लगानी बिनाको व्यापार भएको छ. . .

आजको मानवअधिकार

  • -—रामकृष्ण काफ्ले
  • Loading...
    Spread the love
    —रामकृष्ण काफ्ले

    —रामकृष्ण काफ्ले

    शहरका हुने खाने सम्भ्रान्तहरुः
    आफ्ना शरीरमा हात्ति पाली
    अरुका शरीरको जुम्रा देख्ने
    स्वनामधन्य सर्वज्ञहरुको
    स्थायी जागिर भएको छ
    आजको मानवअधिकार ।

    नवधनाड्य हुन शहर पसेकाहरुको
    माछो नखाने प्रायश्चित्त सहित
    बकुल्लाव्रत बसेकाहरुको
    बेलाबखत जप्ने मन्त्र भएको छ
    आजको मानव अधिकार ।

    लम्बेचौडे कागजी नाटक रच्नेहरुको
    खल्तीमा दलका झन्डा बोकी
    स्वतन्त्र वुद्धिजीवी भनाउनेहरुको
    अरुलाई जोताउने,
    आफु कुम्ल्याउने मेलोभएको छ
    आजको मानव अधिकार ।

    राजनीतिबाट उम्केर,
    जागिरबाट लुकेर,
    बेलाबखत फाइदा खाने
    लगानी बिनाको व्यापार भएको छ
    आजको मानव अधिकार ।

    आफु संस्था प्रमुख,
    योजनामा छोरा, प्रतिवेदनमा छोरी
    लेखामा साली, प्रशासनमा सालो,
    जनसम्पर्क र विभागीय प्रमुखमा
    पत्नी, जेठान, भान्जाभान्जी छन् १
    आफन्तलाई जागिर खुवाउने थलो भएको छ
    आजको मानव अधिकार ।

    गर्नु नपर्ने, अह्राए हुने
    लाग्नु नपर्ने खटाए हुने
    काम अन्त दाम यता,
    बदनाम अरु सुनाम आफू
    विदेशी पैसाको स्वदेशी दाँई
    बाघको छालामा स्यालको रजाँईं भएको छ
    आजको मानव अधिकार ।

    पुस्तकालय दिवश २०६५ । काठमान्डौ

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    प्रकृति त आमा हुन, आश्रम किन पठायौ

    Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    अदालतमा गरिने बहस थरिथरिका

    Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

    आधुनिक जिवनशैलीले फेरिएको दशै

    Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

    …. अदालतको ढोकामा चिच्याई रहेको

    Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

    शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

    Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...

    किन ? मन स्पष्ट नभई नभई मतदान

    Spread the loveवर्तमान विश्व समुदाय लोकतान्त्रिक मूल्य मान्यता र यसका सारभूत तत्वहरुबाट निर्देशित छ । तानाशाही राज्यव्यबस्था र केन्द्रिकृत शक्ति परिचालन बाट विश्वले जे जति पाठ सिकेको छ ती पाठहरू आजको समयलाई पर्याप्त छ...

    कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

    Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

    संविधान संसोधनको चक्रब्यूह

    Spread the loveकाठमाण्डौ नयाँ संविधान देशले त पायो तर संविधानलेनै आफुहरुका मागलाई सम्बोधन गर्न नसकेको भन्दै संविधान निर्माण पछि असन्तुष्ट बन्दै आएको मधेशी मोर्चा र पछि आएर राष्ट्रिय जनता पार्टी पनि असन्तुष्ट बन्दै गएको...

    काठमाण्डौ उपत्यकामा बड्दो सवारीको चाप व्यवस्थापन र चुनौती

    Spread the loveथापालीस्थित ट्रेड टावरको गेटबाट निस्कीएर दायाँ मोडिएका एक सवारीचालक आफ्नो गन्तव्य तिर लम्कदै थिए अकस्मात त्यसलाई यहाँ ले भनी ट्राफिक प्रहरीको आवाज सुन्दा चालक पनि सरा सर आफ्नो सवारीसाधन लिएर ट्राफिक प्रहरी...