
बरिष्ठ अधिवक्ता लभ कुमार मैनाली
भारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच अदालतमा अवहेलना सम्वन्धी मुद्दा चलेर उनलाई दोषी पनि मानियो । आफ्नो अभिब्यक्तीमा पुनविचार गर्न भनी आउदो २४ तारिख सम्म उनलाई मौका दिइएकोमा उनले त्यसलाई इन्कार समेत गरिरहेको अवस्था छ ।
उनी विरुद्द यो भन्दा अगाडी पनि अदालतको अवहेलना सम्वन्धी मुद्दा चलेको थियो जो अझै विचाराधिन छ । यो भन्दा अगाडीको मुद्दा ठिक वा वेठिक भनी कुनै चर्चा भएको पाइदैन तर, पछिल्लो मुद्दामा भने उनको साथमा भारतका जानेमाने वकिलहरु, न्याय र कानूनका हस्तिहरु, जानेमाने पत्रकारहरु एवं आम जनसमुदाय समेत उभिएको पाइन्छ । त्यतीमात्र नभएर अवहेलना सम्वन्धी ब्यवस्था वर्तमान भारतको संविधान विरुद्द भएको भनी रिट पनि परेको थियो जस्को परिणाम सकारात्मक नभएपनि सदेशमुलक भने अवश्यै पनि मान्नुपर्दछ ।
बेलायतमा कमन ल प्रमाणाली भन्दा अगाडी देखी क्रमश विकशित हुदै कमन ल प्रणालीको महत्वपूर्ण अंशको रुपमा विकसित अवहेलना सम्वन्धी अवधारणा मुलरुपमा न्यायालयको गरिमा र जनआस्था कायम गर्ने विषय संग सम्वन्धित रहेको पाइन्छ ।
यो अवधारणा न्यायाधिशको ब्यक्तीगत आचरण, कामकारवाही वा ब्यवहारको रक्षाको निम्ती विकशित भएको पटक्कै होइन । त्यसैले मेरो ब्यक्तीगत विचारमा प्रशान्त भुषण विरुद्द चलाइएको मुद्दाको जग र फैसला नितान्त बेलायती औपनेवेशिक मानसिकताको अहंको उपज मात्र हो भनी सहजै अनुमान गर्न सकिन्छ जो सरासर गलत र निन्दनिय पनि छ ।
कमन ल प्रणलीको दासत्व बोकेको हाम्रो बर्तमान न्यायिक प्रणालीमा वा लर्ड जेनिंगको सल्लाहमा बनाइएको संविधानको परंपरागत रुपमा रहेको बर्तमान संविधानमा पनि अदालतको अवहेलना सम्वन्धी ब्यवस्था कायमै रहेको हामी पाउदछौ ।
बर्तमान नेपालको संविधानको धारा १२६९४० मा रहेको ब्यवस्था हेर्दा यो नितान्त अदालतको कामकारवाही र फैसला संग सम्वन्धित रहेको स्पष्ट छ । तथापी अपहेलना सम्वन्धी मुद्दा चलाइने जुन ब्यवहार र कार्यविधि छ त्यो नितान्त प्राकृतिक न्यायको सिद्धान्त विपरितको छ ।
उदाहरणको रुपमा सर्वोच्च अदालतको सम्युक्त ईजलाशले कसैलाई अवहेलनामा सजाय गरेमा त्यस्को पुनरावेदन गर्न कहां जाने । त्यसैले पुनरावेदननै गर्न नपाउने कुनै ब्यवस्था छ भने त्यो सिद्धान्त स्विकार्य हुन सक्दैन । तथापी मेरो मुल जिज्ञाशा भनेको अदालतको अवहेलना सम्वन्धी परंपरागत अवधारणा अवपनि कृयाशिल भैरहनु के आवश्यक छ त भन्ने मात्र हो ।
मेरो ब्यक्तीगत विचारमा अदालतको अपहेलना सम्वन्धी ब्यवस्था वा सो सम्वन्धी कानूनहरु अव औचित्यहिन भैसकेको छ । अदालतको अवहेलना सम्वन्धी मुद्दामा कतिपय अवस्थामा आफै उजूरकर्ता, आफै अनुसन्धानकर्ता, आफै न्यायकर्ता हुने र आफैले कार्यविधि समेत तय गर्न पाउने जुन स्वच्छन्द अधिकार न्यायालयलाई दिइएको छ सो कुनैपनि सिद्धान्त वा ब्यवहारवाट जायज मान्न मिल्दैन ।
आजको परिदृष्यमा अपहेलना सम्वन्धी संबैधानिक ब्यवस्था वा सो अन्तर्गतको कानूनी ब्यवस्था ऐतिहाशिक भैसकेकोले छ र यस्को धरातल आज मक्किसेको छ । यस्को साटो यस्लाई Criminal Contempt मा मात्र सिमित राखेर अन्य अवहेलना सम्वन्धी विषय अन्य प्रचलित कानूनमा समाहित गर्न सकेको खण्डमा समय सान्दर्भिक हुन सक्छ भन्ने मलाई लाग्दछ ।
किनकी Civil Law System मा अवहेलना सम्वन्धी ब्यवस्था नहुदा पनि आज जसरी त्यस्ता न्यायिक ब्यवस्था कायम भएको न्यायालहरुवाट उदाहरणिय परिणाम प्राप्त भैरहेको छ त्यसवाटनै वर्तमान सन्दर्भमा अदालतको अवहेलना सम्वन्धी अवधारणा औचित्यहिन भैसकेको र सो सम्वन्धमा शैद्धान्तिक छलफल हुनु अत्यावश्यक छ भन्ने मेरो समझ रहेको छ ।
यसमा तपाइको मत
लेख/अनुसन्धान बाट अन्य

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ । वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

Spread the loveन्याय आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...

Spread the loveवर्तमान विश्व समुदाय लोकतान्त्रिक मूल्य मान्यता र यसका सारभूत तत्वहरुबाट निर्देशित छ । तानाशाही राज्यव्यबस्था र केन्द्रिकृत शक्ति परिचालन बाट विश्वले जे जति पाठ सिकेको छ ती पाठहरू आजको समयलाई पर्याप्त छ...