नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

  • -अधिवक्ता अम्विका घिमिरे श्रेष्ठ
  • Loading...
    Spread the love

    अधिवक्ता अम्विका घिमिरे श्रेष्ठ

    विवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी बिवाह संवन्धि कानूनलाई प्रथाजनित कानून वा पौराणिक कालवाट नै चल्दै आएका प्रथा परम्परा र अभ्यालाई कानूनी मान्यता दिने काम भएको हुदा कानूनी सम्प्रदायमा ऐतिहासिक कानूनी सम्प्रदाय अन्तरगत पर्दछ ।

    हिन्दु मान्यताको संस्कृतिक बिवाह र बिशेषताः बधु आफ्नो घरको सिमारेखा पार गरेर विवाह पश्चात वरको घर जान्छिन र वरको घर परिवारलाई नै आफ्नो सम्झेर विभिन्न जिम्मेवारीहरु वहन गर्ने गर्छिन त्यस्तै वरको पनि वधु र उनका परिवार प्रति छुट्टै जिम्मेवारीहरु हुने गर्दछन् । यी जिम्मेवारीहरु पुरा गर्नका लागि विवाहमा अग्निलाई साक्षी राखेर मण्डपमा सात फन्को मारी वाचा खाई वचनबद्व भएका हुन्छन् ।

    हरेक धर्म वा संस्कृतिका अलग अलग किसिमका प्रतिज्ञाहरु हुने गर्दछन् तर ती सबको उद्देश्य भनेको वैवाहिक सम्बन्धलाई अटुट, मजबुद र ब्यवाहारिक बनाई राख्नु नै रहेको हुन्छ ।

    मण्डपमा सात फन्का लगाउदा वरले बधुका लागि दिने सात बचन :

    १. कुनै शुभकार्य जस्तै व्रतको पालना गर्न अथवा कुनै धार्मिक स्थलमा जादा होस यस्ता कार्यमा बधुलाई सहभागी गराउनेछु ।

    २. जसरी मैले आफ्नो बुबा आमालाई सम्मान दिएकोछु त्यसैगरी बधुको बुबा आमाको पनि सम्मान गर्नेछु साथै परिवारको मर्यादाको पनि पालना गर्नेछु ।

    ३. जीवनका हरेकः यूवा अवस्था, प्रौढ अवस्था र बृद्व अवस्थामा सधै साथ रहनेछु साथै कुनै पनि अवस्थामा तिम्रो साथ छोड्ने छैन ।

    ४. विवाह पश्चात घरको सम्पूर्ण जिम्मेवारी वहन गर्नुेछु ।

    ५. घरमा लेनदेनका कुनैपनि व्यवहार गर्दा बधुको सल्लाह अनिवार्य लिनेछु ।

    ६. बधुलाई कहिलेपनि अरुका सामु अपमान गर्ने छैन ।

    ७. वरले पराइस्त्रीलाई आमा समान सम्झनेछन र कसैलाइ पनि उनीहरुको वैवाहिक सम्बन्धको बीचमा आउन दिने छैनन् ।

    बरका लागि बधुले दिने ५ बचन:

    १. जव म घरमै हुन्छु त्यो समयमा तिमी रमाइलो गर, सामाजिक समारोहमा जाऊ, हासी मजाक गर, साथीहरुसँग भेटघाट गर तर जव म घरमा नभइ परदेशमा रहन्छु त्यो समयमा यी सब व्यबहार गर्न छोडिदिनु ।

    २. बिष्णु, अग्नि, ब्राह्रमण, स्वजातीय भाइ बन्धु र ध्रुव तारा यी पाँच सब मेरा साक्षी हुन ।

    ३. मेरो मन-चित्त अनुकुल तिमीले आफ्नो चित्त राख्नुपर्छ । आफ्नो बोलीले मेरो वचनको उलङ्घन गर्नु हुदैन मैले जे भन्छु त्यो कुरा सदा आफ्नो ह्रदयमा राख्नुपर्दछ । यसप्रकार तिमिले मेरो पतिव्रताको पालना गर्नुपर्दछ ।

    ४. जसप्रकार मलाई सन्तोस मिल्छ सोही कार्य तिमीले गर्नुपर्छ । मेरा भाइ बन्धुप्रति आदारभाव राख्नुपर्दछ ।

    ५. बिना पत्नी गृहस्थ धर्मको पालना हुन सक्दैन तसर्थ तिमी मेरो बिश्वासपात्र बन र दम्पती बनौ ।

