संगठित अपराध; भ्रम र यथार्थ

  • -बरिष्ठ अधिवक्ता लभ कुमार मैनाली
  • Loading...
    Spread the love

    बरिष्ठ अधिवक्ता लभ कुमार मैनाली

    समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ ।

    संगठित अपराध भन्ने अभिब्यक्ती आजकाल हामीहरु दिनहौ सुन्ने गर्दछौ । त्यसमा पनि अनुन्धानको निम्ती भनेर धेरैदिन थुनामा राख्न पाइने लोभले हो वा नबुझेर हो वा अदालतलाई प्रभावित पार्ने अभिप्रायवाट हो आजकाल प्रहरी र सरकारी वकिलले ३ जना भन्दा वढी ब्यक्तीको सहभागिता देखिने वितिकै कतिपय मुद्दाहरुमा संगठित अपराध टास्ने मनोरोग हामी सवैले महसुस गरिराखेका पनि छौ । तथ्य र प्रमाणवाट संगठित अपराधनै हुन नसक्ने मुद्दा भन्ने प्रष्ट देखिदा देखिदै पनि सो मा मुकदर्शक भएर अदालत बसेको देखिनुनै सवैभन्दा ठूलो विडम्बना हो भन्ने मलाई लाग्दछ ।
    अधिकांश ब्यक्तिहरुले संगठित अपराध भनेको योजनावद्ध रुपमा केही ब्यक्तिहरु मिलेर गरेको अपराध हो भनी बुझ्ने गर्दछौ । प्रायश तपाई हामीले संचार माध्यममा अनुसन्धान र अभियोजन संग सम्बन्धित उच्चपदश्थ ब्यक्तिहरुले पनि त्यस्तै प्रकारको अभिब्यक्ति दिने गरेको पनि पाउदछौ । तर, केही ब्यक्तिहरु मिलेर गरेको हरेक योजनाबद्ध अपराध संगठित अपराध होइन र हुनै सक्दैन यो हाम्रो भ्रम र अज्ञानता हो ।
    संगठित अपराध तपाई र मैले सहज ढंगवट सोचेजस्तो नभएर यो प्राविधिक शब्दावली हो । जस्तैः क ले कुनै गाउंवाट एउटी युवतीलाई फकाएर ख को काठमाण्डौं स्थित डेरामा ल्याएर केही दिन राख्यो । त्यहावाट ग ले उक्त युवतीलाई राम्रो काम लगाईदिने वहानामा झुक्याएर भारतमा घ भन्ने महिलाको वेश्यालयमा लगेर बेच्यो । त्यस्तै क ले अमुक गाउवाट ख संग चरेस किनेर ग को ट्र्क मार्फत काठमाण्डौं ल्याएर घ लाई दियो । घ ले उक्त चरेश ङ मार्फत विदेश पुर्याएर च लाई बेच्यो । माथिका दुवै घटनाक्रममा विभिन्न मानिसहरुको सहयोग र संलग्नतावाट भएको देखिन्छ ।
    झट्ट हेर्दा ति दुवै घटना संगठित तवरवाटनै गरिएको पनि देखिन्छ । तर, ति दुवै घटना संगठित अपराध हुन पनि सक्छ र नहुन पनि सक्दछ । त्यसर्थ, केही ब्यक्तिहरु संगठित रुपमा मिलेर गरेको हरेक अपराधलाई संगठित अपराध भनेर हल्का ढंगले अभिब्यक्ती दिन मिल्दैन । किनकी यदी ति कार्यहरु केही ब्यक्तिहरु मिलेर केही अर्थिक फाइदा वा अन्य कारणवाट गरेका रहेछन भने त्यो संगठित अपराध नहुन सक्छ र यदी सोही कार्य कुनै सांगठनिक दायराभित्र रहेर गरेको रहेछ भने त्यो संगठित अपराध भित्र पर्न पनि सक्दछ ।
    संगठित अपराध भनेको वास्तवमा के हो ?
