आधुनिक जिवनशैलीले फेरिएको दशै

  • -अधिवक्ता: लक्ष्मीप्रससाद मैनाली
  • Loading...
    Spread the love

    अधिवक्ता: लक्ष्मी प्रसाद मैनाली

    विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि सुरु भई नवमी सम्म विभिन्न शक्तिपिठहरुको दर्शन र आराधना गरी दशौं दिन अर्थात दशमीका दिन मान्यजनबाट टीका, प्रसाद र जमरा ग्रहण गरि पुर्णिमासम्म मनाउने गरीन्छ । दक्षिण एसियाका भारत, नेपाल, भुटान र म्यानमार लगायतका देशहरुमा आफ्ना आफ्ना ढंगले मनाँउने प्रचलन रहेको छ ।

    दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व हो । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका, जमरा र फुलपुष्प शिरमा लगाउने चलन छ । भगवान रामले विजयादशमीकै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिदै नवरात्रको अन्तिम दिन दशमीलाई विजयादशमी नामाकरण गरिएको हो । विजयादशमी शक्ति र पूजाको पर्व, व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने उद्देश्यका साथ मनाईन्छ । यो पर्वले दश प्रकारका पापहरू काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा पनि दिने परम्परावादी धारणा रहेको छ ।

    नाता कुटुम्ब र मान्यजनबाट टिका जमरा लगाई आशीर्वाद ग्रहण गर्ने, नयाँ पहिरन लगाउने, क्षमता अनुसार मिठा परिकार खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफा गर्दै विशेष उत्सव र उत्साहका साथ यो चाड मनाईन्छ । समयको परिवर्तनसँगै आजभोली विभिन्न कार्यक्रमहरुको आयोजना गरि शुभकामना आदान–प्रदान मार्फत जमघट गर्नेे परम्पराको समेत विकास भएको छ । गाउँबाट उच्च शिक्षा हाँसिल गर्न, रोजगारी र वैदेसिक रोजगारीका शिलशिलामा विदेशमा पुगेका नेपालीहरु समेत दशैमा घर आँउने गरेका छन भने कतिपय आफ्नो परिवार र नातागोता विदेशमा रहेकाहरु दशै मनाँउन विदेशमा समेत जाने गरेका छन । के धनी के गरिव, के सानो के ठूलो, के सानो जात के ठूलो जात यस पर्वले सबैलाई उत्तिकै हर्ष र उल्लास सिर्जना गरेको हुन्छ ।

    सामाजिक सन्जालमा कयौ साथीहरुले म्यासेज वक्समा पठाएको विगतको यथार्थ बोकेको सन्देशका हरफहरुले वास्तवमै हरेकको मन कसो नछोला र । रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो, दसैलाई भन्दै साँचेर राखेको काक्रो थाग्रामै पाकेर पट्पटी फुट्थ्यो र पो दसै आएझै लाग्थ्यो, रोटे पिङ्गको लागि लिङ्गो काटी लिङ्गे पिङको डोरी बाट्न पाट बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थ्यो, दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थ्यो र पो दसै आएझै लाग्थ्यो, दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राङच्याङ भक्राङच्याङ गर्थे र पो दसै आएझै लाग्थ्यो, दसैलाई भन्दै गाउँघरका कुवा पँधेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थ्यो, पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थ्यो, बर्ष भरि कुरेर बल्लबल्ल नयाँ लुगा आङ्मा पथ्र्यो र पो दसै आएझै लाग्थ्योे । मुग्लानीहरु भरियालाई भारी बोकाएर खांङ्गे डोकामा खत्राकखुत्रुक सामान हालेर क्यासेट घन्काउदै गाउँ छिर्थे र पो दसै आएझै लाग्थ्योे, हरेक छाक ढिडो मकैको भात पाक्ने चुल्लोमा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थ्योे । यि सन्देशका हरफले विगतको अभ्यासको स्मरण भएपनि विडम्वना धेरैजसोको हकमा यो लागु नहुँन सक्छ । किनकी यहाँ अभाव सँगै खान र लगाउन चाडवाडनै पर्खिरहँनुपर्ने अवस्था अहिले हटिसकेको छ । जसमा प्रत्यक्ष र परोक्ष रुपमा निम्न तत्वहरुको भुमिका रहेको देखिन्छ ।

