मोदीमय नेपाल र नेपालमय मोदी

Loading...
Spread the love

कृष्ण महरा : भारतका कहलिएका विश्लेषक तथा प्राध्यापक कान्ती बाजपेयीले लोकसभा निर्वाचन ताका भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदी प्रधानमन्त्री भए भने ६५ वर्षे हिन्दु राष्ट्रवादी नेताले भारतलाई कता लैजालान ?, भारतको विदेश सम्बन्ध कसरी बदलिएला ?, छरछिमेकमा के–कस्तो प्रभाव पर्ला ? भन्ने विश्लेषण चलिरहदा मोदीले एउटा टेलिभिजन वहसमा आफु लगायत कसैलाई नटेरेको दृष्टान्त दिर्दै म त्यो एकैपल्टको भेटमा उनको व्यवहारबाट उनी अति महत्वाकाँक्षी र अरुको वास्ता नगर्ने व्यक्ति हुन भन्न सक्छु’ भनेका थिए । (चैत्र २१,सेतोपाटी.कम)

प्रधानमन्त्री हुनुअघि त्यस्ता मोदी भारतका प्रधामन्त्री भएपश्चात भने निकै परिवर्तन भएछन । अहिले उनको आफ्नो देश र नागरिकहरुमात्रै नभएर छिमेकी देश तथा नागरिकहरुको मन जित्न सफल हुनुले उनको यो विश्लेषण फेल खाएको छ ।

Modi and Sushil Koirela NKCसंयोग नै भन्नुपर्छ कि गुजरातको एउटा सामान्य चिया पसले भारतको प्रधानमन्त्री बन्छ भनेर न एक अरब सत्ताईस करोड भारतीय जनताले सोचेका थिए न स्वंयम मोदीले नै । अझ सामान्य पारिवारीक धरातलका मोदी प्रधानमन्त्री बन्लान र नेपालको संविधानसभामा नेपालीमै सारगर्वित सम्बोधन गर्लान भनेर कुनै नेपाली वा भारतीयले कल्पना गर्ने त कुरै भएन । तर यथार्थमा उनी प्रधानमन्त्री पनि बने र छिमेकी राष्ट्र नेपालको जनप्रतिनिधीमुलक संस्था संविधानसभामा नेपालीमा मनमोहक संवोधनसमेत गरे ।

झण्डै दुई महिना अगाडि लोकसभा चुनावमा एकदशकसम्म सत्तामा राज गरिरहेको कांग्रेस नेतृत्वको सयुक्त प्रगतिशील गठवन्धन (युपीए) लाई जिल खुवाउदै सम्पुर्ण भारत भर भाजपाको भुईचालो ल्याईदिए र नरेन्द्र दामोदरदास मोदीले कसैको गठबन्धन र समर्थनविनै आफुलाई प्रधानमन्त्रीका एक्ला दावेदारका रुपमा उतारेका थिए । उनको विदेश निती र छिमेकीहरुसंग सम्बन्ध कस्तो हुने भन्ने कुराको झझल्को उनले आफ्नो सपथ समारोहमा भारतीय ईतिहाँसमै पहिलोपटक दक्षिण एशियाका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको आमन्त्रण गरेबाट प्रष्ट हुन्छ ।

विगत १७ वर्षदेखि सरकारी स्तरबाट कुनै उच्चस्तरीय भ्रमण नभईरहदा संविधानसभामा विशेष संबोधनको सुरुमै उनले आफु प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्नेवित्तिकै नेपाल भ्रमण गर्न चाहेको बताईरहदा उनी विगतका प्रधानमन्त्रीहरु भन्दा छिमेकि देश तथा विशेष गरि नेपालको लागि नितान्त फरक रहेको सजिलै बुझ्न सकिन्छ । अर्को मुख्यकुरा जुन मोदीले आफुलाई यसरी बोलाई संबोधनको मौका दिनु केबल आफ्नो र भारतीय प्रधानमन्त्रीको सम्मान नभई सवा सय करोड भारतीयहरुको सम्मान भएको बताएका छन, संविधानसभामा त्यसरी सम्बोधन गरिनु भनेकै नेपाली जनप्रतिनिधीलाई असल छिमेकीले सम्मानसाथ सम्बोधन गर्नु हो । साथै कतिपय भारतीय सञ्चारमाध्यम अझ नेपालकै नेता भनाउदाहरुले भगवान गौतम बुद्ध भारतमा जन्मेको अतिरञ्जित, कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण र उद्घोष गरिरहदा नेपाली जनप्रतिनिधीमुलक संस्थामा सारा संसारको अगाडी नेपाल बुद्ध जन्मेको देश भनेर ती सारा भ्रमहरुलाई मित्थ्या सावित गरेका छन ।

