चरी घटनामा मानवअधिकारवादीको स्थलगत अनुगमन

Loading...
Spread the love

श्रावण २३, काठमाण्डौ । प्रहरीको भिडन्तमा परी साउन २१ गते मारिएका दिनेश अधिकारी (चरी) घटनाका सम्बन्धमा सत्य तथ्य बुझ्न मानवअधिकार संस्थाहरूले स्थलगत अनुगमन गरेका छन् ।

इन्सेक, पिपिआर नेपाल, एड्भोकेसी फोरम नेपाल, स्कोप नेपाल सम्मिलित संस्थाका प्रतिनिधिहरूले साउन २२ गते प्रहरीसँग दोहोरो भिडन्त भएको भनिएको घटनास्थलको अनुमगन गरेका हुन् । अध्ययनका क्रममा टोलीले घटनास्थल, स्थानीयबासी,प्रहरीलगायत सरोकारवाला व्यक्तिहरूसँग जानकारी लिएको थियो ।

जानकारीको क्रममा स्थानीयबासीहरूले घटनामा शङ्कास्पद भएको बताएका छन् । उनीहरूले आफुरूलाई घटनास्थलमा जान नदिएको,दोहोरो भिडन्तमा जस्तो गोली आवाज नसुनिएको, घटनास्थलमा रगतको मात्रा एकदमै न्युन रहेको र स्थानीय प्रहरीलाई समेत घटनाको बारेमा पूर्व जानकारी नगराइएको भन्दै घटना सुनियोजित हुन सक्ने बताएका हुन् ।

Chariयसैगरी, मृतक अधिकारीका आफन्तहरूले हत्या गैरन्यायिक रूपमा गरिएको आरोप लगाएका छन् । पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको अधिकारीको शव परीक्षणको पछिल्लो जानकारी लिन गएका इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिसँग कुराकानी गर्दै अधिकारीका मामा प्रेम थापाले भने “हत्या प्रयास गरेको अभियोग र साहु महाजनसँग पैसा उठाएर खाएको आरोप लगाउँदै प्रहरीले नागरिकको हत्या गर्न पाउँछ, न उसले मान्छे मारेको छ, न देशद्रोह नै गरेको छ, कानुन सङ्गत कारबाही गनुपर्नेमा इनकाउन्टरको नाममा कसैलाई मार्न पाइँदैन ।”

अस्पतालमा उपस्थित आफन्तहरूले अधिकारी हत्या गैरन्यायिक रूपमा गरिएको दावी गर्दै त्यसको सत्यतथ्य बाहिर नआउन्जेलसम्म शव नबुझ्ने बताएका छन् । अधिकारीलाई मार्न झुठो इनकाउन्टरको नाम दिइएको भन्दै आफन्तजन तथा अधिकारी शुभेच्छुकहरूले अस्पताल परिसरमा नारबाजी गरिरहेका छन् ।

अधिकारी प्रहरीसँगको दोहोरो भिडन्तमा काठमाडौँको भीमढुङ्गामा मारिएको प्रहरीले दावी गर्दै आएको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोका अपराध अनुसन्धान महाशाखाकी डीएसपी मीरा चौधरीको कमाण्डमा भीमढुङ्गा पुगेको प्रहरी टोलीसँग दिनेश अधिकारीको दोहोरो भिडन्त भएको प्रहरी अनुसन्धान महाशाखाले जनाएको थियो ।

अधिकारीलाई करिब ६ महिना अघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेको अभियोग थियो । अभियोग लागेका अधिकारी प्रहरीको गिरफ्तारीबाट बच्न लामो समयसम्म भारतमा बसी केहीसमय अघिमात्रै काठमाडौँ आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँ अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अपरिचित व्यक्तिलाई शङ्का गरी पछ्याउँदै गई रोक्न खोज्दा अधिकारीले अचानक प्रहरीतर्फलक्षित गरी गोली प्रहार गरेकाले आफ्नो आत्मरक्षाका लागि जवाफी फायर गर्दा अधिकारीको मृत्यु भएको बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...