथा अर्काको घरमा डेरा गरी बसेको भए घरधनीको नामसमेत खुलेको ठेगाना र थाहा भएसम्म तिनीहरूको उमेर र बाबुको नाम र विवाहित महिला भए पतिको नाम समेत उल्लेख हुनुपर्दछ ।
(ग) लिखत दर्ता गर्न ल्याउने प्रत्येक व्यक्तिले प्रत्येक पृष्ठको शिर पुछारमा छोटकरी दस्तखत गरी आखिरमा लेखात्मक तथा ल्याप्चे सहिछाप समेत गरेको हुनुपर्दछ । तर, लेखपढ गर्न नजान्नेका हकमा ल्याप्चे सहिछाप मात्र गरेको भएपनि रीतपूर्वक भएको मानिनेछ ।
(घ) कुनै कानून व्यवसायीले लिखतको मस्यौदा गरेको भए त्यसको बायाँपटिृ किनारामा निजले मस्यौदा गरेको भनी र लिखत दर्ता गर्न ल्याउने व्यक्तिबाहेक अरुले मस्यौदा गरेको भए, यो लिखतको मस्यौदा मैले गरेको हुँ मैले घुस, कीर्ते, जालसाजीमा सजाय पाएको छैन भनी आफ्नो पूरा नाम, थर, ठेगाना उल्लेख गरी लिखतको पहिलो पृष्ठको बायाँ किनारामा त्यस्तो मस्यौदा गर्ने व्यक्तिले दस्तखत गरेको हुनुपर्दछ ।
(ङ) लिखतको आखिरी प्रकरणमा, यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झूठा ठहरे कानूनबमोजिम सहुँला वुझाउँला भन्ने वाक्य रहेको हुनुपर्दछ ।
(च) खण्ड (ङ) मा उल्लिखित वाक्यमुनि दाँया किनारामा लिखत दर्ता गर्न ल्याउने व्यक्तिले हस्ताक्षरको सही र ल्याप्चेसही गर्नुपर्छ । त्यसको मुनि लिखत दर्ता गर्न ल्याएको साल, महिना, गते र बार उल्लेख गर्नुपर्दछ ।
लिखतमा विषयहरू सिलसिलेवार रुपमा प्रकरण छुट्याई उचित र संयमपूर्ण भाषामा लेखिएको हुनुपर्दछ, लिखतको पेटबोलीमा परेका प्रत्येक व्यक्तिको नाम, थर, ठेगाना र आवश्यक अन्य परिचयात्मक विवरण खुलेको हुनुपर्दछ, लिखतमा उल्लिखित प्रत्येक ठाउँको पूरा विवरण हुनुपर्दछ, लिखत दर्ता गर्न ल्याउने वा अदालतमा कागज गर्न आउने कुनै पनि व्यक्तिले आफ्नो नाम, थर वतन यकीन खुलेको नागरिकता वा अन्य कुनै प्रमाण पेस गर्नुपर्दछ । तर सोसम्बन्धी प्रमाण एक पटक पहिले पेस भई मिसिल संलग्न रहेको अवस्थामा पटक पटक पेश गर्नुपर्ने छैन ।
यसमा तपाइको मत
कानूनी जानकारी बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the love२०१९ सालमा सर्वोच्च अदालतको वर्तमान भवन उद्घाटन हुँदा श्री ५ महेन्द्रको उद्घाटन भाषणमा निम्नलिखित कुराहरु पनि परेका थिए । सम्बन्धित सवैलाई म फेरि एकपटक सचेत पार्न चहन्छु कि न्याय गर्नेले मरमुलाहिजामा कदापि लाग्नु...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...