देशभर वाढी पहिरोले जनधनको क्षती, राहत उद्धारमा लागि रहेने : गौतम

Loading...
Spread the love
श्रावण ३०, काठमाण्डौ । आज गृह मन्त्री वामदेव गौतमले वाडी पहिरो र यसवाट भएको जन धनको क्षतीको विषयमा संसदमा जवाफ दिएका छन ।

मुसलधारे बर्षा हुनसक्ने सवैलाई सचेतहुन आग्रह भन्दै गृह मन्त्रालय समेतलाई सचेत गराएता पनि सरकार सम्वेदनशिल भई तयारी अवस्थामा नरहेको देखिन्छ ।

देशका विभिन्न भागमा प्राकृतिक प्रकेापबाट जनताले ठूलो कष्ट भोगेका घटनाहरुको बारेमा सभासदहरु उठाउका विषयमा सरकारलाई बारबार भन्न नपरोस भन्ने कुरामा सरकार सचेत छ।
Flood victimतर हाम्रो देशमा एकपछि अर्को आपत आइपरेको छ। कहिले सम्पूर्ण देश नै सुख्खाक्षेत्र घोषणा गर्नु पर्ने हो कि भन्ने अवस्था आउने कहिले सम्पूर्ण तराईलाई बाढीले संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने हो कि जस्तो अवस्था आइपरेको छ।
हिजो र आज देशमा भएको विपत्तिका सम्बन्धमा सदनमा सभासदहरुले विषय उठाउको र सभामुखले पनि ध्यानाकर्षण गराएकोमा यो सरकारले सदनलाई जानकारी दिनु कर्तव्य हो। सिन्धुपाल्चोकमा साउन २१ को घटना देशको इतिहासमा कहिल्यै नभएको विपत्तिबाट मुक्त हुन नपाउँदै अस्ति रातिदेखि हिजो दिनभरी मध्य तराईका रौतहट, सर्लाही महोत्तरी धनुषामा विपद आयो।
अनेकौ कोशिष गर्दा पनि हेलिकप्टर उद्धारका लागि पठाउन सकेनौ। आज त्यी क्षेत्रमा अवस्था सामान्य हुदै आएको छ। कमल रातु बाग्मती लालबकिया नदिमा आएको बाढीले ठूलो क्षति पूर्‍याएको छ। क्षतिका सम्पूर्ण मूल्याकन हुन बाँकी छ।  हिजो रातीबाट पश्चिमका बाँके बर्दिया कैलाली कन्चनपुरमा बाढी आएको छ। बबइ नदिको बाढीले बर्दियको आधाभन्दा बढी भूभाग जलमग्न भएको छ। कर्णाली नदिपनि खतराभन्दा धेरै माथि आएर राजापुर क्षेत्रका ११ गाविस जलमग्न भएको छ।
सुर्खेतका विभिन्न ठाउँमा सानातिना खोलामा पनि बाढी आएर धेरै गाँउ डुवान छ। दाङमा पनि धेरै गाँउ डुवानमा परेका छन्। बाँके जिल्लामा राप्ती नदिको बाढीले पूर्वी बाँकेको एकतिहाई बढी क्षेत्र डुवान मा पारेका छ।
कोही रुखमा कोही घरको छतमा बसी कतिबेला हाम्रो इहलिला समाप्त हुने हो भनी कतिले त मलाइ पनि फोन गरे हामी अब खोलामा बग्दै छौ भने। मैले प्रजिअलाई सोध्दा स्थिति ज्यादै भयावह छ। बिहानसम्म पनि सुरक्षाकर्मी उद्धारका लागि जानसक्ने स्थिति बनेको थिएन। आज बिहानैदेखि राप्ती नदिको घेराबन्दीमा धेरै ठाँउ परेको छ। दिउँसो ३ बजेसम्म पनि आकास खुला हुन सकेको छैन। राजधानीको मौसमपनि प्रतिकुल हुदा हेलिकप्टर पठाउन सकिएन र कतिपय निजी हेलिकप्टर मध्यपश्चिममा नहुँदा काठमाडौका हेलिकप्टर र सेनाका हेलिकप्टर हिजैदेखि स्टयाण्ड बाइ राखिए पनि उड्न सकेन।
