अपहरणको धन्दामा युवतीको प्रयोग

Loading...
Spread the love

युवतीको प्रयोग गरेर सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती असुल्ने धन्दामा संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ।

यही धन्दामा संलग्न रहेका गुण्डाका नाईके अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेपछि युवती प्रयोग गरेर अपहरण गर्ने नयाँ अपराध शैलीको खुलासा भएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युत प्रसाद रेग्मीलाई बन्धक बनाएर रकम असुली गरेको अरोपमा गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरीले आफ्नी Girl and boyप्रेमिका कविता देवी शाक्यलाई प्रयोग गरेर रग्मीलाई सानेपामा बोलाई सर्वाङ्ग नांगो बनाएर फोटो खिचाएर ‘ ब्ल्याकमेलिङ’ गरेर पैसा असुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

दुई वर्षअघि राजधानीको दरबारमार्ग स्थित एक रेष्टुरेण्टमा शाक्य र रेग्मीको भेटभएको थियो। सामान्य चिनजान भएपछि छुटिएका रेग्मीले पुन साउन १२ गते दरबारमार्गमा भेटी फोन नम्बर साटासाट गरेका थिए। साउन १४ गते शाक्यले रेग्मीलाई सानेपामा ‘ रमाईलो गरौं’ भन्दै बोलाएपछि रेग्मी पुगेका थिए। सोही समयमा गिरी सहित ताप्लेजुङ तिरिङ्गेका मिलन लिम्बु र झापा गौरादहका राजु श्रेष्ठले रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीका अनुसार घाँटीमा गिरीले नै खुकुरी तेर्साएर कपडा खोल्न लगाएका थिए।

परिसरका प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार साथमा रहेको पैसा, गहना र घडी लुटेपछि सरीरका सबै कपडा खोल्न लगाएर सर्वाङ्ग नांगो बनाई शाक्यलाई समेत अर्धनग्न बनाएर सँगै राखी फोटो खिचाएका थिए। ‘ पैसा दिने भए देउ होईन भने बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिने र फेसबुकमा समेत फोटो पोष्ट गरिदिने’ भन्दै धम्क्याएको रेग्मीले बताए। १० लाख रूपैंया मागेपनि रेग्मीले आफ्ना साथी मार्फत त्रिपुरेश्वरमा बोलाई एक लाख रूपैंया नगद गिरीको समुहलाई दिएका थिए। प्रहरीले यो समुहबाट एक लाख नगद समेत बरामद गरेको छ। त्यतिले नपुगेर डिल्लीबजार स्थित कानुन व्यवसायीकोमा पुगेर नौ लाखको तमसुकी कपाली काजग गराएको प्रहरीले जनाएको छ। प्रहरीले सो कागज समेत बरामद गरेको छ। ‘ सुरूमा त मैले गिरीलाई चिनेको थिईन, पछि मात्रै थाहापाएपछि झसंग भएँ, रेग्मीले भने।

गिरी यसअघि मोरङमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा साढे दुई बर्ष जेल सँजाय काटेर सफाई पाई छुटेको, मोरङ प्रहरीकै नियन्त्रणमा तीन पटक सम्म सार्वजनिक अपराध मुद्दा खेपेको, गत असारमा महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट पक्राउ परि सार्वजनिक मुद्दा खेपेको र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोथमा सम्पत्ति सुद्धिकरण विभागले पक्राउ गरी मुद्दा चलाएको र ३२ लाख धरौटी तिरेर छुटेका अभियुक्त हुन्। अहिले पनि उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...