Narendra Modiसम्वोधनको मौका दिनु मोदीकै भाषामा सवासय करोड भारतीयहरुको सम्मान हो भने भगवान बुद्धप्रतिको भ्रम विश्वबाटै अन्त्य गरिदिनु अढाई करोड नेपाली जनताको सम्मान हो । नेपालका लागी यो भन्दा ठुलो गुन के नै हुन सक्छ र ? आर्थीक रुपले अुनदान वा ऋण सहयोगभन्दा उक्त सम्मानजनक अभिव्यक्ति नेपाल र नेपालीको लागी कयौ गुणा ठुलो र सदा अविस्मरणीय सहयोग हो ।

मोदीले नेपाललाई साँस्कृतिक विरासतको धनिमात्रै नभएर वीर गोर्खाली र निडर सपूतहरुको देशको रुपमा व्याख्या गरेका छन । सम्बोधनकै क्रममा मोदीले नेपालको संविधान निर्माण प्रकियाको गर्वसाथ अभिनन्दन गर्दै बधाईसमेत दिएका छन । त्यसैगरि अब बन्ने नेपालको संविधान विश्वको लागी स्वर्णीम पृष्ठ बन्नेसक्ने कुरा मोदीले खुलेरै गरेका छन ।

सम्वोधनका क्रममा मोदीले प्रस्तुत गरेको हिट (हाईवेज, आईवेज र ट्र«ान्सवेज) फर्मुलाले सम्बोधनको रौनकता र महत्वलाई उचाईमा पु¥याएको थियो । मोदी हिन्दुवादी नेता हुन र उनले नेपालले अंगालेको संघिय लोकतान्त्रीक गणतन्त्रको बाटो सहि भएको भन्दै उक्त कल्पनाको आदर एक किसिमको समर्थत गरिरहदा नेपालका हिन्दुवादी नेता भनेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भने राम्रो लागेन र संविधान निमार्णको क्रममा रहेको नेपालमा गणतन्त्रमा जाने या नजाने भन्ने विषय टुंगो लागी नसक्दै सो विषयमा नबोलिदिएको भए हुन्थ्यो भन्दै तुरुन्तै प्रतिक्रिया जनाएका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दोस्रो संविधानसभालाई सम्बोधन गर्ने पहिलो विदेशी सरकार प्रमुख हुन । यो भन्दा पहिला सन १९९० मा जर्र्मन चान्सलर हेल्मट कोहलले तत्कालिन संसदलाई सम्बोधन गरेकी थिईन । नेपालको संसदमा नेपाली भाषामै सम्बोधन सुरु गर्ने मोदी नै पहिलो अन्तराष्ट्रिय व्यक्तित्व हुनुपर्छ । नेपालमा हिन्दी भाषामा सपथ ग्रहण गर्ने तथा भारतपरस्त भाषण दिएर राजनिती गर्ने नेताहरुलाई उनको नेपाली भाषाको सम्बोधन र नेपाललाई बुद्धभुमीको घोषणाले गतिलो पाठ सिकाएको हुनुपर्छ ।

वाल्यावस्था चियापसलमा वितेको र सामान्य पारिवारिक पृष्ठभमिबाट आएकोले हुनुपर्छ उनले एक साधारण नेपालीलाई आफ्नै भ्रमण टोलीमा ल्याई परिवारलाई हस्तान्तरण गर्नु र संविधानसभा भवन नयाँबानेश्वर प्रस्थान गर्ने क्रममा कुनै सुरक्षा अधिकारीहरुलाई जानकारी नै नदिई जनतासंग हात मिलाउन जानुलाई समेत विशेष अर्थपुर्ण रुपमा लिन सकिन्छ । हुन त कतिपयले उच्चस्तरिय व्यक्तित्वहरुबाट यस्ता सानातिना कुराहरुलाई आफु लोकप्रिय र चर्चित हुन गरिएको पब्लिसिटी स्टन्टका रुपमा समेत हेर्न सक्छन ।

