वाहिरवाट जे देखिन्छ नी अदालत, त्यो हुदै होइन : प्रकाश वस्ती

Loading...
Spread the love

Justice Wasti 3 copyप्रकाश वस्ती गोर्खा जिल्लामा जन्मिएर जिवनको सम्पूर्ण पक्ष कानून र न्याय संग सम्वन्धित क्षेत्रमा विताउनु भएको ब्यक्ति हुनुहुन्छ । उहाँ ३२ वर्ष कानून ब्यवसायमा सक्रिय हुनुहुन्थ्यो, २१ वर्ष कानून अध्यापन पेशामा रहनु भयो, नेपाल वार एशोसिएसनको निर्विरोध महासचिवको रुपमा कार्य गर्नुभयो, कानून पत्रिकाको १८ वर्ष सम्म प्रधान सम्पादक एवं मुख्य भुमिकामा रहेर कार्य गर्नु भयो र २०६५ माघ ९ गते सर्वोच्च अदालतमा न्यायधिश भई अस्थायी रुपमा न्याय सम्पादनमा रहनु भयो र २०७० चैत्र २९ गते सर्वोच्च अदालतमा रहेको अस्थाई सेवावाट उहाँलाई अवकास दिइयो । उहाँ ५ वर्षको न्याय सेवामा ४ वर्ष उतकृष्ट न्यायधिशको रुपमा रहनु भयो । उहाँको पालाका वर्ष भरीको वढी मुद्दा छिन्ने न्यायधिशको रुपमा रहनु भयो । नेपालको इतिहाँसमानै न्यायधिस नियुक्तिको विषय चरम विवादमा परेको पटक उहाँ महासचिव अवकास पाउनेमा हुनुहुन्थ्यो । न्यायपालिका र त्यहाँ हुने गरेका कतिपय सकारात्मक र अस्वच्छ खेल लगायत न्यायपालिकालाई चुस्त दुरुस्त वनाउन के गर्नु पर्ला भन्ने लगाय विषयमा nepalkanoon.com का तर्फवाट कानून पत्रकार द्वय हरिप्रसाद मैनाली र राम तिवारीले गर्नुभएको कुराकानी ।

नेपालको संविधानले परिकल्पना गरेको जुन न्यायपरिषद् छ, संविधानको परिकल्पना र यसको कार्यको तादाम्यता मिलेको छ कि छैन ?

नयाँ संविधानमा ११ सदस्यीय नयाँ न्यायपरिषद्को गठनको बारेमा सहमति बनिसकेको छ र न्यायपरिषद्ले गरेका कार्यहरू गम्भीर विवादमा परेको कुरा सर्वविदितै छ । यो सबै किन भइरहेको छ भन्ने कुरा स्वयम् न्यायपरिषद्ले र यसको मूल्याङ्कन गर्नेहरूले सहजै बुझ्ने कुरा हो । यदि कसैले आफ्नै घरमा आगो लगाई जलाउँछ र समाप्त पार्छ भने उसले जस वा अपजस के पाउने भन्ने विषय बोलिरहन पर्दैन ।

वर्तमान न्यायपरिषद्को औचित्यता संवैधानिक दृष्टिकोणबाट स्वतन्त्र ढंगले गठित परिषद् र उक्त परिषद्मार्फत नियुक्त न्यायाधीशहरू स्वतन्त्र र सक्षम हुन्छन् जसले स्वतन्त्र न्यायपालिकाको औचित्यता स्थापित गर्छन् भन्ने हो तर न्यायपरिषद्को भूमिका संविधानको मनसायसँग मेल नखाएकै हो ?

