वीर अस्पतालका कागजपत्र अख्तियारको नियन्त्रणमा

Loading...
Spread the love

श्रावण २१, काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधीउपचारमा प्रयोग हुने उपकरण खरिदमा अनियमितता भएको आशंकामा वीर अस्पतालका कागजपत्र नियन्त्रणमा लिएको छ ।

bir hospiatal

आयोगले आर्थिक वर्ष २०६८ र ६९ र ६९ र ७० मा अस्पतालले खरिद गरेका अत्यावश्यक औषधि, उपकरण, सवारीसाधन, कम्युटर, बजेट, हाजिरी, पेस्की फर्स्‍योट लगायतका फाइल नियन्त्रणमा लिएको हो ।

अख्तियारका न्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना नेतृत्वको ४० जनाको टोली अस्पतालमा छापा मार्न पुगेको थियो । अख्तियारले वीरमा अस्पतालमा छापा मारेको यो दोस्रोपटक हो । तिमिल्सिनाले व्यापक बेतिथि र अनियमितता भएको उजुरीपछि छानबिनका लागि फाइल उठाएको जानकारी दिए ।

मंगलबार पौने दुई बजे छापा मार्न अस्पताल पुगेको टोलीले सुरुमै चिकित्सक र कर्मचारीको हाजिरबारे खोजीनीति गरेको थियो । हाजिरमा अधिकांश विभागीय चिकित्सक गयल भेटिएका थिए भने कतिपयले बुधबारको हाजिर पनि मंगलबार नै गरेको भेटिएको थियो ।

एक दिन अगावै हाजिर गर्ने अस्पतालका डा। रणधीर राजवंशीलाई कारबाही गर्न अख्तियारले निर्देशन दिएको छ । कामको अनुगमन नगरी हाजिर मात्र हेरेको भन्दै अस्पतालका केही विभागीय प्रमुख अस्तुष्ट बनेपछि केहीबेर तनाव भएको थियो ।

फोन गरेपछि मात्रै उपस्थित भएका अस्पतालका निमित्त निर्देशक डा। केदारप्रसाद सेन्चुरीलाई आयोगका अधिकारीले अस्पतालका विशेषज्ञ चिकित्सक र अन्य कर्मचारीले दिनभर काम गरेको रकर्ड तत्काल अख्तियारमा बुझाउन निर्देशन दिएका थिए ।

aaktiayr

चिकित्सक र कर्मचारी गरी एक हजार ४५ जनाको दरबन्दी रहेको अस्पतालमा हाल एक एक हजार ६ जना कार्यरत छन् । कार्यरत भनिएका अधिकांश चिकित्सकले वीरमा नआई निजी अस्पतालमा काम गरिरहेको सूचना फेला परेको भन्दै आयोगले दैनिक अनुगमन गरी विवरण दिन सेन्चुरीलाई निर्देशन समेत दिएको छ ।

अख्तियारले वर्षौंदेखि बिग्रिएर थन्किएको सिटिस्क्यान, सञ्‍चालनमा आउन नसकेको आईसीयू मेसिन, डायलसिस मेसिनलगायत अत्यावश्यक उपकरणबारे अधिकांश चिकित्सकसँग सोधपुछ गरेको थियो ।

मेडिकल विभागका प्रमुख डा। दिनेश श्रेष्‍ठले अस्पतालको बेतिथि र समस्याबारे अख्तियारका अधिकारीसँग झन्डै एक घन्टा दुखेसोको पोखेको थिए । राजनीतिक भागबन्डामा चलेको वीरलाई एकदुईजनाले राम्रो काम गरेर सुधार गर्न नसकिने यसका लागि नीतिगत सुधार आवश्यक छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...