श्रावण १९, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ अर्थात करिब १ अर्ब डलर सहुलियतपूर्ण ऋण दिने घोषणा गरेका छन्। यो करिब १ खर्ब नेपाली रुपैयाँ हुन्छ।
लाइन अफ क्रेडिट भनिने यो ऋण परियोजना स्वीकृत भएपछि बल्ल लिन पाइन्छ। न्यून १। ७५ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध हुने यो ऋण २० वर्षमा तिरिसक्नुपर्नेछ। यसमा पाँच वर्ष समय थप्न सकिनेछ। यस्तो ऋणको प्रमुख सर्तअनुसार कुल लगानीको ५० प्रतिशत अंश भारतमा उत्पादित वस्तु तथा सेवामा खर्च गर्नुपर्नेछ।
१।७५ प्रतिशत ब्याजदरमा ०।५ प्रतिशत थप प्रतिबद्धता शुल्क र ०।२५ प्रतिशत सेवाशुल्कसमेत तिर्नुपर्नेछ। मोदीले १ अर्ब डलरको सहुलियतपूर्ण ऋणका लागि नेपालले आयोजनाको पहिचान गर्नुपर्नेसमेत संसदमा बताएका थिए। उनले यो ऋणलगानी जलविद्युत र पूर्वाधार विकासमा खर्च गर्न सकिनेसमेत बताए।
यसअघि सन् २००८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भारतले १० करोड डलर सफ्ट लोनको सहमति गरेको थियो। त्यो रकममध्ये आधा तराई क्षेत्रमा सडक निर्माण र आधा राहुघाट जलविद्युत आयोजनामा निर्माणमा छुट्याइएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
त्यसपछि २०११ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईसँग भारतले दिने सहमति गरेको २५ करोड डलरमध्ये राहुघाटलाई नपुग रकम छुट्याएर बाँकी रकम विद्युतीय ट्रान्समिसन लाइन र ११ वटा सडकमा खर्च गरिएको थियो।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...