    संगठित अपराध सम्वन्धमा नेपालको मौजुदा कानून सैद्धान्तिक रुपमा र मस्यौदागत रुपमा रद्दिको टोकरीमा हाल्न पनि लायक छैन यो म यस विषयको विध्यार्थि समेत भएको नाताले ठोकुवाका साथ भन्ने हिम्मत राख्दछु । (यो कानून बन्नु भन्दा अगाडी मस्यौदाको छलफलको क्रममा मैले सोही कुरा भन्दा ऐले जे छ त्यसैलाई अगाडी वढाउ पछी मिलाउदै जाउला । अहिले विश्व बैंकको दवाव खपिनसक्नु छ त्यसैले जतीसक्दो चाडो यो कानून बनाउनु पर्ने भएकोछ भन्ने अभिब्यक्ती त्यस अवस्थामा कुनै जिम्मेवार ब्यक्तिले दिनुभएको मलाई अहिले सम्म याद छ ।) त्यस्तो परिस्थितिमा बनेको कानून भएको हुनाले यस्मा सुधारको ज्यादैनै खाचो छ । म यहां कानुन तर्फको छलफल लामो हुने भएकोले त्यसतर्फ जान नचाहेको हो । सो सम्वन्धमा पछी छुट्टै छलफल गरौला ।
    संगठित अपराध भनेको कस्तो अपराध हो भनी हेर्दा कुनै पनि अपराध संगठित हो वा हैन भनेर छुट्याउने एकमात्र आधार भनेको उक्त अपराध घटित गराउने ब्यक्तिहरुको समूहको लक्षणहरुनै ( Attributes) हो । त्यो भनेको जस्तै संगठित अपराध निवारण ऐन, २०७० को दफा ३(२) हेर्याैभने सो मा “अपराधिक समूहको लाभको लागि, अपराधिक समूहको निर्देशनमा…” भन्ने लगायतका वाकांन्श उल्लेख भएका छन् । त्यो भनेको संगठित अपराधको लक्षणको सम्वन्धमा उल्लेख गर्न खोजेको हो । तथापी उक्त दफा ३(२) मा उल्लेखित लक्षणहरुनै प्रयाप्त होइन सो केवल उदाहरणको रुपमा उल्लेख गर्न खोजिएको मात्र हो भनी हामीले बुझ्नु पर्दछ ।
    समस्या र वास्तविकताः
    माथि हामीले अन्य अपराध र संगठित अपराध छुट्याउने आधार भनेको संगठनको लक्षणहरु हुन भनियो । त्यसोभए न्यूनतम कतिवटा लक्षणहरु मिल्नुपर्छ भनेर सोधियो भने सो को ज्यामितिय जवाफ दिन गारो छ । किनकी यो परिस्थिती अनुसार अनुभूती गरिने अवस्था भएको हुनाले त्यसो हुन गएको हो ।
    त्यसैले संगठित अपराध भनेको के हो भनी भन्नु पर्दा परिभाषागत रुपमा नेपालको मौजुदा कानून, मान्य सिद्धान्त एवं मान्य परिभाषा अनुसार तिन वा त्यो भन्न्दा वढी ब्यक्तिहरु संगठित भएर नियोजित तवरवाट गरिएको अपराध जस्मा संगठित अपराधको न्यूनतम लक्षणहरु समावेश भएको पाइन्छ भने त्यसलाईनै संगठित अपराध मान्नु पर्दछ ।
    अर्थात, समष्टिमा भन्नु पर्दा ३ वा सो भन्दा वढी ब्यक्तीहरु सम्मिलित अपराधकमीर्ले आफ्नो स्वेच्छाले र आफ्नो वा अरु कसैको फाईदाको निम्ती अपराध गरेको हुन्छ र उस्ले चाहेमा सोही समूहमा अर्काे अपराध गर्न पनि सक्छ वा नगर्न पनि सक्छ वा अर्काे नयां ब्यक्तिहरु संग मिलेर अर्काे समूह गठन गरेर अपराध पनि गर्न सक्छ । त्यसैगरी अपराधवाट आर्जित फाइदा उस्को स्वेच्छा वमोजिम् हुने गर्दछ भने त्यो संगठित अपराध हैन । केवल संख्या र अपराधको प्रकृतीले मात्र संगठित अपराध भन्न मिल्दैन । किनकी संगठित अपराधमा ब्यक्तीको स्वेच्छा गौण हुन्छ र आर्जित फाईदामा उस्को कुनै हक दावी रहेको हुन्न । सवैभन्दा महत्वपूर्ण भनेको अपराधकर्मीले आफ्नो लागि नभएर आफ्नो संगठनको निम्ती अपराध गरेको हुन्छ ।
