विश्‍वविद्यालयहरु भ्रष्टाचारीको अखडा वन्दै

Loading...
Spread the love

श्रावण २६, काठमाण्डौ । अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयका उपकुलपति पदमलाल देवकोटासहितका पदाधिकारीलाई निलम्बन गर्न निर्देशन दियो। देवकोटासहित विश्‍वविद्यालय सेवा आयोगका अध्यक्ष नवराज कँडेल, सदस्य श्रीरामप्रसाद उपाध्याय, रजिस्ट्रार टेकेन्द्रप्रसाद गिरीलाई पनि निलम्बन गर्न अख्तियारले निर्देशन दिएको छ।

विश्‍वविद्यालय स्थापनापछि पहिलोपटक नियुक्त भएका जिम्मेवार पदाधिकारी नै अनियमितताको आरोपमा निलम्बनमा परेपछि विश्‍वविद्यालय समस्यामा परेको छ। उच्चशिक्षा अध्ययनका लागि भर्खर भर्ना भएका विद्यार्थीहरू यो घटनापछि विश्‍वविद्यालय नै संकटमा पर्ने भन्दै त्रासमा छन्।

बिनाप्रतिस्पर्धा आफन्तलाई कर्मचारी नियुक्त गरेको, नयाँ स्थापित कार्यालयका लागि सामान खरिद गर्दा अनियमितता गरेकोलगायतमा अख्तियारले निलम्बनमा परेका पदाधिकारीमाथि छानबिन गरिरहेको छ। यो विश्‍वविद्यालय स्थापनाका लागि पाँच वर्षअघि विधेयक पास भएपछि गत वर्षबाट मात्र पढाइ सुरु भएको थियो।

कलेज सम्बन्धन दिँदा तथा परीक्षाफल प्रकाशन गर्दा अनियमितता गरेको भन्दै अख्तियारले विराटनगरमा रहेको पूर्वाञ्‍चल विश्‍वविद्यालयका उपकुलपति महेश्‍वरमान श्रेष्‍ठ, रजिस्ट्रार निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत तथा लेखा शाखाका प्रमुख लक्ष्मण गेलाल पनि निलम्बनमा परिसकेका छन्।

त्यतिमात्र होइन, सोही विश्‍वविद्यालयका दुई पूर्वउपकुलपति जगतबहादुर केसी, रामअवतार यादव, रजिस्ट्रारहरू भोगेन्द्रप्रसाद उपाध्याय, सञ्‍जेशप्रसाद कोइराला, डिनहरू खेमराज कैनी तथा भूपेन्द्रप्रसाद खनाललगायत दसजनाविरुद्व अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। पोखरा विश्‍वविद्यालय पनि अख्तियारको एक टोलीले यो विश्‍वविद्यालयविरुद्ध परेका उजुरीमाथि अध्ययन गरिरहेको छ।

दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्‍वविद्यालयमा पनि गत साता अख्तियारको टोली पुगेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ। विश्‍वविद्यालयका पदाधिकारीहरू कार्यालय कामका नाममा महिनौंसम्म काठमाडौंमा बसेर व्यक्तिगत काम गरेको, ती पदाधिकारीले आफ्नै नातेदार र नजिकका व्यक्तिलाई प्रशासनिक तथा अन्य शाखामा भर्ना गरेकोलगायतका उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो।

अख्तियारका अनुसार अधिकांश विश्‍वविद्यालयमाथि लागेको आरोप तथ्यनजिक पुगिसकेको छ। उजुरी परेकामध्ये अधिकांश विश्‍वविद्यालयमा निजी कलेज सम्बन्धन दिँदा आर्थिक लाभ लिएको, आर्थिक लेनदेनकै आधारमा परीक्षा सञ्‍चालन तथा परीक्षाफल प्रकाशन गर्ने गरिएको र कार्यालयका लागि आवश्यक सामान आपूर्ति गर्दा फाइदा लिएको आरोप छ।

अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भने, ‘सबै उजुरीमाथिको अध्ययन अन्तिम चरणमा पुगेको छ। केहीमा भर्खर अध्ययन थालिएको छ।’ अहिले मुलुकभर विश्‍वविद्यालयकै हैसियतमा रहेको तीनवटा स्वायत्त संस्थासहित बाह्रवटा विश्‍वविद्यालय सञ्‍चालनमा छन्। ती सबै निकायमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त हुने गरेका छन्।

नियुक्ति पाउने बेलामा दलका नेतालाई आर्थिक प्रलोभनमा पार्ने र प्रलोभनमा पार्दा लागेको खर्च पदमा बसेपछि आर्थिक अनियमितता गर्ने गरेको शिक्षाविद्को भनाइ छ। शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘विश्‍वविद्यालय सुधार्नेभन्दा कसरी कमाउन सकिन्छ भन्‍ने मानसिकता भएका व्यक्तिको प्रवेशले यस्तो भएको हुनसक्छ।’

राजनीतिक दलका नेताका सुरुमा आफ्नो ट्‍याग लगाएर पदाधिकारी बनाएर पठाउने त्यसपछि आफू अनुकूल काम गर्न उपकुलपतिहरूलाई दबाब दिने प्रवृत्तिले सबै विश्‍वविद्यालय विघटन हुने अवस्थामा पुगेको कोइरालाको भनाइ छ।त्रिवि पूर्वउपकुलपति मञ्‍चका अध्यक्ष केदारभक्त माथेमाले पैसा कमाउने प्रवृत्ति बोकेको केही उपकुलपतिका कारण विश्‍वविद्यालयहरू समस्यामा परेको बताए। ‘सबै उपकुलपतिलाई उजुरी गर्दैमा दोषी भन्‍न मिल्दैन। तर पैसा कमाउन चाहनेले व्यापार गरेको भए हुन्थ्यो’, माथेमाले भने।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...