काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै निवेदन दिएका छन ।निवेदनमा चौधरीले यो एउटा विज्ञान तथा बौद्धिक जगतका जिम्मेवार पदले विज्ञानको विरुद्ध गरेको ठूलो भष्ट्राचारीको मुद्दा रहेको र जुन सत्य रहेको उनको दावी रहेको छ ।
काठमाडौं उपत्यका भित्र दिनहुँ कम्तिमा डण्डी र सिमेन्टबाट भएको निर्माण कार्य न्यूनतम एक करोड भन्दा माथिका कामहरु भईनै रहेका छन् । प्रायः खिया लागेको डण्डी पसलबाट ल्याउने र साईट मा पनि अव्यवस्थित स्टोरको कारण खियाको मात्रा बढिने गरेको र ढलान गर्नु भन्दा पहिले प्राय डण्डीहरु नराम्रो अवस्थामा खियायुक्त भैसकेको हुन्छ र सफा नगरिकन नै प्राय कमसल मसालाबाट ढलान गरिने चलन दिनप्रति बढी रहेको छ ।यो दोस्त्रो सत्य हो ।
विज्ञानले डण्डी सफा प्रयोग गर्नु पर्दछ र डण्डीलाई जीवनको अन्तसम्म सफाको अवस्थामा राख्ने खालका कंक्रिटले छोपी दिर्घायु र बलियो बनाउन कुशल इन्जिनियरिङका सिद्धान्तहरु अपनाउनु पर्दछ । आर.सि.सि. (डण्डी र सिमेन्ट कंक्रिटले बनेका संरचना) चर्किनु भनेको संरचनाको लडिने संकेत हो ।चर्केको माध्यमबाट पानीयुक्त हावाको प्रवेश भई डण्डीलाई खिया अवस्थामा लगिन्छ र विस्तारै खियाको आयतन बढदै जान्छ र आर.सि.सि. भित्रका कंक्रिट चर्किदै जान्छ र अन्तोतगत्वा संरचना लड्दछन् । सफा (खिया रहित) डण्डी खियाको अवरोधक हो भने खियायुक्त डण्डी खियाको एक्सिलेटर (बिस्तारक) हो । यो तेस्त्रो सत्य हो ।
२०७२ सालको प्रलयकारी भूकम्प आएकै हो । भूकम्पका झटका देश भरि नै सबैले महसुस गरेकै हो । काठमाडौं उपत्यकामा भूकम्पका केन्द्र बिन्दु थिएनन् । एउटा सामन्य झटकाका प्रभावले उच्च तकनिकि अपनाएका घरहरु मध्ये केहि घरहरु भत्के र प्रायः घरहरु चर्के । प्राय प्रत्येक घरहरुले खियायुक्त डण्डी र कमसल मसालाको प्रयोग गरेकै हो । यहाँको अख्तियार दुरुपयोग अनुसन्धान आयोग,का भवनले पनि भूकम्पका धक्का महसुस गरेकै हो । यो भित्रका निर्माणमा पनि खियायुत्त डण्डी प्रयोग गरेकै होला । कंक्रिट मसाला राम्रै भए पनि कुनै ठाउँमा कमसल ढलानको प्रयोग भएकै होला । यस भवन भित्र पनि आँखाले देखिन नसकिने चिराहरु परेकै होला । ती चिरा भित्रको माध्यमबाट पानीयुक्त हवाको प्रवेश स्वभाविकरुपले भईरहेकै होला र डण्डीले त्यसता पानीयुक्त हवाको संसर्गमा आई खियाको उत्पादन गर्नेछ र कंक्रिट भित्र रहेका डण्डीको खियाको आयतन बढदै जान्छ र कंक्रिट डण्डीको छेउबाट बिस्तारै चर्किदै जान्छ र बिस्तारै चिराको मात्रा बढिदै जान्छ र अन्तोतगत्वा डण्डी र कंक्रिटको बन्धन समाप्त हुन गई भूकम्पको साधारण झटाकाले संरचना सजिले लड्ने उनेको भनाई रहेको छ ।
हाम्रा देश भर्खरै बिज्ञान तर्फ लम्केको देश हो । इन्जिनियरिङ तर्फ लेऊ–हामी इन्निनियरिङका कोडहरु प्रायः भारतीय कोडहरु प्रयोग गर्दछौ र भारतीय कोडका आधारित नेपाली कोडहरु बनाउन शुरुवातहरु गरेका छौ । कोड अनुसार कार्यहरु भए कि भएनन् सोको निगरानी गर्नु पर्ने निर्देशक स्तरको मुख्य कर्तव्य हुन जान्छ । भारतीय र अरु अन्र्तराष्ट्रिय कोड बाट अनुकरण गरिदाँ हाम्रा कोडमा कहि दोहरोे अर्थ लाग्ने वा प्रष्ट शब्दहरुको अभाव रहेछ भने त्यसता शब्दहरुको प्रष्ट्राई हुन नितान्त जरुरी छ ।
मानौ कसैले दुध भित्र जहर हाल्छ र मानिस मर्दछ भने अपराध हो कि होईन् । यो पक्कै अपराध नै हो । यदि कुनै डाक्टरले मेरो देशमा यो दबाई छैन् देशमा भएकै दबाईबाट मात्र ईलाज गर्छु र ठिक दबाईको अभावले कुनै बिरामी मर्दछ भने के डाक्टरलाई सजाई हुँदैनन् ? पक्कै डाक्टरलाई सजाय गर्नै पर्छ । त्यसतै मेरो देशको इन्जिनियरिङले भनेकै छैन् भारतीय कोडलाई मानदिन् भनेर विज्ञानको सिद्धान्त समेतलाई लताई आफु खुशी कार्य गर्दछ र संरचनालाई कमजोर बनाउछ भने त्यो इन्जिनियरलाई दण्ड दिने कि न दिने ? त्यो भ्रष्ट्राचार हो कि होइन ? त्यसता इन्जिनियरलाई दण्ड दिनै पर्दछ र यो एउटा अख्तियारको दुरुपयोग तथा भष्ट्राचार नै हो ।
विज्ञान कुनै देशको सम्पति न भई वायु सबै देशको साझा सम्पति भए जस्तै सबै देशका साझा सम्पति हो । इन्जिनियरिङ एउटा विज्ञान हो र यो पनि सबैको साझा सम्पति हो सबै इन्जिनियरिङ कोडहरु सबै देशका साझा सम्पति हो । यी माथिका सत्यलाई हेर्दा खियालागेको डण्डीको प्रयोग इन्जिनियर कानून विपरित भएको र सामुहिक धनजनको ठुलो क्षति पुरयाउने भएकोले यो एउटा इन्जिनियरिङ अपराध हो ।
जब विक्री गर्नको लागि सफा डण्डी राख्ने गुणस्तर स्टोरको अभाव छ र राज्यले डण्डीको स्टोर डिजाईन गर्न सकेका छैनन् । साईट समेतमा गुणस्तर डण्डीको स्टोर छैन र इन्जिनियर लगायतका जिम्मेवार व्यक्तिहरुले डण्डी सफा गरेर मात्र ढलान गर्ने वातावरणको न कुनै प्रयोगात्मक कानून छ, न राज्यबाट अनुगमन गर्ने व्यवस्था छ भने यसतो अवस्थामा डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण कार्य रोकी भएको धनजन बचाउनु परम कर्तव्य रहेको चौधरीको भनाई छ ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...