मधेसी नेताहरु ‘पहाडबिरोधी’ मनोदशाबाट माथि उठ्नुहोस : मोदी

Loading...
Spread the love

श्रावण २०, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न राजनीतिक दलका मधेसवादी नेताहरुबीच भेटवार्ता भएको छ । मोदीसँगको भेटपछि नेपालका मधेसवादी नेताहरु पहिले जस्तो उत्साहित देखिएका छैनन ।

Narendra Modiमोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु टोलि वाँधेर होटल हायात पुगेका थिए, तर भेटपछि उनिहरु निराश बनेका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफूहरुमाथि विभेद भएको गुनासो गरेका थिए । ‘केही नेताले हामीमाथि विभेद भो भन्दा मोदीले उल्टै ‘तपाईहरु हिमाल, पहाड र तराईलाई जोड्ने चेष्टा गर्नुस् ।’ भनि सुझाए पश्चात उनिहरु निरास भएका हुन ।

भेटमा कांग्रेस नेता अमरेशकुमार सिंहले संसदमा मोदीले सम्बोधनका क्रममा ‘मधेस’ को सट्टा ‘तराई’ शब्द प्रयोग गरेको तथा माथिल्लो कर्णाली सहितका पहाडी परियोजनाको मात्र चर्चा गरेको भन्दै गुनासो गरेका थिए ।

आइतबार संसदमा मोदीले पहाड र हिमालको चर्चा गरेका थिए । उनले गोर्खालीको प्रशंसा गरेका थिए । जवकि नेपालका मधेसी नेताहरुले गोर्खालीको नाम सुन्न रुचाउने गरेका छैनन् । यही कारणले कांग्रेस नेता सिंहले मोदीसमक्ष पहाडको मात्रै कुरो गरेको, तर मधेशको कुरो नगरेको भन्दै गुनासो पोखेका थिए ।

सिंहको जवाफमा मोदीले ‘तराई-मधेस’ भन्न आफू सकारात्मक रहेको भन्दै ‘पहाडबिरोधी’ मनोदशाबाट माथि उठ्न मधेसी नेताहरुलाई आग्रह गरेका थिए । भेटमा सहभागी एक नेताले भने-’मधेसले भनेको विकासमा सहयोग गर्छौैं तर, एन्टी पहाडी भावनाबाट माथि उठ्नुस् भन्ने मोदीको आग्रह थियो ।’

मधेसलाई विशेष सम्बोधन गर्नुपर्ने मधेसी नेताहरुको जवाफमा मोदीले संसदमा सम्बोधनका क्रममा मधेसलाई मात्र नभई सिंगो नेपाललाई सम्बोधन गरिसकेको जवाफ दिएका छन् । ‘तपाईहरु पनि मधेस होइन, देश सोच्नुस्’ मोदीको भनाइ उदृत गर्दै स्रोतले भन्यो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अबवरुद्दिनले पनि मोदीले दलहरुलाई पार्टी होइन, देशलाई केन्द्रमा राख्न भनेको भन्दै यसको संकेत गरेका छन् ।

मोदीसँगको भेटमा मधेसी नेताहरुले मधेसको पहिचानलाई मान्यता दिने संघीयता भएमात्रै मधेसीहरुको राजनीतिक अपेक्षा पूरा हुने बताएका छन् । जवाफमा मोदीले संसदलाई सम्बोधन गर्ने क्रममा पनि सबै फूलको सुगन्ध भएको पुष्पगुच्छा बनाउन आफूले आग्रह गरेको मधेसी नेताहरुलाई स्मरण गराएका थिए ।

त्यस्तै गरि भारतिय विदेश मन्त्री शुस्मा स्वराजको भ्रमणमा समेत मधेसवादी दल र नेताले यस्तै प्रकारको कुरा राख्दै भारतले हस्तक्षेप गर्न आग्रह गरेकोमा भारतले यस्तो गर्न नमिल्ने वताएकी थिइन ।

थप पढ्नुहोस भारतले हस्तक्षेप गर्नुपर्ने मधेसी नेताहरूको सुझाव, भारतले त्यस्तो गर्न नसक्ने : स्वराज

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...