    बैदिक परम्पराको बिवाहमा पनी समाजलाई साक्षिराखेर अग्नी परिक्रमा गरी उल्लेखित सर्तको पालना गर्ने कसर खाएर सम्झौता गरी वनाएको सम्वन्ध विवाह हो ।
    नेपालको प्रचलित कानूनमा भएका ब्यवस्था निम्न छन ।

    नेपालमा हाल सम्म पनी बिवाहलाई कानूनी प्रकुयाको बिषयमात्र नवनाई संस्कृतिक पक्ष पनी हो भनी स्विकार गरेकोछ । त्यसै कारण हाल हाम्रो समाजमा दर्ता नै नरहेका धेरै बिवाह पनी बिवाहित जोडिको रुपमा कहलिन्छन जो कानूनले नभई समाज र संस्कृतिक पक्षले प्रमाणित गर्दै आएकोछ र त्यसलाई कानूनले पनी मान्यता दिएकोछ ।

    अहिलेको कानूनले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ भनी संस्कृतिक बिवाहलाई पनी बिवाह गर्ने एक कानूनी मान्यता प्राप्त प्रकृया वनाएकोछ ।

    प्रत्येक परिवार वा बिवाहित दम्पती विच रहनु पर्ने आचरण र ब्यवाहारको वारेमा कानूनले विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनी भनेकोछ ।

    त्यस्तै प्रतेक व्यक्तिलाई कानूनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ भनेकोछ भने । विवाह जुनसुकै किसिमबाट भएको भएतापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्नेछ भन्ने ब्यवस्था छ ।

    १. हाडनाता नभएका पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वकार गरेमा, पुरुष र महिला दुवैको अविवाहिता भएमा र दुबै २० बर्ष उमेर पूरा भएको भए उनिहरु विच विवाह हुन सक्दछ ।

    २. कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ ।
    तर जबरजस्ती करणी गरी शिशु जन्मिएमा, हाडनाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको अबस्थामा भने स्वतः विवाह कायम हुदैन ।

    ३. शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु यच.आई.भी. वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको वा यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको, पुर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पुर्ण रुपमा दृष्टिविहिन वा कुष्ठ रोगी भएको, होस ठेगानमा नरहेको, विवाह भैसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको अवस्थाको कुनै पनि पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुदैन । यदि यसरी झुक्याइ विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

    ४. बर्तमान कानूनी ब्यवस्था अनुसार मन्जुरीबीना वा हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरुबीच सहमतिमा विवाह भएको छ भने पनी यस्तो विवाह स्वतः बदर हुन्छ । बिस बर्ष उमेर नपुगेको अबस्थामा, झुक्याई विवाह गरे वा गराएको अबस्थामा त्यस्तो विवाह गर्ने कुनै पक्षले मंञ्जुर नगरेमा विवाह बदर गराउन सक्नेछ तर विवाहको परिणाम स्वरुप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिसकेको भएमा निजको मन्जुरी भएमा मात्र विवाह बदर हुनेछ ।

    ५. विवाह गरिसकेपछि पति वा पत्नीले निवेदन दिई विवाह दर्ता गराउनुपर्ने कानूनी ब्यवस्थाछ । पति वा पत्नी दुबैले वा कुनै एक जनाले विवाह दर्ताको लागि निवेदन दिन सक्नेछ । नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीको हकमा आफू रहे बसेको मुलुकमा रहेको नेपालको राजदूतावास वा महावाणिज्य राजदूतावासमा विवाह दर्ताको लागि निवेदन दिन सक्नेछन् ।

    तर विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पतिको विवाहले कानूनी मान्यता नपाएको मानिने छैन ।

    ६. कुनै महिला वा पुरुषले चाहेमा दर्ताद्वारा पनि विवाह गर्न सक्नेछन् । विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन् । पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् ।

    ७. कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा, पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुदै अर्को विवाह गरेमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ । पति पत्नीको वैवाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछन् भन्ने कानूनी ब्यवस्था रहेकोछ ।

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

    Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

    वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

    Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

    भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

    Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

    प्रकृति त आमा हुन, आश्रम किन पठायौ

    Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

    Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    अदालतमा गरिने बहस थरिथरिका

    Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

    लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

    Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

    कानूनको अनभिज्ञता Sudarsan Joshi

    Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

    टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

    Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...