उपाहार दिए पनी अपराध, आफु सचैत हौ अरुलाई शेयर गरौ

  • -अधिबक्ता हरिप्रसाद मैनाली
  • Loading...
    Spread the love

    आम जनताको जानकारीको लागि :

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको ऐन हो ।

    पोषण बिधको भनाई अनुसार बच्चा जन्मिएको २४ घण्टा सम्म उस्को शरिरलाई पुग्ने आहार बच्चा संग नै हुन्छ र आमाको विगौते दुध अत्यन्तै लाभदायक हुन्छ र बच्चा जन्मिएवाट ६ महिना सम्म आमाको दुध वाहेक अरु केहि खुवाउन पर्दैन ।

    आमाको दुध आउने खुवाउने अवस्थामा पनी बच्चालाई भनी वनाई बजारमा बेच्न राखिएका विभिन्न पाउडर र अन्न खाध्य सामाग्रि खुवाउन शिफारिष गर्न वा उपाहार दिने कार्यलाई ऐनले अपराध घोषणा गरी कैद सजायको समेत ब्यवस्था गरेकोछ ।

    कानूनी ब्यवस्था निम्न छ :

    दफा ८) स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ता

    १. स्वास्थ्य हेरचाह गर्ने निकायका प्रमुखहरु तथा राष्ट्रिय र स्थानीय स्वास्थ्य अधिकारीहरुले यो ऐनको सिद्धान्तलाई प्रवद्र्धन गर्न तथा
    स्तनपानलाई संरक्षण र प्रोत्साहन गर्न उपयुक्त उपायहरु अपनाउनु पर्नेछ र स्वास्थ्य कार्यकर्ताहरुलाई तिनीहरुको जिम्मेवारीको सम्बन्धमा उपयुक्त जानकारी एवं सल्लाह दिनु पर्नेछ साथै स्वास्थ्य कार्यकर्तालाई दफा ७ मा उल्लेखित सबै कुराहरुको जानकारी निश्चित रुपमा दिनु
    पर्नेछ ।

    २. स्वास्थ्य कार्यकर्ताहरुले स्तनपानलाई संरक्षण, सम्वद्र्धन र प्रोत्साहन गर्नु पर्नेछ । तिनीहरुले यो ऐनका प्रावधानहरु खासगरी दफा ७ मा उल्लेखित कुराहरुको जानकारी राखी यथासम्भव ती प्रावधानहरु कार्यान्वयन गर्नु पर्नेछ ।

    ३. स्वास्थ्य कार्यकर्ताहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्तनपानको प्रारम्भ र विस्तारलाई रोक्ने काम गर्न दिनु हुँदैन ।

    ४. स्वास्थ्य कार्यकर्ताहरुले उत्पादक वा वितरकबाट कुनै पनि किसिमले आर्थिक वा भौतिक उपहार स्वीकार गर्नु हुँदैन ।

    ५. स्वास्थ्य कार्यकर्ताहरुले कसैलाई कुनै उत्पादनको नमूना दिनु हुँदैन ।

    ६. स्वास्थ्य कार्यकर्ताहरुले कुनै पनि तरिकाले उत्पादनको प्रवद्र्धन गर्नु हुँदैन ।

    ७. स्वास्थ्य कार्यकर्ताहरुलाई उत्पादक वा वितरकले कुनै उपहार वा अन्य आर्थिक सुविधा दिन खोजेको वा कसैले यस ऐनको अन्य कुनै प्रावधान उल्लङ्घन गरेको जानकारी हुन आएमा सो को प्रतिवेदन लिखित रुपमा आफनो संस्थाको प्रमुखलाई दिनु पर्नेछ र प्रमुखले पनि सो कुरा यथाशीघ्र समितिलाई जानकारी गराउनु पर्नेछ ।

    दफा ९) उत्पादक तथा वितरकले गर्नु नहुने कार्य

    १. उत्पादक वा वितरकले देहाय बमोजिम हुनेगरी कुनै विज्ञापन गर्नु हुँदैन :

    क. कुनै उत्पादनको प्रवद्र्धन हुने गरी,

    ख. शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने जनाउने गरी वा विश्वास पर्ने गरी ।

    २) यस दफाको प्रयोजनको लागि विज्ञापन भन्नाले देहाय बमोजिम गरिएको सबै विज्ञापनलाई जनाउनेछ :

    क कुनै प्रकाशनद्वारा वा टेलीभिजन, रेडियो, फिल्म, भिडियो वा टेलिफोनद्वारा,

    ख सङ्केत, बिलबोर्ड, सूचना वा सामानहरुको प्रदर्शनद्वारा,

    ग तस्वीर वा प्रतिमाहरुको प्रदर्शनीद्वारा,

    घ अन्य कुनै तरिकाले ।

    ३) उपदफा ९(१) मा जुनसुकै कुरा लेखिएको भएतापनि स्वास्थ्य व्यवसायीहरुकहाँ मात्र पुग्ने प्रकाशनहरुमा उत्पादनको विज्ञापन गर्न सकिनेछ ।