कुनै पनि संस्था आँफैमा असल हुँदैन न खराब नै । त्यसका सञ्चालक व्यक्ति जो जो सहभागी हुन्छन् त्यही नै जवाफदेही हुन्छन् । संस्था अमूर्त चिज हो । राम्रो नेतृत्व दिए राम्रो बन्छ नराम्रो भए परिणाम सही आउने कुरै रहेन । तसर्थ न्यायपरिषद् आँफैमा खराब संरचना होइन तर त्यसका सञ्चालक र जिम्मेवार व्यक्तिकै कारणबाट त्यसको सफलता र असफलताको निक्र्योल हुने गर्दछ । न्यायपरिषद्को विषयमा म आफूले बोल्ने विषय पूर्वाग्रही भएर आएको भन्ने पनि हुन सक्ला किनकि म स्वयम्लगायत राम्रो आचरण भएका र क्षमतावान ११ जना न्यायाधीशहरू न्यायपरिषद्बाटै पीडित भएका पक्ष हौं । उदाहरणको लागि न्यायाधीश नियुिक्तमा मापदण्डको रटान लगाइयो तर मापदण्ड कसैलाई ल्याउन वा कसैलाई हटाउन आवश्यकताअनुसार ल्याउने र परिवर्तन गर्ने अभ्यास रहेको छ ।

मेरै सवालमा कुरा गर्ने हो भने मापदण्डकै कुरा गरियो । पछिल्लो समयमा म पनि फालिएँ र मापदण्ड पनि फालियो । सेवा अवधि पाँच वर्ष नभईकन न्यायाधीश बन्न मिल्दैन भन्ने मापदण्ड ल्याइयो । त्यसको तर्क के राखिएको थियो भने पाँच वर्ष नपुगेका न्यायाधीशको पेन्सन तलब सुविधालगायत ग्यारेन्टी नहृुने हुँदा त्यसले घुस खान्छ र न्यायसम्पादनमा बाधा सिर्जना हुन्छ तर मेरो हकमा त लागू भएन नि ! मेरो हकमा पाँच वर्ष सेवा गरे तापनि न न्यायाधीशका लागि योग्य बनें न त पेन्सन तलब सुविधाको लागि । तसर्थ यी सबै न्यायपरिषद्ले ल्याएका मापदण्ड कसैलाई न्यायाधीश बनाउन वा नबनाउनकै लागि थिए भन्ने कुरामा शंका रहँदैन ।

Justice Wasti 1किन यस्तो गरिन्छ त ?

यस्तो हुनुको पछाडि हामीमा रहेको इमान्दारिताविहीन व्यवहार र आचरण नै हो जो व्यक्तिगत र निहित व्यक्तिहरूको इच्छा र स्वार्थमा केन्द्रित रहेको छ । अन्य मुलुकका राजनैतिक कानूनी र अन्य अभ्यासलाई हेर्ने हो भने उनीहरू आदिमकालका बाँदरबाट मानिसको रूपमा रूपान्तरण भए र अझ उच्च उत्कृष्टताको खोजीमा छन् भने हामी बाँदरबाट केही मानिसको रूपमा विकसित अवस्थालाई पुन बाँदरकै प्रवृतिमा विकास गरिरहेका छांै ।

अहिले जुन नयाँ न्यायपरिषद्को प्रस्ताव आएको छ जसमा संसदबाट समेत २ जना प्रतिनिधि रहने भन्ने रहेको छ, यसले के स्वतन्त्र न्यायपालिकाको न्यायाधीश नियुक्तिको प्रक्रियामा संसदीय हस्तक्षेप रहने स्थिति त रहन्न ?

पुनरावेदन अदालतका न्यायाधीशहरूको नियुक्ति भयो । न्यायाधीशहरू पार्टी कार्यलयमा धन्यवाद ज्ञापन गर्न गए, कतिले अनौपचारिक कृतज्ञता ज्ञापन गरे, त्यो हस्तक्षेप हो कि होइन ? पार्टीले यो यो व्यक्तिलाई न्यायाधीश बनाउने भनी सिफारिस गरेको त रहेछ नि । त्यस्तै वर्तमान न्यायपरिषद्को संरचनागत र गठनको हिसाबमा स्वतन्त्र न्यायपालिकाको अवधारण विपरीत भन्न मिल्दैन तर महत्वपूर्ण कुरा त्यहाँ भएका व्यक्तिहरूको कार्य र इमान्दारिता नै हो । इमान्दारिता रहे कोही र कुनै संस्थाको प्रतिनिधित्वले यसमा खासै असर पार्दैन । हामीमा भएको चरित्र गल्ती गर्ने तर त्यसलाई स्वीकार नगर्ने र गल्तीलाई निरन्तरता दिदै जाने जुन छ सबैभन्दा ठूलो समस्याको विषय नै यही हो ।

त्यसोभए सवै समश्या हाम्रो आचरण नै हो त ?