    संगठित अपराध र अन्य अपराधको मुलभूल अन्तर भनेको अन्य अपराध कुनै वाध्यता, परिस्थिति वा स्वेच्छावाट प्रेरित भएर गरिएको हुन्छ भने संगठित अपराध ब्यक्तिगत तवरवाट कुनै सम्वन्ध र सरोकारनै नभएको भएतापनि संगठनको चाहना अनुरुप गरिएको हुन्छ । संगठित अपराध अन्तर्गतका अपराधहरु अपराधिक समुहको नियोचित कृया कलापको एक अंशको रुपमा कृवान्वित गरिएको मात्र हुन्छ । जुनसुकै संगठित अपराधिक समूहको विगतलाई हेर्ने हो भने सुरुमा केही ब्यक्तिहरु मिलेर कुनै सानातिना अपराध गर्नको निम्ति आफुलाई संगठित गरेका हुन्छन तर तिनै अपराधिक समूह कालान्तरमा आफनो क्षेत्र विस्तार गर्दै परिस्थिती अनुसार क्रमिक रुपमा संगठित अपराधको उचाई सम्म पुगेका देखिन्छन् ।
    संगठित अपराधका लक्षणहरुः
    संगठित अपराधको सवैभन्दा महत्वपूर्ण लक्षण भनेको यो एउटा त्यस्तो पद्धती हो जसअन्तर्गत गरिने गैरकानूनी कृयाकलाप जथाभावी गरिदैन । ज्यादैनै विचार पुर्याएर, अतिनै संगठित रुपमा र आफनो संगठनलाई वढी भन्दा वढी कसरी फाईदा पुर्याउने भन्ने उद्देश्यवाट गरिएको हुन्छ । संगठित अपराधलाई प्रभावकारी ढंगबाट कार्यान्वित गर्न यस्मा वढि भन्दा वढि कार्य विभाजन पनि गर्ने गरिन्छ । यस्का सदश्यहरुले आफुलाई तोकिएको जिम्मेवारी अन्तर्गत रहेर कार्य गर्ने गर्दछन ।
    संगठित अपराधको दोश्रो महत्वपुर्ण लक्षण यो अन्य अपराध जस्तो एकतर्फी फाईदामा मात्र सिमित रहेको हदैन । उदाहरणको रुपमा अन्य अपराधमा अपराधकर्मीलाई लाभ भएतापनि पिडित पक्ष सदैव घाटामानै रहेको हुन्छ । उस्ले सदैव गुमाईरहेको मात्रै हुन्छ तर, संगठित अपराधमा कतिपय अवस्थामा यस्ता अपराधिक समुहले आफ्नो संगठन मार्फत मुनाफाको निम्ती सेवा पनि दिइरहेका पनि हुन्छन र सेवा वा मालको आपुर्ति पनि गर्ने गर्दछन जुन बजारमा सहजै उपलब्ध भैरहेको हुदैन र सो वापत उनिहरुले वढी भन्दा वढी फाईदा लिने प्रयाश पनि गर्दछन । समाजको अनावश्यक चाहनाको कमजोरीनै संगठित अपराधको सफलताको कडी हो । यदी समाजले कुनै अप्राप्य वस्तु वा सेवा नचाहने हो र ईच्छा नगर्ने हो भने संगठित अपराधको धरातल तुरुन्तै भासीन पुग्दछ । यदी समाजले जुवा, लागू औषध वा बेश्यावृत्ती जस्ता कुराहरुको चाहना नराख्ने हो भने संगठित अपराध फल्न र फुल्ने मौकानै पाउदैन । संंगठित अपराधको सवैभन्दा महत्वपुर्ण आधारनै supply and demand हो ।
    अन्य अपराध र संगठित अपराधको छुट्टयाउने मुलभूत आधारहरु र संगठित अपराधको लक्षणहरुः
    आफना केही विशिष्ट प्रकृतीहरुको कारणले गर्दा संगठित अपराधले अन्य अपराध भन्दा पृथक अस्तित्व कायम गरेको हो । संगठित अपराध र सामान्य अपराध, पेशेवर अपराध, गिरोह अपराध र योजनावद्ध अपराध छुट्याउने मुख्य आधारको भनेको साधारण अपराधी विशेषगरी एक्लै अपराध गर्दछ । कहिले काही उस्ले अपराध गर्दाको अवस्थामा एक वा अन्य ब्यक्तिलाई पनि आफनो भागीदार वनाउन सक्दछ जो निश्चित कार्य सम्पन्न पश्चात कायम नरहिरहन पनि सक्दछ । पेशेवार अपराधीले पनि अधिकान्श एक्लै अपराध गर्ने गर्दछ ।