मोदीको अन्तिम लक्ष्य के छ त्यो त म भन्न नसकौला तर प्रधानमन्त्रीको पदभार ग्रहणपश्चातको कृयाकलापले भने उनी दक्षिण एशियाका एक सर्वप्रिय राजनेताका रुपमा अवस्य उदाईरहेका छन । उनको सपथ ग्रहण समारोहमा दक्षिण एशियाका राजनैतिक हस्तिहरुको आमन्त्रण, बढ्दो छिमेकी देशहरुको भ्रमण र विगत १७ वर्षसम्म कसैले उच्च स्तरिय भ्रमणमा चासो नदिएको स्थितीमा प्रधानमन्त्रीको कार्यभार सम्हालेको दुई महिनामै तीब्र ईच्छाशक्तिका साथ गरिएको नेपाल भ्रमणलाई यसकै दृष्टान्तका रुपमा लिन सकिन्छ ।

स्मरणीय कुरा त के छ भने सन १९९७ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालपछि कुनैपनि प्रधानमन्त्रीले नेपाल भ्रमणमा चासो दिएका थिएनन । मोदीको भ्रमणपश्चात अर्को के पनि छर्लंग भएको छ भने हिजो धेरैले सोच्ने गरेको भारतको ठुल्दाई व्यवहार अब नरहेको र परस्पर आत्मिय साथी रहेको उनकै भनाई द्धारा प्रष्ट बुझिन्थ्यो ।

सन १९५० को बहुचर्चित विवादास्पद सन्धीको पुनरावलोकन, नेपालको शान्तीप्रक्रिया, सार्वभोमसत्ताको सम्मान, नेपालको लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलको रुपमा गरिएको सार्वजनिक स्वीकार, आर्थीक तथा नेपालले चाहेमा जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेने प्रतिबद्धताले मोदी भ्रमणले सर्वत्र वाहवाह र हाईहाई पाएको हो ।Modi

पुर्व प्रधानमन्त्री एवं एमाओवादी नेता डा.वाबुराम भट्टराईले भ्रमणलाई समग्रमा सकारात्मक मानेका छन । हुन त मोदी भ्रमण सोचेभन्दा बढि फलदायी र सफल भयो नै तर जसरी गौतम बुद्धको जन्मस्थानको बारेमा पटक–पटक बोले त्यसैगरि पुर्वी नेपालस्थित भुटानी शरणार्थीहरुको समस्या समाधान गर्न भारत सकारात्मक र सहयोगी बन्नसके नेपाललाई मोदिको मोहब्बत अझ अचाक्ली चुलिने थियो किनकी त्यो पनि नेपालको एउटा समस्या हो ।

हिजो चाहे कोशी बाढी, महाकाली बाढी वा दार्चुला बाढी देखी लिएर कालापानी– सुस्ता सिमा विवाद र कयौ नाकामा विभिन्न वाहनामा दिईने अनेकन दुःख नै किन नहोउन, नेपाल र नेपालीले भोग्नुसम्म सास्ती भोगेकै हुन । मोदीको सम्बोधनले अन्य धेरैजसो विषय समेटेपनि विवादित सिमाक्षेत्र र आगामी दिनमा सिमा समस्या के हुने भन्ने विषय समेटेको देखिएन । एकातिर कतिपय क्षेत्रमा खुला सिमानाका कारण अपराधिक गतिविधीहरु नियन्त्रण गर्न दुबै देशलाई समस्या हुने गरेको छ भने अर्कातिर सिमानामा नदि भएको र भारतले एकतर्फी रुपमा बाँध निर्माणको कार्यले नेपाली भुमी क्षयीकरणसंगै जनधनको क्षेती हुने गरेको छ । वर्षौदेखि हजारौका सपना वगरमा विलय गर्ने कोशीको कहर, आँशुले भरिएका सुस्तावाशीहरुकोे सुस्केरा र दोधारा–चाँदनीका गरिब किसानहरुको उठीवासको पीडा कहिले अन्त्य हुने ? यो विषयमा एउटा असल छिमेकी भएको नाताले भारतले गम्भिर ढंगले सोच्नैपर्छ । सहयोग घोषणा हुँदैमा खुसी भईहाल्नुपर्दैन, ठुलो कुरा त घोषणा कत्तिको तदारुक्ताका साँथ कार्यान्वयन हुन्छ त्यो हो ।