    तर त्यस्तो विज्ञापन तथ्यपूर्ण र वैज्ञानिक कुराहरुमा मात्र सीमित हुनु पर्नेछ र शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने विश्वास उत्पन्न गर्ने खालको हुनु हुँदैन र त्यस्तो विज्ञापनमा दफा ७ मा उल्लेखित जानकारी समावेश हुनु पर्नेछ ।

    ४. उत्पादक वा वितरकले कसैलाई पनि उत्पादनको नमूनाहरु दिन वा वितरण गर्नु हुँदैन ।

    ५. उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकाय भित्र कुनै उत्पादनको प्रवद्र्धन गर्नु हुंदैन ।

    ६. यस दफाको प्रयोजनको लागि प्रवद्र्धन भन्नाले देहायको तरीका लगायत कुनै तरीकाले कुनै व्यक्तिलाई उत्पादनको परिचय दिनु वा उत्पादनसित परिचित गराउनु सम्झनु पर्छ :

    क. विज्ञापन गरी,

    ख. उत्पादक वा वितरकको नाम वा प्रतीक चिन्ह (लोगो)  वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतीक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको किताब, पर्चा वा पोष्टर लगायतका छापिएका वस्तुहरु प्रयोग गरी,

    ग. उत्पादक वा वितरकको नाम वा प्रतीक चिन्ह वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतीक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको कुनै चीज नगण्य वा विना मूल्यमा दिई वा वितरण गरी,

    घ. उत्पादनहरु प्रदर्शन गरी वा

    ङ. अन्य कुनै तरिकाले ।

    ७) उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा संगठनले तोकिएको ढाँचामा अनुदान मागेमा र त्यस्तो मागलाई तोकिए बमोजिम समितिले स्वीकृत गरेमा बाहेक स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा संगठनलाई खुद्रा मूल्य भन्दा कम मूल्यमा उत्पादन उपलब्ध गराउन वा दान गर्न हुँदैन ।

    ८) उत्पादक वा वितरकले आफनो व्यापार बढाउन वा त्यस्तो उद्देश्यले स्वास्थ्य हेरचाह गर्ने निकाय भित्र जनसाधारणसंग सम्पर्क राख्नु हुँदैन ।

    ९) उत्पादक वा वितरकले समितिको स्वीकृति नलिई स्वास्थ्य हेरचाह गर्ने निकायलाई कुनै उपकरण वा वस्तुहरु दान दिनु हुँदैन ।

    १०) उत्पादक वा वितरकले स्वास्थ्य कार्यकर्तालाई कुनै उपहार दिन वा आर्थिक वा अन्य फाईदा गराउन हुँदैन ।

    ११) उत्पादक वा वितरक वा स्वास्थ्य कार्यकर्ताले तोकिएको ढाँचामा अनुरोध गरेमा र त्यस्तो अनुरोधलाई समितिले तोकिए बमोजिम स्वीकृत गरेमा बाहेक स्वास्थ्य कार्यकर्तालाई छात्रवृत्ति वा अनुसन्धान अनुदान दिन वा व्यावसायिक गोष्ठी वा सम्मेलन आयोजना गर्न वा सम्मेलनमा स्वास्थ्य कार्यकर्ताले भाग लिन चाहिने रकम दिन हुँदैन ।

    कानूनले दण्डनिय भनेको कार्य

    दफा १६) दण्ड सजाय

    १. दफा ८ को उपदफा ४, ५ वा ६ उल्लङ्घन गर्ने स्वास्थ्य कार्यकर्तालाई एकहजार रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
    ९२० दफा ९ को उपदफा १, ४, ५, ७, ८, ९, १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई दशहजार रुपैयाँसम्म जरीबाना वा तीन महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ३. दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा चार महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ४. उपदफा १, २ वा ३ मा लेखिए देखि बाहेक यो ऐनका अन्य प्रावधानहरु वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी दुईहजार रुपैयाँ सम्म जरीबाना वा एक महीनासम्म कैद वा दुबै सजाय हुनेछ ।

    ५. अदालतले यस दफा बमोजिम कुनै व्यक्तिलाई कुनै कसूर गरे बापत सजाय गर्दा त्यस्तो कसूरबाट क्षति पुगेको व्यक्ति वा निजको हकदारलाई त्यस्तो कसूर गर्ने व्यक्तिबाट पच्चीसहजार रुपैयाँ देखि एकलाख रुपैयाँ सम्म क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।

    थप जानकारी आवाश्यक परेमा अधिवक्ता हरिप्रसाद मैनाली

    Loading...

    यसमा तपाइको मत

    अपराध र कानुन बाट अन्य

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

    Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

    गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    पत्नीको इच्छा विपरीतको शारिरिक सम्वन्ध गैरकानूनी, सामूहिक जकमा २५ वर्ष जेल

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    प्रहरीले बदनियत राखेर जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाँउने

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    धर्म परिवर्तन गराँउनेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना

    Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

    जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेलाई पनि अब जेल सजाय हुने