    कामको प्रकृती अनुसार उस्ले ज्यादैनै विश्वसनिय ब्यक्तिको यदा कदा मद्दद लिने गरेतापनि सो क्षणिक मात्र रहन्छ । काम सम्पन्न भएपश्चातः त्यो सम्वन्ध सम्पुर्ण रुपमा कायम नहुन पनि सक्दछ । अन्य अपराधीहरुले सामुहिक रुपमा अपराध गरेतापनि त्यो समुहका प्रत्येक सदस्यहरुले उक्त अपराध गर्दा वा भागवणको आधाारमा स्वतन्त्र हैसियत राखीराखेको हुन्छन । तिनिहरु निश्चित लाभको निम्ति वा भाग वण्डाको आधारमा समुहगत रुपमा अपराधमा सकृय भएका हुन्छन । सो को ठिक विपरित संगठित अपराधमा अस्थाई तवरले कोही कसैलाई भाडामा काम लगाउनु वाहेक त्यस्मा स्थाई सदश्यहरु हुन्छन । समष्टिगत रुपमा हेर्ने हो भने संगठित अपराधको मुख्य लक्षणहरु निम्नवमोजिम पाइन्छ । (विस्तृत ब्याख्याको निम्ती अहिले म असमर्थ छु, कसैले चाहेमा मेरा केही लेख रचनाहरु म उपलब्ध गराउन सदैव तत्पर छु )
    निरंतर अपराध, गैरकानूनी दवाव, संगठनमा केन्द्रिकरण,आवश्यक सम्वन्धको विकाश, दुई वा सो भन्दा वढी सदश्य, श्रेणीबद्ध ब्यवस्था,
    अपराधको विशेषिकरण, नियोजित अपराध, अराजतैतिक, गोपनियताको रक्षा, उच्च पदश्त ब्यक्तिको संरक्षण, सिमित सदस्यता लगायत र सो भन्दा वढी पनि हुन सक्दछ ।
    यि माथिका लक्षणहरु मध्ये केही लक्षणहरु कुनै अपराधिक संगठनमा पाइएला पनि । तर, सवैभन्दा महत्वपूर्ण प्रश्न भनेको संगठित अपराधमा ब्यक्तिको स्वेच्छा वा अहंले काम गर्दैन । संगठन वा समूहको ईशारा र विचार अनुसार जिम्मेवारी वहन गर्नुपर्ने वाध्यता रहन्छ । यो म गर्छु वा गर्दिन भन्ने उस्को हैसियत रहेको हुन्न । भारतिय चलचित्र “वास्तव” यस्को उदाहरण हुन सक्दछ ।
    त्यहा किन कसलाई मारे त्यसले महत्व राख्दैन । चाहेर वा नचाहेर मार्नु उस्को जिम्मेवारी हो । यो नै संगठित अपराधको सही चित्रण हो भन्ने मलाई लाग्दछ । तर, अन्य ३ जना भन्दा वढी ब्यक्तिहरु सम्मितित सामुहिक अपराधमा कुनै अपराधमा सहभागी हुने वा नहुने वा भविष्य सम्म सगै अपराध गर्ने वा नगर्ने वा भागवण्डामा कस्को प्रतिशत कस्को हुने सो मा ब्यक्तीको विवेक सर्वाेपरी रहेको हुन्छ जुन संगठित अपराधमा विल्कुलै हुदै हुन्न ।
    संगठित अपराधको प्रकार
    यो निर्विवाद तथ्य हो की संगठन वा समूहवाट कार्यक्षमतामा बृद्धी हुन जान्छ । मानिसले केवल असल कामको निम्ती मात्र संगठन खडा गर्दैनन । आजकाल कतिपय अपराधीहरुले संगठनको खोल ओडेर अपराध गर्ने प्रबृत्ती हावी छ । समाजको विकाशको साथ साथै संगठित रुपमा अपराध गर्ने अपराधीक मनोवृत्तीका ब्यक्तिहरुको प्रवृत्ती वढनुको कारण यस्मा अपराधीले आफुलाई वढी भन्दा वढी सुरक्षित महसुस गर्नुको अलावा संगढित भएर अपराध गरेको खण्डमा वढी सुरक्षण र सुविधा पनि प्राप्त हुन जान्छ भन्ने ठान्दछन् ।
    किनकी यस प्रकारको अपराधमा प्रत्येक ब्यक्तिले यो यो काम गर्ने भनि कार्यविभाजन गरिने भएको हुनाले जुन सुकै ब्यक्तिले पनि आफनो बुद्धी विनानै लगाए अराए बमोजिमको अपराध सहजै गर्न सक्दछ । संगठित अपराधीहरुले गर्ने अपराधको दायरा यती फराकिलो छ की तिनीहरुले कुन अपराध गर्छन वा गर्दैनन भनेर कल्पणा समेत गर्न सकिदैन । जुन कार्यमा अधिकतम फाइदा हुन्छ त्यो नै संंगठित अपराधीहरुको प्राथमिकतामा पर्ने गर्दछ ।
