छोराको आशामा गर्भपतन गराउनेको संख्या बढ्दै

Loading...
Spread the love

भाद्र ६, काभ्रे । लिंग पहिचानपछि गर्भपतन गराउनेको संख्या बर्सैपिच्छे बढ्दै गएको छ। पाँचखालकी गीतादेवी (नाम परिवर्तन) ले दुई वर्षमा तीनपटक गर्भपतन गराइसकेकी छन्। छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा उनको स्वास्थ्य कमजोर बन्दै गएको छ।

Aborsan Bhurna‘गर्भपतन गराउनु मेरो रहर होइन, बाध्यता हो’, उनले सुनाइन्, ‘भिडियो एक्स रे गरेर हेर्दा गर्भमा छोरी रहेको थाहा पाएपछि छोराको आशामा परिवारकै करकापमा गर्भपतन गरेकी हुँ।’ उनले लिंग पहिचानपछि जिल्लाकै एक मेडिकलमा ६ हजार रुपैयाँ तिरेर गर्भपतन गराएकी थिइन्।

लिंग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। तीनपटक गर्भपतन गराइसकेपछि चौथोपटक गर्भपतन गराउँदा प्रमिला (नाम परिवर्तन) ले सदाका लागि पाठेघर गुमाइन्। उनले छोराको आशामा गर्भपतन गराएकी थिइन्।

‘छोराको आशामा गर्भपतन गराउँदा म कहिल्यै बच्चा जन्माउन नसक्ने भएँ’, उनले भनिन्, ‘सासूससुरा र पतिको दबाबमा छोराको आशामा गर्भपतन गराएकी थिएँ।’ २५ हजार रुपैयाँ तिरेर उनले १२ साताभन्दा माथिको गर्भपतन गराएकी थिइन्। लिंग पहिचानपछि चर्को रकम असुलेर जिल्लाका केही मेडिकल सञ्चालक र डाक्टरले लुकीछिपी गर्भपतन गराउँदै आएका छन्। गर्भपतन गराउनेमा ग्रामीण भेगका भन्दा सहरी क्षेत्रका शिक्षित महिला बढी छन्।

सरकारले १२ सातासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ। ‘गर्भपतन गराउनेको संख्या बढ्दोछ’, जिल्ला स्वास्थ्य कार्यालयकी गर्भपतन सेवा प्रदायिका बुनु कँडेलले भनिन्। बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चहनालगायत कारणले गर्भपतन गराउनेको संख्या बढेको उनले बताइन्।

उनका अनुसार गर्भपतन गराउनेमा १८ वर्षदेखि ३० वर्ष उमेरसमूहका महिला अत्यधिक छन्। विद्यालयमा पढ्दै गरेका स्कुले छात्रादेखि तीनवटा बच्चाकी आमा पनि गर्भपतन गराउन आउने गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सुरक्षित गर्भपतन गराउने ३० प्रतिशतले बढेका छन्। साउन मसान्तसम्ममा चार सय ५७ जनाले गर्भपतन गराएका छन्। जिल्लामा १५ वटा स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न अनुमति दिइएको छ।

लिंग पहिचानपछि गर्भपतन गर्ने र गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजाय व्यवस्था भए पनि अहिलेसम्म त्यसबारेमा कुनै उजुरी नआएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इन्चार्ज प्रहरी नायव निरीक्षक सीता श्रेष्ठले बताइन्। गर्भपतन गराउने स्वास्थ्यकर्मीले विशेष प्रकारको तालिम लिएको हुनुपर्छ। असुरक्षित रूपमा गर्भपतन गराउँदा बाँझोपन बढ्ने, पाठेघरको क्यान्सर हुने सम्भावना उच्च हुने चिकित्सकले बताए।

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...