हो, हाम्रो समाजका बुद्धिजीवी भनाउँदा मैले भन्नेगरेको शब्द बाबु (बाम बुद्धिजीवी), काबु (कांग्रेस बुद्धिजीवी) लगायत विभिन्न दलगत बुद्धिजीवीहरू आफू संलग्न भएको पार्टीले गरेका जुनै पनि कार्यलाई उत्कृष्ट देख्छौं र अरूले गरेका सही कार्यहरूसमेत पाच्य हँुदैन । यो पनि हाम्रो समाजको पछौटेपनको एउटा प्रमुख पक्ष हो ।

हिजो न्यायपरिषद् स्वतन्त्र थियो र अब आउनेले स्वतन्त्र भएर काम गर्न पाउँदैन कि भन्दा पनि नयाँ बन्ने न्यायपरिषद्मा कस्ता व्यक्ति आउँछन् र उनीहरूको आचरण कस्तो रहन्छ भन्ने कुराले नै यसको औचित्यता र स्वतन्त्र न्यायपालिकाको औचित्यता पुष्टि गर्ने हुने हुन्छ ।

अहिलेसम्म न्यायपालिकामा न्यायाधीश नियुक्ति हुनको लागि न्यायपरिषद्का प्रत्येक सदस्यलाई कण्ठ हुने र न्यायाधीश नियुक्तिको १ नम्बरको वास्तविक मापदण्ड जन्म मिति हो भन्ने कुरा चर्चामा छ, यो वास्तविक हो वा होइन ?

वास्तवमा पहिला यस्तो थिएन र म यो छ पनि नभनौं । मसँग घटेकै घटना चाहिँ के छ भने म रोलनम्बर ५ को न्यायाशिस थिएँ र मलाई तपाई केही तल बस्नुहोस् भनी प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले भन्नुभयो । उहाँले मलाई बारम्बार फकाउनुसमेत भयो । यस्तो तलमाथि भइरहन्छ तपाई प्रधानन्यायाधीश भइहाल्नु हुन्छ । २ दिन भए पनि हुने नै हो न्यायाधीश भए पनि प्रधानन्यायाधीश भए पनि गर्ने फैसला नै हो । यो कुरा मैले सार्वजनिक गरेपश्चात पनि उहाँसँग मेरो जम्काभेट भयो तर उहाँ मसँग केही बोल्न सक्नु भएन । उक्त कुरा भनेको थाहा पाउने व्यक्ति साक्षी डा. रामकृष्ण तिमल्सिना हुनुहुन्छ । मलाई उहाँले बोलाउनु भएको थियो । म गएँ । उहाँको मन्दिरमा बसेर कुरा गरिरहेका थियौं । कुरा हुँदाहुदै डा. तिमल्सिना आउनुभयो र दामोदरप्रसाद शर्माले उउ…ल अर्को न्यायाधीशको उमेद्वार आउनुभो भन्दै भन्नुभयो । मलाई उहाँले सम्झाइरहेको हुँदा डा. तिमल्सिनालाई मेरो मन्दिर घुमेर आउनुहोस् भनी पठाउनुभयो र मलाई धेरै सम्झाउनु भयो । मैले भने जो व्यक्तिले आफूलाई न्याय गर्न सक्दैन उसले अरूलाई न्याय दिन सक्दैन । मैले मेरो वास्तविक अवस्थाकै आधारमा व्यवहार गर्न भनें । अर्को प्रसंगमा के चोलेन्द्रभन्दा मुनि गएर बस्ने त म भन्दा उहाँले त्यत्रो मुनि त होइन भन्नुभयो । यो कुरा कसैले भनेको होइन मलाई मनमा लागेर तपाईंंलाई भनेको हो तपाई रातभरि सोच्नुहोस् अनि मलाई भन्नुहोस् भन्नुभयो । यो कुरा डा. तिमल्सिनाले समेत सुन्नुभएको छ त्यसपश्चात मैले सोच्नुपर्ने कुरा नै के छ र भनेर निस्किएँ ।