    बैध ब्यापारीहरुले जुन सेवा वा वस्तु उपलब्ध गराउन इन्कार गरेका हुन्छन त्यो नै संगठित अपराधीहरुले नाफा कमाउने अवसरको रुपमा ठानेका हुन्छन् जस्तै जुवा, बेश्याबृत्ती, अस्लिल सामाग्री, लागु औषध ईत्यादी । समष्टिमा उपभोक्ताको चाहनाको कमजोरीनै संगठित अपराधीहरुले आफनो अवशरको रुपमा उपभोग गर्ने गर्दछन् । संगठित अपराधको कृयाकलापलाई मोटामोटी तवरवाट निम्नवमोजिम वर्गिकरण गर्न सक्छौँ
    संगठित गिरोहगत अपराध (Organised Gang Criminality):
    हत्या, लुटपाट, बैंक डांका, वन्धक वनाउने, अपहरण गर्ने, सवारी साधनको चोरी गर्ने, वलत्कार गर्ने, मुर्तिचोरी गर्ने कार्य जस्ता अपराधहरु यस अन्तर्गत पर्दछन् । यस अपराध अन्तर्गत हिंसात्मक अपराध लाई लिन सकिन्छ । यस्ता अपराधी समुहले जे जुनसुकै समय जुनसुकै ठाउंमा अपराध गर्न सक्ने संभावना रहन्छ ।
    संगठित धोकाधडी (Racketeering):
    शक्तीको आडमा वा षडयन्त्र द्धारा गैरकानूनी लाभ आर्जित गर्ने कार्यलाई धोकाधडी भनिन्छ । चाहे कानूनी होस चाहे गैरकानूनी धन्धामा संलग्न ब्यापारीहरुसंग पैसा वटुल्ने कार्यलाई संगठित धोकाधडी भनिन्छ । यस्ता समुहहरुले स्वयं आफैले ब्यापार नगरेतापनि सुरक्षा प्रदान गर्ने नाममा वा डराएर धम्काएर वा जोरजवरजस्ती संग कानूनी वा गैरकानूनी दुवै प्रकारका ब्यापारिक कार्य गर्ने ब्यक्तिहरुसंग पैसा असुल्ने कार्य गरेर त्यस्ताको शोषण गर्दछ । वदलामा यस्ले अनधिकृत हस्तक्षेप विरुद्द त्यस्ता ब्यक्तिहरुलालाई सुरक्षा पनि प्रदान गरिराखेको पाइन्छ । यस्ता गिरोहको प्रहरी वा काकून लागू गर्ने निकायका ब्यक्तिहरु संग सुमधुर सम्वन्ध कायम गरिराख्ने भएको हुनाले त्यस्तावाट ति ब्यापारीलाई वेला वेलामा पुग्न जाने जुनसुकै हस्तक्षेपको भय वाट मुक्ती दिलाउने कार्य गर्दछ ।
    संगको माध्यम द्धारा अपराधको संचालन् (Syndicate crime):
    संघको आडमा योजनाबद्ध तरिकावाट गरिने अपराध यस अन्तर्गत पर्दछन । यस्ता अपराध अन्तर्गत गैरकानूनी सामान वा सेवा प्रदान गरिन्छ । जस्तै कालोवजारी गर्ने, गैरकानुनी जुवा वा क्यासिनो संचालन गर्ने, वेश्यावृत्ती संचालन गराउने, विदेशी मुद्राको ब्यापार गर्ने वा हुण्डि वा मुद्रा निर्मलिकरणको कारोवार गर्ने जस्ता अपराध यस प्रकृतीका अपराध अन्तर्गत पर्दछन । यस्ता अपराधका मुख्य नाईके वाहिर वाट हेर्दा समाजका आदरणिय सदश्यका रुपमा सम्मानित भैरहेका हुन्छन र विना हिंसा आफनो ब्यापार ब्यवशाय संचालन गरिरहेका हुने गर्दछन । तर, भित्र भित्रै भने उनिहरुले समानन्तर रुपमा गैरकानुनी ब्यापारको पनि संचालन गरिरहेका हुन्छन जस्को सफलताको निम्ति उनिहरुले जुनसुकै तरिका अपनाउन पनि पछाडी हटेको हुदैनन । त्यस्ता ब्यापारीहरुले कमाएको कालोधनलाई विभिन्न ब्यापारिक संस्थानको माध्यमद्धारा कानूनी वनाईरहेका हुन्छन ।
    तस्करी (Smuggling)
