बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Loading...
Spread the love

जेष्ठ ९ गते ।
बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मिति २०७८/०२/०३ गते साँझ अं.१९ः०० बजेदेखी हराई बेपता भएका जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर टोल बस्ने अब्दुल गफार अंसारीको जेठो छोरा ९ बर्षको अमान अंसरी र कान्छो छोरा ७ बर्याको उसमान अंसारीको खोजतलास गर्ने क्रममा ४ गते बिहान अं.०८ः०० बजे सोही उपमहानरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनको कोठामा अज्ञात व्यक्तिले निर्मम हत्या गरी मारेको अवस्थामा मृतकहरूको लाश जिल्ला प्रहरी बाराले फेला परेको प्रहरी नायाब निरिक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

घटना पश्चात प्रारम्भिक अनुसन्धानमा मृतकहरूको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको कमाण्डमा प्रहरी नायब उपरिक्षक मिश्रको टोली घटनास्थलमा खटी गई घटनास्थलको अवलोकन गर्दा निज बालकहरूको धारिलो हतियारले घाटी रेटी हत्या गरेको देखिएकोले घटनास्थललाई सुरक्षित राखी तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरिनुका साथै घटना अनुसन्धानको लागि प्र.ना.उ. मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोली गठन गरिएको थियो ।

घटनाको थप अनुसन्धानको लागि प्रदेश नं. दुई प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटी आएको टोली तथा प्र.ना.उ. मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोलीेले संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरि वारदात सम्बन्धमा घटना भएको ठाउँसंग जोडिएका गाउँहरुको विभिन्न ५० जना व्यक्तिहरूसँग अनुसन्धानको कार्य शुरु गरी बिभिन्न प्रविधिको प्रयोग गरी तथा अनुसन्धानको क्रममा पोलीग्राफ समेतको प्रयोग गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी गराउनु भयो ।

हत्या घटना अवस्था र विवरणः

अनुसंधानका क्रममा खुल्न आएका आश्चयजनक कुराहरुले सामाजमा थप नयाँ बिकृती ल्याये जस्तो देखिन्छ । मृतकहरूकी आमा, एक दिदि र एक बहिनी गरी परिवारमा ५ जना मात्रै छुटै घरमा बस्ने गरेको । मृतकहरूको बाबु अब्दुल गफार अंसारी बिगत ३ वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा कतारमा थिए ।

सोही गाउँमा बस्ने अभियुक्त अन्सारीले मौका छोपी मृतकहरूको आमासंग नजिकीदै सहयोग आदन प्रदान हुदै गर्दा अभियुक्त र मृतकहरूको आमा बिच घनिष्ट र हिमचिम बढेको थियो । घटना वारदात बारे गाउँमा बुझ्दा अभियुक्तले मृतकहरूलाई केही समयदेखि मिठाई किनिदिने, घुमाउन लैजाने गरेको तथा मृतकहरू समेत निजको साथमा निजले भने अनुसारको ठाउँमा जाने गरेका रहेछन ।

आफ्नै आमा र अभियुक्त बिचको अनैतिक सम्बन्धको बिषयमा मृतक बच्चाहरूलाई थाहा भएको र ईदमा आफ्नो बुवा आउदा सबै कुरा भनी दिन्छु भनी मृतकहरूले भन्ने गरेको र आफ्नो र मृतकहरूको आमा बिचको सम्बन्धको बिषयमा भेद खुल्ने डर समेत भएकोले उक्त अनैतिक सम्वन्ध गुपचुप गर्न बच्चाहरुको हत्या गरेको खुलेको छ ।

अभियुक्तले मृतकहरूको आमासँग ऋण लिएको र उक्त ऋण रकम समेत हाल सम्म फिर्ता नगरेको स्विकार्य गरेका छन । यती मात्र नभई श्रीमान घरमा नभएको अवस्थामा अभियुक्तले भाउजु नातामा पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भारततिर भागी गई बसौं भनी बारम्बार दवाब दिदै आईरहेको र मृतकहरूको आमाले छोराहरूलाई छाडन नमानेकोले सोको लागि मृतकहरू बाधक भएको तथा मृतकहरूकी आमा बिचको सम्बन्ध कायमहुन नसक्ने ठानीे अभियुक्तले तेरो दुबै छोरालाई मारी दिन्छु भन्ने धम्की समेत मृतककी आमालाई दिएको कुरा पनि खुल्न आएको छ ।

घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाई नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन मृतहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझ पख बच्चाहरूलाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई हत्या ती दुई नाबालकको घाटी रेटी हत्या गरी छाडी भागेको देखिएको छ ।

बिहान ०४ः४१ बजे अतालिदै कलैया बजार चोकमा असामान्य तरिकाले हिडडुल गरेको सि.सि क्यामरामा कैद भएको बिहान बच्चाहरूको शवहरू फेला परे पछी अभियुक्त अंसारी समेत घटनास्थलमा पुगेको तर तालिम प्राप्त कुकुर आउदै छ भन्ने थाहा पाए पछी सो स्थानबाट भागी फरार भएका थिए । निज अभियुक्त अंसारीलाई खोजतलास गर्नका लागी निजको घरकोठामा जादा शंकास्पद रूपमा रहेको चक्कु र रगत जस्तो पदार्थ लागेको निजले लगाउने गरेको कम्मर पेटी (बेल्ट) समेत बरामद गरि निज उपर परेको किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान समेत भइरहेको, जिल्ला प्रहरी कार्यालय बारा,कलैयाका प्रहरी प्रवक्ता प्र.ना.उ. गौतम मिश्र जाजकारी गराएका छन् ।

 

 

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...