त्यसभन्दा अगाडि पनि गोपालभन्दा तल बस्न भन्दै प्रस्ताव गरिएको थियो । यी यावत कुराले तपाईंले उठाउनुभएको जन्ममितिको कुरा गलत हो भन्न सकिन्न । त्यसपश्चात उपेन्द्रकेशरी न्यौपानेलाई मैले फोन गरें र उहाँले पनि तपार्इं हरिहर दाहालभन्दा तल बस्नुहोस् न भनेर भन्नुभयो र मैले पनि प्रक्रिया र स्वभाविक मूल्याङ्कनमा दिने भए जिम्मेवारी देऊ नत्र म नै त्यहाँ हुनैपर्छ भन्ने पनि केही छैन भन्दै कसैले भनेका कुरा नसुनी बसेकै कारण पनि मेरो आफ्नो स्थायी नियुिक्तको सवालमा समस्या परेको हो ।

त्यस्तै म एउटा रामाइलो घटना सुनाउछु – सर्वोच्चमा प्रधान न्यायधिसले सफथ खाएर आए पश्चात पहिलो दिन प्रधान न्यायधिशले सर्वोच्चका सवैलाई एकै ठाउँ वोलाएर निर्देशन वा सुझाउने चलन छ । श्रीमान मिनहादुर रायमाझी भएको वेलावेलाको कुराहो, त्यसैक्रममा गोपाल पराजुली पूनरावेदनका न्यायधिस पनि त्यहाँ आउनुभयो उहाँ म सँगै वस्नु भयो । कार्यक्रम चलिरहेको थियो, प्रधान न्यायधिश वोलिरहनु भएको थियो । म ध्यान प्रधान न्यायधिश तर्फ केन्द्रित गरिरहेको थिए । उहाँले मलाई अप्रासङ्गिक प्रश्न सोध्नुभयो – श्रीमान तपाइलाई सुगर छहै ? कतिन थाहानै भए जस्तो गरेर । म छक्क पर्दै प्रधान न्यायधिश तिर ध्यान दिदै उता नहेरी छैन भने । केहि वोल्नुभएन केहि वेरमा पुन अर्को प्रश्न गर्नु भो – त्यसो भए प्रेसर त होला है ? म झन चित आए र उता हेर्दै नहेरि भनिदिए, छैन । उहाँले अचम्म मान्दै हँअ.. भन्नुभयो, म झन चकित परिरहेको छु के र किन सोधेको होला भनेर । अनि पुनः अर्को प्रश्न गर्नु भो त्यसो भए युरिक एसिड त पक्कै छ । मैले उतानै नहेरी छैन भनिदिए । झन भस्कनु भयो । जव कार्यक्रम सकिएर वाहिर आइयो अनि मैले एकजना मेरै क्लासमेट सर्वोच्चको न्यायधिश हुनुहुन्थ्यो, उहाँलाई यस्तो यस्तो भयो भनेर किन के भएर यस्तो प्रश्न भनेर सोद्धा उहाँले भन्नु भो तपाई भक्खर आउनु भाछ, यहाँ जुनियरले घरमा विहान वेलुकै सिनियर मरिहालोस भनेर धुपहाल्ने अनि यहाँ आएर चिल्लो घस्ने संस्कार धेरैमा छ । यस्ता कति छन कति वुदै जानुहुन्छ भने पछि म आवक भएको थिए ।

भनेपछि न्यायाधीश नियुक्तिको प्रक्रिया नै न्यायपूर्ण छैन भने अदालतबाट न्यायको के अपेक्षा गर्न सकिएला त ?