    आर्थीक पक्ष

    दसैँ कहिले आँउला, मिठा परिकार खाई सरसर लिंङ्गे पिङ्गमा रमाउला, मामाघर जाँउला, दक्षिणा ल्याउला भन्ने धेरैको अपेक्षा रहँने गर्दथ्यो । धार्मिक आस्था, मान्यता, अभ्यास र संस्कृतिका रूपमा नेपालीको दसैँ पर्वसँगै समाजमा सामाजिक सम्बन्धमा समेत थप बलियो कायम हुने गर्दथ्यो । तर, परम्परागत अभ्यास, संस्कृति, सामाजिक सम्बन्ध कायम गर्ने माध्यमको रुपमा रहेको दसै पर्व आधुनिक जिवनशैलीको प्रभावसँगै अहिले फेरिँदै गएको छ ।

    मीठो खाने, राम्रो पहिरन लगाउन र आफन्तसँग रमाई जमघट गर्नेका लागि दशै पर्वनै कुर्नुपर्ने नेपाली समाज अहिले आर्थिक पक्षमा केहि सवल र सक्षम भएका कारण पैशासँगै व्यक्तिको जीवनशैली, सोच, व्यवहार र अभ्यासमा समेत परिवर्तन भएको छ । प्रसस्त पैशा कमाँउनेहरुका लागि अहिले सधै नयाँ पहिरन, चुल्लोमा सधै मिठा परिकार पाक्ने भएका कारण दशैंको महत्व कम भएको महशुष हुन थालेको छ भने कमजोर आर्थीक स्थिति हुनेहरुका लागि भने दशैको महत्व धेरै हुने गरेको विश्लेषण गर्न सकिन्छ । मानिसहरुको जीवनशैली, सोच र आधुनिकताको प्रभावले दशैको पहिचान र अभ्यासमा फरकपना देखिन थालेको छ ।

    प्रविधिमा फड्को  

    देशविदेशमा छरिएर रहेका नेपालीहरुलाई अहिले प्रविधिको विकाससँगै सामाजिक सन्जाल र इन्टरनेट प्रयोगको माध्ययमबाटसमेत दसैँमा मान्यजनबाट आशीर्वाद लिने परम्पराको विकास हुन थालेको छ । समाजमा प्रविधिको विकास भएसँगै हरेकका हातमा महंगा महँगा मोवाइल सेटहरुको प्रयोग भएसँगै शुभकामना आदानप्रदानमा थप सहजता हुन थालेको छ । विगतमा टेलिफोन र मोवाईलमार्फत पर्व विशेषका सन्देश दिने प्रचलन रहेकोमा अहिले कुनै चाडवाड आँउनु महिना दिन अघिबाट फेसवुक म्यासेजको माध्ययमबाट सन्देशको वर्षा नै हुने गरेको जसकारण पनि मानिसहरु जुन माध्ययमबाट जोडिएका थिए पछिल्लो समय त्यो हराएका कारण पनि दशैको महत्व घटेको हो भनी अनुमान गर्न सकिन्छ ।

    यातायातको सुविधा

    उच्च शिक्षा आर्जन गर्न र रोजगारीका लागि परिवारबाट टाडिएर वाहिर रहेका परिवारका सदस्यहरु मान्यजनको आर्शीरवाद लिनका लागि दिनहुँ हिडेर पनि पुग्ने गर्दथे । भने कतिपय समय, परिस्थति, यातायातको असुविधा र सञ्चारमाध्यमको पहुँच नभएका कारण टाढै रहँन बाध्य हुन्थे । तर अहिले यातायात र सञ्चारमाध्यमको पहुँच देशभरिनै लगभग पुगिसकेको छ । जसकारण आवतजावत गर्नेहरुका लागि दशैं थप सहज भएको छ । असहज परिस्थतिमा मानिसहरुमा जस्तो जोश जाँगर र उत्साहापुर्वक सहभागिता हुने गरेकोमा अहिले प्रविधि र यातायातको विकास भएपनि मानिसहरुमा उत्साहा, हर्ष र जाँगरमा ह्रास आएका कारण दसैँको रौनकतामा कमि हुन थालेको छ ।

