आइतबार २६ मध्ये २२ सभासदको मनोनयन हुने

Loading...
Spread the love
भाद्र ६, काठमाण्डौ । आइतबार बस्ने मन्त्रिपरिषदको बैठकबाट २२ सभासदको मनोनयन गर्न बालुवाटारमा शुक्रबार दिउँसो कांग्रेस र एमालेको बैठक बस्दै छ।

कांग्रेसबाट ९, एमाले ८, एमाओवादी ४, राप्रपा नेपाल १

आइतबारको मन्त्रिपरिषदको बैठकबाट २६ मध्ये २२ सभासदको मनोनयन हुनेछ। २२ मध्ये कांग्रेसबाट ९, एमालेबाट ८, एमाओवादीबाट ४ र राप्रपा नेपालबाट एक BICCसभासद्को मनोनयन हुनेछ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सेतोपाटीसँग कुरा गर्दै भने, ‘अहिले संविधानसभामा दलहरुको आकार (५७५) लाई आधार बनाएर सरकारले सभासदको मनोनयन गर्न लागेको हो।’
यी चारबाहेक अन्य कुनै पनि दलले आफैँ प्राप्त गरेको मतअनुसार एउटा सभासद पनि पाउने नदेखिएपछि सरकारले साना दलहरुलाई मिलेर आउन भनेको छ। साना दलहरुबीच छलफल भई टुंगोमा पुग्न समय लाग्ने हुनाले २२ जनाको मनोनयन आइतबार नै हुने बालुवाटार स्रोतले बताएको छ।
शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस र एमालेलाई छलफलका लागि पर्याप्त समय दिन आइतबार सारेका हुन्। सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार भएका कसैलाई पनि २६ जनामा मनोनयन नगर्ने सहमति पार्टीहरुबीच बनेको छ।
संविधानसभामा उपस्थित नभएका जातजाति र राष्ट्रिय जीवनमा चिनिएका व्यक्तिहरुको प्रतिनिधित्व हुनेगरी २६ जनाको मनोनयन हुनेछ। ‘राष्ट्रिय जीवनमा चिनिएका भनिए पनि पार्टीसँग आवद्ध व्यक्ति नै मनोनयनमा पर्नेछन्,’ बालुवाटार स्रोतले भन्यो। कांग्रेसबाट मनोनयन हुने ९ जनामध्ये ४ जनाको सूची पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई थमाइसकेका छन्। ‘अध्यक्ष ओलीले नै नेताहरुसँग समन्वय गरेर हाम्रो लिस्ट तयार पार्ने सहमति बनेको छ,’ एक एमाले नेताले बताए।
कांग्रेस र एमालेबीच बालुवाटारमा शुक्रबार दिउँसो ४ बजे सुरु हुने बैठकमा दुवै पार्टीका पाँचपाँच जना शीर्ष नेताहरुको उपस्थिति रहनेछ। कांग्रेसबाट प्रधानमन्त्री कोइराला, देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी हुनेछन्।
‘कांग्रेस र एमालेबीचको वार्तालाई निरन्तरता दिनुपर्ने भएकाले पछि वार्तामा बस्ने सम्भावित नेताहरुलाई पनि प्रधानमन्त्री कोइरालाले बोलाउनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो। २६ सभासदका अलावा कांग्रेस र एमालेबीच सरकार गठनका समयमा दुई पार्टीबीच भएको सातबुँदे सहमति र संविधानका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। ‘संविधान निर्माणमा सहमति जनाउने समय केही हप्तामात्र बाँकी रहेकाले दुई पार्टीबीच गहिरोसँग छलफल अगाडि बढाउनुपर्छ भन्नेमा हामी पुगेका छौँ,’ ती एमाले नेताले भने।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...