न्यायाधीश नियुक्तिमा समस्या नभएको भन्न सकिन्न त्यो स्पष्ट नै छ । यी अस्वच्छ खेलबाहेक अरू पनि धेरै छन् यस्ता घटनाहरू । तपाई तयार बन्नुहोस् न म सारा बेहोर्न तयार छु भन्नेसमेत आउँदा रहेछन् । मलाई एउटा ठूलो पत्रिका कै पत्रकारले नै भन्नुभयो कि तपाईंलाई स्थायी गर्ने, प्रधानन्यायाधीश बनाउने जिम्मा मेरो भयो म खर्च गर्छु भन्ने ठेकेदार समेत आएका थिए । हुन त उनले गर्न सक्थे वा सक्दैन थिए मलाई थाहा छैन ।

रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुँदा एकजना अदालतको स्टाफ सेक्सन अफिसर उहाँको श्रीमतीकोमा भेट्न गएछन् र भनेछन्– ‘म्याडम श्रीमान् अलिक अफ्टेरो हुनुहुन्छ, भविष्यको जोहो पनि गर्नु पर्दछ, ७।८ महिना पछि त श्रीमान् पनि हिडिहाल्नु हुन्छ, केही पनि गर्न पर्दैन, काम म खोजेर ल्याउँछु, न्यायाधीश मै भन्छु त्यो हालिदिनु पर्छ, अलि अलि भविष्यको त जोहो गर्नै पर्छ म्याडम’ भनेर भनेछ । रामप्रसाद श्रीमान्ले उक्त कर्मचारीलाई भोलिपल्ट नै हुम्ला सरुवा गरिदिनु भएको थियो । उसले पनि त्यसको केही दिनमा नै राजिनामा ग¥यो । अनि एउटा भेटमा रामप्रसाद श्रेष्ठ श्रीमान्ले मसँग भन्नुभयो– बुझ्नु भो वस्ती श्रीमान् त्यो व्यक्ति राम्रो मान्छे सरुवा गर्नु हुन्न भनेर मलाई कसले कसले भन्यो नाम सुन्नुहुन्छ भनेर मलाई नाम टिपाउनुभएको छ त्यो उहाँको अनुमतिविना म भन्दिन । यी यावत कुराले त न्यायालयभित्रका गतिविधि र न्यायाधीश नियुक्तिका विषय के रहेछन् भन्ने त प्रष्टै हुन्छ तर यसको सीमा र हद पनि नेतृत्व र उसको कुशलता वा अकुशलताले नै निर्धारण गर्दछ ।

म न्यायाधीश स्थायी हुने क्रममा मेरो भाइलाई गएर के भनियो भन्दा तेरो दाजु इडियट रैछ, हामीसँग मिल्यो भने तेरो दाजु खरबपति हुन्छ, तँ अरबपति हुन्छस्, भाइले यस्तो कुरा आएको भनी सुनाएपश्चात मैले भने– ‘आइन्दा यस्तो कुरा नगर म आधा पेट खान्छु, । मेरो ९२ वर्षको आमाको १ थोपा रगत खानु र घुस खानु मेरो लागि उस्तै हो’ भनिदिएँ । त्यही कुरामा अडिग रहे र खाना पाइन भने बरू मागेर खान्छु नि भनेर पठाइदिएँ । मैले मेरो सेवा अवधिभर एक दाम पनि खाइन र यस्ता कुराले न्यायलयभित्र कसलाई कुन रोल नं.मा राख्ने कसलाई प्रधान न्यायाधीश बनाउने विषयमा बढो ठूलो कुटनीतिक खेल हुन्छ । यसलाई सिन्डिकेट भने पनि फरक पर्दैन र यसमा प्रयोग हुने पात्रलाई चाहिँ विचौलिया भनिदो रहेछ।

Justi Wasti 2 copyतपाई पनि त मुसिनुभाको होला नि कुनै यस्ता विषयमा ?