    :्आजको युगमा तस्कर ब्यापार यस्तो समस्याको रुपमा उभ्भिएको छ की यस्ले हरेक समाज, राष्ट्र् वा अन्तराट्र्यि स्तरमा जरो गाडिसकेको छ । तस्करी भन्ने वितिकै यो संगठित अपराधको उच्चतम नमूना हो । यस्ता संगठनहरुले गर्ने ब्यापारको कुनै निश्चित सिमा हुदैन । माग र आपुर्तिको आधारमा वढी भन्दा वढी मुनाफा हुने जुन सुकै स्तरको गैरकानूनी समानको वसार पसार यस्ता संगठनहरु वाट भएको पाईन्छ । आज यस्को सवैभन्दा ठुलो उदाहरणको रुपमा लागू औषधको तस्करीलाई लिन सकिन्छ । जुन राष्ट्र्मा लागू औषध जती जती अप्राप्य हुन्छ सो राष्ट्र्मा यस्को मुल्यमा पनि त्यतिकै वढोत्तरी हुन पुग्दछ । त्यसको फाईदा उठाउन यस्ता संगठित गिरोह वढी भन्दा वढी सक्रिय रहेको पाउदछौ । त्यसैकारणले गर्दा आजकाल कतिपय राष्ट्रहरुले सिमित लागू औषधको सेवनमा छुट दिने प्रथाको सुरुवात भएको हामी पाउन सक्दछौ ।
    माथि उल्लेखित कार्य भन्दा वाहेक संगठित अपराधीहरुले गर्ने अपराधहरु मध्ये चोरी र चोरीको मालको खरिद विक्री, ठगी, वेश्याबृत्ती, जुआ, अस्लिल चलचित्र एवं सामाग्रीहरु, पैसा लिएर गरिने हत्या, मोटो ब्याजमा श्रृण प्रभाव, मुद्रा निर्मलिकरण, मानव खरिद विक्री र वसार पसार, अचल सम्पत्ती खरिद विक्री, खोटा चलन, न्यायमा अवरोध, अन्य संगठित अपराधीको निम्ती काम गर्ने, भ्रष्टाचार, विमामा जालसाजी, धोखा, क्र्रेडिट कार्डमा धोखाधडी र ठगी, हात हतियारको ब्यापार, साईबर अपराध, विदेशी मुद्राको ब्यापार लगायत मुख्य रुपमा पर्ने गर्दछ । माथि उल्लेखित अपराधहरुमा मात्र संगठित अपराधी सिमित नरहने र वढी नाफा देखिने जुनसुकै अपराध गर्नवाट पछी नहटने हुनाले संगठित अपराधीहरुले गर्ने अपराधको प्रकारलाई सिमित गर्न नसकिने निश्चित छ ।
    संगठित अपराधलाई रोक्ने उपायहरुः
    कानून लागू गर्ने परिप्रेच्य वाट:
    संगठित अपराधीहरुले आफनो गैरकानूनी कार्यलाई ईमानदारीताको जामा पहिराउने जहिले पनि कोशिस गरीराखेका हुन्छन । त्यस्ता अपराधको रोकथामको निम्ति आवश्यक कानूनको निर्माणको साथसाथै सो लागू गर्ने निकायको शसक्त भूमिकाको आवश्यकता पर्दछ । संगठित अपराधीहरुले आफनो अपराध गर्ने माध्यमको रुपमा राजनैतिक ब्यत्तित्व एवं कानून लागू गर्ने निकायका सदश्यहरुलाई वनाउने भएका हुनाले यदी ति ब्यक्तिहरु ईमानदार भएको खण्डमा संगठित अपराध फस्टाउन ज्यादैनै मुस्किल हुन जान्छ । सो को साथै फौजदारी कानूनमा आवश्यक संशोेधन र अपराध अनुसंधान वढी प्रभावकारी हुनु ज्यादैनै जरुरी छ । पक्रिएको ब्यक्ति सजिलै संग छुटने भएमा त्यसवाट अपराधीलाई संगठित हुन र नयां ब्यक्तिलाई अपराध गर्ने तर्फ हौसला र प्रोत्साहन पुग्न जान्छ ।
    सामाजिक एवं आर्थिक परिप्रेच्छयवाट:
    संगठित अपराधको कार्यक्षेत्र भनेकोनै समाज हो । जव समाजले कुनै गैरकानूनी वस्तुको चाहना राख्दछ भने अपराधीहरुले अपराध गर्ने मौका पाउदछन । समाजको कमजोरीको आधारमा संगठित अपराधीहरुले कार्य गर्ने भएको हुनाले अपराधलाई प्रोत्साहित गर्ने त्यस्ता कमजोरीहरुलाई वेलैमा नाश गर्न सक्नु पर्दछ । उदाहरणको रुपमा यदी समाजले लागू औषधको चाहना नगर्ने हो भने लागू औषधको कारोवार गर्ने संगठित अपराधी स्वतहनै नाश भएर जान्छन ।
