पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

  • -अधिवक्ता विजय प्रसाद मिश्र
  • Loading...
    Spread the love

    अधिवक्ता विजय प्रसाद मिश्र

    हरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन, २००७ मा संशोधन गरिएको थियो ।

    शुक्रराज, गंगालाल, धर्मभक्त र दशरथचन्दलाई मृत्यूदण्ड दिए पछि बि.पी. कोइरालाको बिशेष सक्रियतामा सन् १९४१ फेबु्रअरी ८ का दिन राष्ट्रिय जागरणका कबि धरणीधर कोइराला बसेको स्थान दार्जिलिङको करमाइकल होटलमा एउटा बिरोध भेलाको आयोजना गरियो । त्यसमा सूर्यबिक्रम ज्ञवाली, हरिप्रसाद प्रधान, रुपनारायण सिन्हा लगायतका जागरुक नेपाली उपस्थित थिए । (स्रोत पुरुषोत्तम बस्नेत, शहीदप्रति अपमान, गोरखापत्र २०७४ माघ १६)

    हरि प्रसाद प्रधानको भगवान प्रतिको आस्थाः

    गीताकृष्ण खरेल लेख्नुहुन्छः हरि प्रसाद प्रधानलाई नजिकै यस काल (दोश्रो कार्यकाल) मा हेर्दा राजतन्त्र र हिन्दु धर्मको आचरणमा रहनु भएको एउटा आत्मनिष्ठ सात्विक जीवन व्यतित गर्ने व्यक्ति हुनुहन्थ्यो । उहाँ प्रधानन्यायाधीश हुदा बस्नु भएको एउटा सानो घरले सादा जीवन उच्च बिचार प्रकट गरिरहेको म आफै सम्झन्छु ।

    उहाँ पाखण्डी नभएको हुनाले अदृश्यमा र हाम्रा देवदेवताको यन्त्र र मूर्ति सबैलाई जीवन्त र चेतन हुन् भन्ने अनुभूति गर्नुहुन्थ्यो ।

    न्यायाधिशहरुका

    १. सच्चा बिषयमा प्रवृत्ति

    २. खराव बिषयहरुबाट निवृत्ति

    ३. अभय रुपमा आत्मनिष्ठा

    यी तीनओटा प्रधान गुण हुन् । यसलाई उल्लंधन गर्नाले भौतिक, दैवी र अध्यात्म अर्थात स्थूल, सुक्ष्म र कारण रुपमा दण्ड पाइन्छ भन्ने कुरा उहाँ पाखण्ड नहुनु भएकोले यस कुरामा स्वतः बिश्वास गर्नु हुन्थ्यो । यस शासनको उल्लंघन गर्नेलाई पशुपतिनाथले कुनै न कुनै रुपले दण्ड दिन्छन् भन्ने कुरामा आस्वस्थ पनि हुनुहन्थ्यो । (गीताकृष्ण खरेल, अदालत भवनका अन्तरकथा, कानून अंक २७ आषाढ २०५८ लयर्स क्लव काठमाडौं पृ. २४)

    भगवानप्रति आस्था व्यक्त गर्न नियमित मन्दिर जाने अन्य न्यायाधीशहरुः

    देवदेवताको यन्त्र र मुर्तिलाई जीवन्त र चेतना मान्ने अनि दर्शन गर्ने प्रधान न्यायाधीशमा रत्न बहादुर बिष्ट पनि हुनुहुन्थ्यो । उहाँको पशुपति दर्शन बिधि, श्री ५ महेन्द्रका ससुरा हरि सम्शेरलाई मुद्दा हराउँदा

    १ . उल्टै दरवारबाट बोलाई राजाले रत्न बहादुर हिजोको निर्णबाट मरो इज्जत बढ्यो,

    २. पक्षपातको लाञ्छनाबाट म बाँचे धन्यवाद छ भनेको कुरा,

    ३. निर्णय सुनाउनु अघि पशुपतिनाथ गई मेरो निष्ठा नडगोस भनी प्रार्थना गरेको बिबरण,

    ४. अनि आफैलाई छुरी हान्न प्रयास गर्ने मुद्दामा पराजित एक महिलालाई क्षमा दिएको,

    ५. साथै सधै पशुपति प्राङ्गनमा मलाई अन्याय भयो भनी कराइरहने एक व्यक्तिको निवेदन लिई छानविन गरी मुद्दा दोहोर्याई अनामनगरको ८ आना जग्गा निजलाई दिलाई दिएका

    जस्ता रोचक प्रसंगहरु न्याय भाग १  (रत्न बहादुर बिष्ट स्मृति अंक (२) ७१) मा सं शेषराज सिवाकोटी प्रकाशक ज्ञानगुन कानून प्रतिष्ठानमा लेखक आर.डी. प्रभास चटौत एवं व.अ. पद्म राज काफ्लेसमेतले उल्लेख गर्नु भएको छ ।

    न्याय क्षेत्रका अर्का धरोहर स.अ. का पूर्व का.मु.प्र.न्यायधिस सम्म हुनु भएका लक्ष्मण प्रसाद अर्यालको रजनीश दर्शनप्रतिको आस्था, त्यसअनुसारको ध्यान, हरेक विहिवार गर्ने बगलामुखी दर्शनको रोचक बर्णन ‘भोटु वावा’ शीर्षकको संस्मरणात्मक लेखमा उमेश प्रा. गौतमले कानून अङ्क ८४, १५ पुष २०६७, पृ. २३–२७ लयर्स क्लव काठमाडौमा गर्नु भएको छ ।

    यो पनी हेर्नुहोला :

    अदालतमा गरिने बहस थरिथरिका “छोटी सी गुडियाकी लम्बी कहानी”

     

    Loading...

    यसमा तपाइको मत

    फैसला विश्लेशण बाट अन्य

    संगठित अपराधको भ्रम र यथार्थ

    Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

    हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

    Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

    विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

    Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

    फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

    Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

    मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

    Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

    गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

    Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

    निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

    Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

    पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

    Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

    बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

    Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

    २० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...