हेनुहोस, मैले इमान्दारितापूर्वक कार्य गरें यो मेरो पक्ष हो तर मेरो नाममा नै कसैले खाइदिएको पो छ कि त्यो पनि एउटा शङ्खा गर्ने ठाउँ चाहिँ हुँदो रहेछ ।
एकपटकको घटना म संग संवन्धित योे पनि यो प्रकाशित गर्नुभए हुन्छ – मुद्दा ठूलो थिएन । तारिखमा छोड्नु पर्ने थियो र फायलका आधारमा छोड्न मिल्ने पनि थियो र छोड्ने निर्णय पनि भयो । त्यसको लागि मुद्दाको पक्षवाट वकिल महादेव यादव, शम्भु थापा र वोर्णवहादुर कार्की आउनुभएको थियो । अनि मैले नि सुनें एउटा हल्ला चलाइयो छोडाउनलाई सर्वोच्चमा १७ लाख रुपियाँ खर्च भयो । त्यसमा अर्को न्यायाधीशलाई आधा दिए तापनि मैले आधा खाएको देखियो नि त ? त्यसपश्चात मैले वोर्णवहादुर कार्कीलाई भटेरै भनें वोर्णजी मैले १ पैसा खाएको छैन र यदि मेरो नाममा पैसा असुल भएको छ भने म फिर्ता गराइदिन्छु । म पत्रकार सम्मेलन गरेर भए पनि फिर्ता गराइदिन्छु भनें, पछि जो १७ लाख रुपियाँ खर्च गरेको भनिरहेका थिए तिनैले नै यो केही भएको होइन भन्न थाले कुरो त्यतै मिलाए । यस्तो रमाइलो तितो सत्य पनि मसँग अनुभव छ । मैले पक्षकै कानून व्यवसायीलाईसमेत बोलाएरै उक्त कुरा गरेको हुँ र वस्ती श्रीमान्ले खाएकै हो भनेमा म फिर्ता गराइदिन्थे ।

ए ए, भनेपछि अरू श्रीमान्हरूले पैसा लिएर फैसला गर्ने चलन छ ?

त्यो त मलाई थाहा नै भएन । कसैले मैले यति लिएको छु भन्ने कुरा पनि भएन, आफू आफ्नो काममा लागिन्थ्यो त्यो थाहै भएन । तर एउटा मैले पाएको अदालतमा नै बढी आदर्शका र सिस्टम बसाउनु पर्छ भन्दै हिंड्नेहरू नै सबैभन्दा बढी गलत भएको मैले अनुभव गरेको पनि छु ।

तपाईंलाई न्यायालयमा रहेको समयमा गरेको कुनै कार्य छ जसले तपाईंलाई ग्लानि भएको छ ?

मैले एउटा कुरा मानेकोमा मलाई खेद छ – अनुसन्धानको लागि एक विकृतिविहीन न्यायपालिकासम्बन्धी अध्ययन गर्ने एक कमिटी बनेको थियो, श्रीहरि अर्यालको नेतृत्वमा । म पनि त्यसमा थिएँ । त्यस अध्ययनमा मान्छेको नाम थिएन तर प्रवृति सबै थियो । बाहिरबाट जे देखिन्छ नि अदालत, त्यो हुँदै होइन अदालतको भित्री रूप अर्कै छ । मुनिपट्टि धुलै धुलो भए तापनि माथि सुन्दर कार्पेट हालेजस्तै मात्रै छ न्यायपालिका । जब आन्द्राभुडी निस्कन्छ नि के हुन्छ ? थाहा छैन ।