    भ्रमण मोहले प्राथमिकता पाँउनु

    सरकारले वर्ष भरिमा हुने सवैभन्दा लामो विदा दसैँ चाडमा दिने गरेको छ । उक्त विदाको सदुपयोग गर्दै कम पुँजि भएकाहरु आन्तरीक रुपमा विभिन्न रमणिय स्थानहरुको भ्रमणमा रहँने र धेरै पुँजि भएकाहरु विदेश भ्रमणमा समेत जाने गरेका छन । यसरी घर परिवार र समाजलाई भन्दा पनि भ्रमणमा प्राथमिकता दिनुले पनि दसैँ फेरिएको भान हुन थालेको छ ।

    खुला समाजले प्राथमिकता पाँउनु

    नेपाली समाज निश्चित परिधि, क्षेत्र, संस्कार र पारस्पारिक सम्बन्ध भन्दा बाहिर केहि वर्ष अघिसम्म गएको थिएन । तर, विगतलाई हेरि अहिलेलाई नियाल्ने हो भने नेपाली समाज चाहिने भन्दा पनि खुल्ला बन्दै गएको छ । जसको परिणामस्वरुप नेपालीहरुका महान चाडहरु ओझेलमा परेको भान हुन थालेको छ । खुला समाजको परिकल्पना र वदलिदो अभ्यासका कारण दसैँ मात्रै महान चाड हो नभनी अन्य चाड पर्वहरूमा पनि नयाँ पहिरन लगाँउने मीठा परिकार खाने र जमघट हुन थालेसँगै दशंैको महत्वमा कमि आँउन थालेको छ ।

    जातीय चाडले महत्व पाउँदै

    नेपालमा नयाँ संविधान २०७२ साल असोज ३ गते जारी भएसँगै नेपाल हिन्दु धर्ममा मात्रै सिमित नभई धर्मनिरपेक्ष राज्य भएसँगै हरेक नेपालीले आफुलाई मन परेको धर्म मान्न पाँउने वातावरणको विकास भएको छ । जसको परिणाम खुला समाज र हरेक जातजाति, धर्म संस्कृतिका चाड पर्वहरूले प्राथमिकता पाउन थालेसँगै दशंैको रौनकता घटेको छ । पछिल्लो समय फरक फरक जातिका आफ्ना आफ्ना चाड पर्वहरू ठूला र महत्वपूर्ण हुन थालेका छन । जसकारण दसैँ मात्र नेपालीहरुको महान पर्वका रुपमा सिमति हुन छोडेको छ ।

    कृषि उत्पादनमा ह्रास आउनु

    दसैँ पर्व प्रत्यक्ष रुपमा प्रकृति र कृषिसँग अन्तरसम्वन्धित हुन्छ । दसैँ लगायतका चाडपर्वमा खानका लागि अन्नलगायतका धेरै चिजहरु कृषकले आफ्नै श्रम र पसिनाले खेतवारीबाट उत्पादन गर्दथे । दसैँलाई भनि चामल, खसी, कुखुरा, रागाँ, फूलपातीे पूजामा आवाश्यक फलफुल र पुष्प लगायतका सामाग्री विगतमा हरेकका घरबारीमै उत्पादन हुने गर्दथे । तर, अहिले हरेका सामानहरु बजारबाट खरिद गर्ने परम्परानै वसीसकेको छ । त्यस्मा पनि अधिकांश सामाग्रीहरुमा त वाह्य देशसँग निर्भर रहँनु्पर्ने अवस्थाको सिर्जना भएसँगै दशै लगायतका चाडहरुको रौनकतामा कमि आउन थालेको छ ।