उच्च स्तरीय भ्रमणमा सरकारी तवरले आर्थीक सहयोग तथा विभिन्न प्रतिबद्धता त गरिए तर खासमा छिमेकी देशको कारण वास्तविक पीडाका भुक्तभोगी वाढीपीडित, सिमामा लालपुर्जा भएर पनि जग्गा नपाएका गरिब श्रमजिवीहरु तथा एक ठाउबाट अर्को ठाउमा आवागमन गर्दा सिमानामा गरिने अमर्यादित व्यवहारमा रत्तिभरपनि परिवर्तन आउन सकेन भने भ्रमणको सम्बोधन र घोषणाले जति महत्व राख्नुपथ्र्यो त्यति तात्विक महत्व नराख्न सक्छ ।

हुन त कुनैपनि सैद्धान्तिक कुरा र घोषित वाचाहरु व्यवहारमा लागु गर्न कलिकति समय लाग्ने नै गर्दछ । यो भ्रमणले यी सबै समस्या भीषण आगलागीमा दमकलले पानी खन्याएझै आजको आजै निमिट्यान्न गर्ला भन्न त सकिदैन तर विस्तारै लागु गर्दै जाने हो भने नेपाल–भारत अन्तरआत्मिय अटुट सम्बन्धको शङ्खघोष यसै भ्रमणबाट भएको मान्न सकिन्छ ।

जसरी नेपालमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा भईरहेको थियो त्यसरी नै भारतले पनि यसलाई अर्थपुर्ण र महत्वका साथ हेरेको देखिन्छ । मोदीको नेपालको संसद सम्बोधनको विषयलाई लिएर ईण्डिया टीभीले प्रधानमन्त्रीले गरेको सम्बोधनलाई कसरी लिनुहुन्छ भनि गरिएको प्रश्नमा सार्कका पुर्व महासचिव एवं भारतिय परराष्ट्र मामिलाका जानकार श्री शिलकान्त शर्माले उक्त सम्बोधनलाई एउटा युगपुरुषको सम्बोधनको संज्ञा दिएका छन । त्यसैगरि सोहि जिज्ञासाको जवाफमा चर्चित भारतीय राजनैतिक विश्लेषक पुष्पेश पन्त भन्नुहुन्छर्, मेरो विचारमा सम्बोधन नेपाली सामु भारतको वास्तविक अनुहार देखाउने भरमग्दुर प्रयास थियो’ ।

मोदी भ्रमणका बेला नेपाल र भारतबिच हुने भनिएका उर्जा व्यापार सम्झौता(पीटिए) र माथिल्लो कर्णालीको आयोजना विकाश सम्झौता(पीडिए) सम्झौता हुने भन्दै भ्रमण अघि हल्ला गरिएपनि अहिलेलाई पैचालिस दिनपछि गर्ने भन्दै पन्छाईएको छ । नेपालको अहित नहुने गरि यी सम्झौताहरु गरिए राम्रो हुने कतिपय उर्जा क्षेत्रका विज्ञहरुले बताएका छन ।

अन्तमा, न मोदी भारतीय विश्लेषक बाचपेयी ले भनेजस्ता कसैलाई नटेर्ने देखिए न कसैले सोचेजस्ता कठोर । सत्र वषपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दल भन्दा देश ठुलो, क्षेत्रियता भन्दा राष्ट्रिय राजनीति गर्नु

र समयमै संविधान निमार्ण गरी विश्वलाई युद्ध पछि पनि शान्तीप्रकृया मार्फत संविधान दिन सकिन्छ भन्ने सन्देश दिन सुझाएका छन । नेपाल र नेपालका राजनैतिक दलहरुले पाठ सिक्ने यो ठुलो मौका हो, यसबाट केहि सिकेर अगाडी बढ्न सक्नुपर्छ । र अर्को कुरा प्रमाणीत भर्यो बुद्ध वाज वर्न इन नेपाल’ ।

Loading...

यसमा तपाइको मत

लेख/अनुसन्धान बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

अदालतमा गरिने बहस थरिथरिका

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

आधुनिक जिवनशैलीले फेरिएको दशै

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

…. अदालतको ढोकामा चिच्याई रहेको

Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...