सार्वभौम राष्ट्र हिमालझै उँचो रहोस् : मोदी

Loading...
Spread the love

कसैले अनुमान नै नगरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकाएक नेपाली भाषामा भाषण शुरु गरे पछि सवै जना मोदी प्रति नतमस्तक झै भए र सम्पूण नेपालीमा समेत उनको प्रस्तुतिले भारत र मोदी प्रतिको दृष्टिकोण्मा नै परिवर्तन ल्याउने कर्यको प्ररम्भ गर्यो । मोदीको ४५ मिनेट लामो भाषणमध्ये नेपाली भाषामा लिखित रहे पनि बाँकी अंश अलिखित थियो।

मोदीले असमान रहेको भनि भनिएको र धेरै विवादमा रहेको दुई देशबीच १९५० को शान्ति तथा मैत्री सन्धिमा नेपालले चाहेको परिवर्तनप्रति आफू सकारात्मक रहेको बताएका छन्।
आफुनो सम्वोदनको क्रममा उनले भने, ‘तपाईंहरू मिलेर कस्तो परिवर्तन चाहानुहुन्छ, म खुला दिमागले त्यसलाई हेर्नेछु। नेपालमा तीव्र परिवर्तनको चाहना छ र प्रगति तथा विकासको प्रचुर सम्भावना छ। राम्रो भयो, म आफ्नो कार्यकालको प्रारम्भमै यहाँ आएँ, मेरो कार्यकालको बाँकी समय नेपालसँग विकास र प्रगतिको सहकार्यमा अगाडि बढ्नेछु।’

‘हामो साझा यात्रामा कुनै कुरा बाधा बन्नु हुँदैन।’ मोदीले नेपाल र भारतबीच यदाकदा अविश्वास, शंका, उपशंका उठ्ने गरेको प्रसंग निकाल्दै भने, भारत नेपालको एकदमै नजिक र विश्वसनीय मित्र हो, हजारौं वर्षको इतिहासमा उसले कहिल्यै धोका दिएको छैन र दिँदैन पनि।’

व्यवस्थापिका संसद्लाई सम्बोधन गर्दै नेपालको विकासमा विश्वसनीय साझेदारी, राजनीतिक स्थायित्वका आन्तरिक प्रयासमा सहयोग र विश्व मापदण्डभित्रको नेपालका लागि आफ्नो देशको पूर्ण सहयोग रहने वताए। केही आन्तरिक राजनीतिक मामलामा टिप्पणी गरे पनि उनले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र संविधान आफैंले लेख्नुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपालको प्रतिबद्धताप्रति आफ्नो सम्मान रहेको स्पष्ट पारे। उनको यो वाक्यंश आन्तरिक विषयमा वोलिरहदा उत्तल पक्षलाई सफाई दिने उदेश्यले आएको खेखिन्थ्यो। उनकै शब्दमा स्

‘नेपाल एक सार्वभौम राष्ट्र हो। सार्वभौम राष्ट्र हिमालझै उँचो रहोस्। विश्‍‍व देखेर गौरव गरोस्’, मोदीले भने, ‘भारत संघीय लोकतान्त्रिक गणतन्त्रको क ल्पनाको पूरापूरा स्वागत र सम्मान गर्न चाहन्छ।’ उनले नेपालको मामिलामा भारतले कुनै दखल नगर्ने पनि स्पष्ट पारे। ‘भारतले सुरु देखि नै ठान्दै आएको छ कि हाम्रो काम तपाईंको काममा दखल गर्ने होइन। भारतको काम तपाईं जुन संकल्प गर्नुहुन्छ, जुन दिशा चुन्‍नुहुन्छ, त्यसमा हामी काम आउन सक्छौं भने काम आउनु हाम्रो संकल्प हो। तपाईंलाई दिशा दिनु वा कुनै लक्ष्यतर्फ लिएर जानु हाम्रो काम होइन।’ भनेका छन।

‘नेपाल एक सार्वभौम राष्ट्र हो। सार्वभौम राष्ट्र हिमालझै उँचो रहोस्। विश्‍‍व देखेर गौरव गरोस्’, मोदीले भने, ‘भारत संघीय लोकतान्त्रिक गणतन्त्रको क ल्पनाको पूरापूरा स्वागत र सम्मान गर्न चाहन्छ।’ भारतको काम तपाईं जुन संकल्प गर्नुहुन्छ, जुन दिशा चुन्‍नुहुन्छ, त्यसमा हामी काम आउन सक्छौं भने काम आउनु हाम्रो संकल्प हो। तपाईंलाई दिशा दिनु वा कुनै लक्ष्यतर्फ लिएर जानु हाम्रो काम होइन।
संविधान बनाउन ऋषिको मन चाहिने बताउँदै मोदीले भने, ‘संविधानले जोड्छ, कहिल्यै पनि तोड्दैन। संविधान विवाद समाधान गर्ने माध्यम हो।’ संविधानमा हुने सामान्य कमा र फुलस्टपले एक सय वर्षपछि विषवृक्षको काम गर्नसक्नेतर्फ उनले सचेत गराए। उनले भने, ‘एक सय वर्षपछिको समाज कसरी अगाडि बढाउने भन्ने पवित्र विशाल काम गर्न तपाईंहरू भाग्यशाली हुनुहुन्छ। म तपाईंहरूलाई सम्मान गर्न आएको हुँ।’

उनले नयाँ संविधानको सन्दर्भ जोड्दै भने ‘गरिब, धनी, पढेका, नपढेका, गाउँ, सहर र सबै नेपालीले मेरो पुस्ताको योगदान छ भनेर गर्व गर्ने हुनुपर्ने बताए। मोदीले भने, ‘संविधान सर्वजन हिताय र सर्वजन सुखाय हो। कुनै एकको हितका लागि हुनु हुँदैन। संविधान जनआकांक्षा पूर्तिका लागि हुनुपर्छ।’

‘उनले विद्युत्‌मा नेपालको आवश्यकता हाललाई भारतले पूरा गरिदिने बताएर १० वर्षपछि भारतको अँध्यारो नेपालले हटाइदिने बताए। भारतले सित्तैमा नभई बिजुली किन्न चाहेको पनि उनले स्पष्ट गरे। भारतले हाल नेपाललाई दिइरहेको बिजुली दोब्बर पार्न चाहेको’ बताए।

माओवादीको नाम उल्लेख नगरी गोलीको राजनीति छाड्नु युद्धबाट बुद्ध हुनुसरह भएको भन्दै उनले नेपालको संविधान लेखनलाई समस्त प्रजातान्त्रिक विश्वले हेरिरहेको बताए। यो अभ्यास सफल भएमा हिंसाबाट सत्ता हासिल गर्न सकिन्छ भन्‍नेका लागि एउटा ठूलो सन्देश जाने उनको भनाइ थियो।

मोदीले सम्बोधनका क्रममा धेरैपटक बुद्ध जन्मेको देश नेपाल भनेर दोहोर्‍याउँदा संसद्मा तालीले गड्गडाहट भएको थियो। मोदीले नेपालको विकासमा आफूले हिटु गर्न चाहेको बताए। हिटलाई उनले हाइवेज, आइवेज र ट्रान्सवेजका रूपमा व्याख्या गरे।

सार्क देशमा गरिबीसँग लड्न हामी सबैको साथ चाहिने बताउँदै उनले नेपालको कोही भाइ भोको छ भने भारत खुसी हुन नसक्ने बताएर सुनकोसीको पहिरोलाई जोडेका थिए। संसद्ले मोदीले संसद्‌मा दिएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...