आज बाँके बर्दियाकेा स्थितिदेखि केही अनुभवी पाइलटहरुले साहस देखाइ एक एन आइ १७  बाँके बर्दिया र अर्को पुमा दाङ र सुर्खेतका लागि गएका छन्। के कति उद्धार भयो भन्ने विवरण आउन बाँकी छ। केन्द्रीय विपद व्यवस्थापन समितिको बैठक आजै बसी अझै दुई तिनदिन सम्म मौसममा सुधार आउन समय लाग्ने देखिएको छ। साउन २८ देखि अविरल वर्षाले तराईको भूभागमा बाढीले जनधनको क्षति भएको छ। मध्य पश्चिमका तराई र पहाडदेखि पूर्वी र मध्य तराइका जिल्ला बढी प्रभावित भएका छन्।
बाढीकै कारण राजापुर नपा र आसपास डुवान गुलेरिया डुवान राजमार्ग अबरोध भएको छ। धनुषा र महोत्तरीको रातु पुल भाचिँदा यातायात अबरोध भएको छ। कर्णाली पुलले पनि खतराका सीमा पार गरी वरपर डुवानमा परेको छ। कतिपय गाउँमा मानिसहरु उद्धारको प्रतिक्षामा बसेको भए पनि जान सकिएको छैन।
राप्ती राजमार्गको चारस्थानमा अबरोध,भएको छ। कोशीमा ३ लाख २ सय क्यमेक भन्दा बढी पानी आएको छ । पीडितलाई राहात र उद्धारका लागि सम्बन्धित जिल्लाका जिल्ला दैवि प्रकोप उद्धार समितिलाई खटाइएको छ। हालसम्म बाँकेबर्दिया दाङ र सुर्खेत बाहेक जाजरकोट ४ ललितपुर ३ अरु जिलाामा गरी १६ जनाको मृत्यु १८ जना घाइते, ११ बेपत्ता २३ घर पूर्णरुपले क्षति भएको छ। घाइतेलाई मौसमको प्रतिकुलताले उपचारका लागि ल्याउन सकिएको छैन। बाँके बर्दियाको क्षतिको विवरण आउन बाकिँ छ।
सुनकोसीको पहिरोले थुनिएको पानी निरन्तर रुपमा खोल्ने काम भएको छ। हिजो ५ बजे नदिको पानी ५४० क्यूमेकबाट आज ६ सय क्यूसेक पुगेको छ। नदिकिनारका मानिस आत्तिन थालेका छन्। अझै पनि तालमा ७५ लाख भन्दा बढी घनमिटर पानी छ। यसरी कटाउन सके एक हप्तामा तालको पानी खाली हुन सक्छ। केन्द्रीय दैवि उद्धार समितिको बैठकले सहसचिवको नेतृत्वमा तीनवटा सुरक्षा निकायलाई २४ घण्टा उद्धार खोजका लागि खटाउन सक्ने व्यवस्था सँगै सूचना संकलन गर्न सक्ने व्यवस्था गरेको छ।
मौसम अनुकुल हुनसाथ तुरुन्त पठाउन स्रोत साधन र जनशक्ति तयारी अवस्थामा राख्ने। राष्ट्रिय आपतकालिन केन्द्र र जिल्ला आपकालिन केन्द्रबीच निरन्तर सम्पर्क गर्ने। तराईका सबै क्षेत्रमा बाढी आएकोले त्यस क्षेत्रमा भारतसरकालाई बाधहरुको ढोका खोल्न परराष्ट मन्त्रालयबाट भारतसरकारलाई अनुरोध गर्ने।
बर्दियाको राजपुर क्षेत्र नजिकको भारतीय सुरक्षा पोष्ट खतरामा परेपछि नेपाली सुरक्षाकर्मीले गएर उद्धार गरेका छन्। विभिन्न मन्त्रालयहरुले पोष्ट मनसुन डिजास्टर मेनेजमेन्टलाई क्रियाशिल बनाउने निर्णय भएको छ।
सशस्त्र प्रहरी बलका सबै सुरक्षाकर्मीले केहीदिनको तलब राहात कोषमा दिने भएका छन्। मनसुनको प्रभाव थप केही दिनसम्म रहने अवस्था भएकोले सबै क्षेत्रमा सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।सरकारको आफ्नो हैसियत र क्षमताले भ्याएसम्म जनतालाई राहत उद्धारमा लागि रहेने छ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...