    यदी संगठित अपराधमा कुनै राजनैतिक ब्यक्तिको सहयोग देखिन्छ भने त्यस्ता ब्यक्तिलाई समाज र जनताले आफनो भोटको माध्यमद्धारा तिरस्कार जनाएको खण्डमा अर्काे पटक देखी अर्काे ब्यक्तिले त्यस प्रकारको सम्पर्क राख्न सोच्नु पर्ने हुनजान्छ । संगठित अपराधलाई निरुत्साहित तुल्याउन जिम्मेवार निकाय र सरकारले माग र आपुर्तिको ब्यवस्थामा समयोचित ध्यान पुर्याएको ख०डमा त्यस्ता अपराधीहरुले आफनो अपराधको जालो फैलाउन सक्दैनन । संगठित अपराध हटाउने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम भनेको तिरस्कारको भावना हो । जुन नागरिकहरुलाई जागरुक गराएर मात्र ल्याउन सकिन्छ ।
    निष्कर्षः
    हाम्रो मुलुकमा पनि संगठित अपराधी समूह संग मिल्दो जुल्दो प्रकृतीको अपराधी समुहहरु प्रसस्त भेटीएतापनि संगठित अपराधी समुहकै रुपमा पुगीसकेको कुनै अपराधी समुहहरु आजसम्म देखिएका छैनन । कहिले काही अन्य मुलुकको संगठित अपराधी समूहको प्रतिनिधिको रुपमा काम गर्ने ब्यक्ति भन्दा वाहेक नेपालमै खडा भएको कुनै समूहलाई संगठित अपराधी समूह भनेर भन्न सकिने अवस्था अहिले सम्म आएको छैन । कतिपय अपराधिक समूहरुको केही लक्षण संगठित अपराधिक समूह संग मिल्ने जुल्ने देखिएतापनि समष्टिगत रुपमा आवश्यक लक्षणहरु मिलिसकेको भने अहिलेसम्म पाइएको छैन । तथापी जुनसुकै संगठित अपराधिक समूहको ईतिहास हेर्ने हो भने त्यो पनि आजको नेपालको केही अपराधिक समुह जस्तोनै थियो । यदी समयमै ध्यान नदिने हो भने केही समय पश्चातः नेपालमा पनि केही आपराधिक समूहहरु नेपालको पहिलो संगठित अपराधिक समूह भनेर नचिनिएला भनी भन्न सकिन्न ।
    Loading...

    यसमा तपाइको मत

    अपराध र कानुन बाट अन्य

    श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

    Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

    उपाहार दिए पनी अपराध

    Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

    हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

    Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

    पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

    Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

    Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

    फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

    Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

    मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

    Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

    गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

    Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

    निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

    Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...