    नयाँ मोह प्राथमिकतामा

    दसैँ चाडकै लागि भनेर कतिले नयाँ घर किन्ने, कसैले गाडी, मोटरसाइकल, मोवाइल घरायसी सामाग्रीहरु, लत्ताकपडा सँगै पछिल्लो समय टिका लगाई दिने दक्षिण समेत नयाँ नेपाली नोट दिने प्रचलन वढेको छ । विगतदेखिनै हेर्दै आँउने हो भने नेपालमा नोटको प्रचलन विसं. २००२ सालबाट सुरुवातभएबाटै दसैँमा नयाँ नोट बाड्ने चलन सुरु भएको हो । जसको निरन्तरता स्वरुप अहिले नोट सटही गर्ने एउटा परम्परानै वनिसकेको छ । दसैँ नयाँ पहिरन, मिठा परिकार, विलाशिताका सामानहरुको खरिद र प्रयोगसँगै टिका ग्रहण गरेसँगै दक्षिणामा पनि नयाँ नोटनै अनिवार्य हुन थालेको छ । यसरी चाडवाडमा नेपालीहरुमा नयाँ मोहले प्राथमिकता पाएसँगै चाठपर्वहरुको वास्तविक पहिचान आझेलमा पर्दै गएको छ ।

    वसाईसराइले सुनसान गाँउघर

    दश वर्ष जनयुद्धका कारण पनि अधिकांस ग्रामीण भेगबाट मानिसहरु आफ्नो जग्गा जमीन त्यसै छोडेर शहरतिर छिर्ने क्रम सुरु भएसँगै अहिले पनि मान्छेहरु गाँउ भन्दा शहरीनै प्यारो हुन थालेको छ । ग्रामीण भेगमा शिक्षा स्वास्थ्य र रोजगारीको अवसर कम भएसँगै मानिसहरुको मानसिकता शहर केन्द्रित हुनु स्वभाविक पनि हो । तर अहिले शान्ती प्रक्रियाले निकास पाई देशमा जनताद्धारा निर्वार्चीत प्रतिनिधिहरुले निर्माण गरेको नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको छ । उक्त संविधान विश्वकै उत्कृष्ठ संविधान भनि व्याख्या र विश्लेषण पनि हरेक कोडबाट भईरहेको छ । तर संविधान जारी भई देशमा शान्तीपुर्ण अवस्था सिर्जना भएपनि अहिले अधिकांस गाँउहरु रित्तै रहेका छन । कतिपय आन्तरीक तथा वाह्य रुपमा वैदेसिक रोजगारीमा, कोही शिक्षा आर्जन गर्नका लागि भन्दै घरमा वृद्ध बुबा आमालाई छोडी विदेश तथा शहरतिर बाटो तताएका छन । जसकारण गाँउ सुनसान भई कृषि उत्पादन देखि लिएर गाँउमा विगतमा जुन प्रकारको चहलहल र रमझम हुने गरेको थियो त्यो अहिले शुन्य भएको छ । जसकारण दशैको रौनकतामा कमी आएको छ ।

    निष्कर्ष

    परापूर्व कालदेखि आज पर्यन्त महत्वका साथ मनाईने दशै पर्वले हिदुत्व, मानवता, शान्ति र आपसी जमघटलाई अझ प्रघाड बनाउँदै समाजमा थप उर्जा थप्ने विश्वास रहेको छ । समाजमा मानीसलाई एकताको सन्देश प्रवाहगरि सह–अस्तित्वको सम्मानमा हरेक जाति भाषा धर्म संस्कृति भएका नेपालीहरुले पनि आफ्नो संस्कार विगतका अभ्यासलाई अनुशरण गर्दै आफ्नो पृष्ठभुमिलाई नभुली आधुनिकतासँगै फेरीदो जिवनशैलीलाई पनि प्राथमिकता दिदै नयाँ अभ्यासको अनुशरण गरेमा आफ्नो संस्कृति र विगतको परम्परा पनि बाँच्ने थियो कि । नेपालीहरुका चाडपर्वले विगतमा जस्तै आगामी दिनहरुमापनि उतिकै प्रभाव बनाउदै सत्य, शान्ति, सद्भाव र समृद्धितर्फ सदैव समाजलाई अग्रसर गराँउने भुमिकामा साथ र सहयोग गर्नु जरुरी रहेको छ । जसका लागि सम्वद्ध सवै पक्षहरुले ध्यान दिन जरुरी रहेको छ ।

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

    Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    अदालतमा गरिने बहस थरिथरिका

    Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

    लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

    Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

    कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

    Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

    राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

    Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

    फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

    Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

    न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

    Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

    स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

    Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

    फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

    Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...