विद्युत् सम्झौता उपर छलफल गर्न नेपाललाई भारतको निम्‍तो

Loading...
Spread the love

नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मस्यौदामा छलफल गरी अन्तिम रूप दिन भारतले नेपाल सरकारलाई आमन्त्रण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केको दुई साता नबित्दै भारतले सम्झौता टुंगो लगाउन नेपाली अधिकारीलाई नयाँदिल्ली बोलाएको हो।

Nepal Indiaकाठमाडौंस्थित भारतीय दूतावासले अघिल्लो साता परराष्ट्र मन्त्रालयमार्फत ऊर्जा मन्त्रालयलाई चिठी लेखी सचिवस्तरीय छलफलका लागि बोलाएको जानकारी ऊर्जामन्त्री राधा ज्ञवालीले दिइन्। ‘भारतबाट ऊर्जा व्यापार सम्झौताबारे छलफलका लागि नेपाल सरकारलाई औपचारिक पत्र आएको छ’, उनले मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग भनिन्, ‘अब छिट्टै मिति तय गरेर हाम्रा ऊर्जासचिव भारत जानुहुनेछ।’

ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले भारतले नेपाललाई उपयुक्त हुने दुईवटा समय प्रस्ताव गर्न आग्रह गर्दै पत्राचार गरेको बताए। ‘हामी छलफल गरेर छिट्टै भारतलाई बैठकबारे जानकारी दिनेछौं’, उनले भने, ‘मैले द्विपक्षीय बैठकका लागि आवश्यक तयारीका लागि कारबाही अगाडि बढाइसकेको छु।’

भारतले पठाएको सम्झौताको मस्यौदाबारे सचिवस्तरीय छलफल गर्न ऊर्जासचिव क्षेत्री साउन पहिलो साता नै भारत जाने कार्यक्रम थियो। मन्त्रिपरिषद्ले त्यतिबेला प्रधानमन्त्री देशबाहिर रहेको कारण देखाउँदै भ्रमण स्वीकृत नगरेपछि स्थगित भएको थियो।

भारतले तीन महिनअघि ‘ऊर्जा सहयोगसम्बन्धी सम्झौता’ का लागि नेपाललाई प्रस्ताव गरेको थियो।

उक्त मस्यौदा प्रस्तावमा भारत र उसका कम्पनीले मात्र शत प्रतिशत लगानी गर्ने, तेस्रो देशको लगानी गर्न नपाउने र नेपालले चाहेमा भारतीय कम्पनीसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बाट आयोजना निर्माण गर्नेलगायतका बुँदा थिए।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनु दुई दिनअघि भारतीय प्रस्तावविपरीत नेपालले मस्यौदा प्रस्ताव गरेको थियो। नेपालले तेस्रो देशको लगानीसमेत खुला राखी भारतीय बजारमा नेपालबाट उत्पादित बिजुली निर्बाध प्रवेश पाउनुपर्ने, प्रसारण लाइनको ग्यारेन्टी हुनुपर्ने, भारतले नेपालबाट निर्यात हुने बिजुलीमा कुनै कर, भन्सार लिन नपाउने, नेपालको प्रचलित कानुनअनुसार जलविद्युत्को लाइसेन्स लिनुपर्नेलगायत प्रस्ताव गरेको छ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले गरेको प्रस्तावउपर भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। भारतीय प्रधानमन्त्रीको भ्रमणकै बेला ऊर्जा सम्झौताको तयारी भए पनि थप छलफल गर्नुपर्ने भन्दै दुवै देशले ४५ दिनभित्र ऊर्जा व्यापार सम्झौता गरिने प्रतिबद्धता जनाएका थिए।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...