उक्त कमिटीको रिपोर्ट तयार भयो र उक्त रिपोर्ट हेरेपछि खिलराज रेग्मीले सबै कुरो नराखौं कार्यान्वयन गर्ने हामीले नै हो अनि सबै कुरा मनमा राखे भैगो नि किन लेख्ने ? किन पब्लिक गर्ने ? भन्नु भयो । त्यसपश्चात त्यसको ४ भागको ३ भाग छाँटियो । मैले पनि यो कुरा माने यसमा मलाई अझ पनि ग्लानि छ । न्यायपालिकाभित्र कति भ्रष्टाचार हुन्छ ? कसरी हुन्छ ? विकृतिहरू कसरी मौलाउँदै छन् भन्ने कुराको खोज गरिएको थियो । मसँग एकप्रति त छ तर त्यो औपचारिक प्रकाशन बन्न सकेन ।

न्यायपालिकाको यस्तो अवस्थाबाट निकास र स्वच्छ न्यायालयको स्थापनाको बुँदागत पक्ष के के हुन सक्दछन् त ?

वर्तमान समयमा अदालतप्रतिको आस्था अत्यन्तै कमजोर भएको छ । जसले गर्दा कुनै पनि उत्कृष्ट न्यायसम्पादनमा समेत कसैले विश्वास नगर्ने वातावरण बनेको जस्तो देखिन्छ । यी सबै कुरा म संयमित भएर बोलेका कुरा हुन् । मसँग प्रमाण छन् र न्यायालयको सबै पक्ष नजिकबाट हेर्ने अवसर पाएको छु ।

मैले मेरा दुई सपनामध्येमा न्यायपालिकासँग सम्बन्धित जुन विकृतिविहीन न्यायपालिकाको रिपोर्ट थियो त्यसलाई कार्यान्वयन गर्ने र अदालतबाट नै एउटा नियमित कानूनी समाचार प्रकाशित गर्ने समाचार अनलाइन शुरु गर्ने जो तपाईंहरूले सुरुवात गर्नुभएको रहेछ मलाई पनि खुशी लाग्यो । निरन्तरता र प्रभावकारिताको लागि शुभकामना छ मेरो ।

अदालतभित्र सबै खराब छ भन्ने भान प-यो होला सबै कुराकानीले तर अदालतले राम्रा काम पनि गरेको छ र राम्रा मान्छेहरू पनि छन् र हाल अदालत टिकेको पनि यिनै केही राम्रा मान्छेकै कारणले हो र टिक्छ पनि, यस्तै विषयको उजागर गर्ने उदेश्य मेरो थियो ।

राम्रा भनिएका मान्छेलाई काम गर्न कत्तिको चुनौतिपूर्ण छ र तिनले आफु स्थापित भएर न्यायालयलाई सुधार गर्न सम्भव छ कि छैन त ?

राम्रा मान्छेलाई काम गर्न चुनौतिपूर्ण छ र नराम्रो पक्षको पल्ला भारी हुदै गएकोमा दुःखी पनि छु । न्यायपालिकाको नेतृत्व र अन्य क्षेत्रबाट समेत सकारात्मक वातावरण नबनाई अघि बढेमा न्यायपालिका ठूलो जोखिममा छ । समयमा चेत नफिरे धुरुधुरु रुनुको विकल्प रहँदैन तर राम्रा मान्छेले न्यायालयमा न्यायपालिकाको साख बचाउने गरी आफूलाई स्थापित गर्ने विषयमा म आशावादी छु । अहिले नै अनियन्त्रित अवस्थामा भने छैन ।

न्यायपालिकामा तपाई रहँदा तपाईंको ५ वर्षको सेवा अवधिमा ४ वर्ष उत्कृष्ट न्यायाधीशको रूपमा रहनु भयो र तपाईंको प्रभावकारिता देखिएको समेत छ तर पनि तपाई न्यायाधीश बन्न किन अयोग्य हुनुभयो ?

ममात्र नभई मलाई निकाल्नको लागि अन्य राम्रा न्यायाधीशहरूसमेत बाहिरिनु परेको वास्तविकता छ । जसका कारणबारे माथि नै भनिसकेको छु । म बेस्ट थिएँ त भन्दिन तर म बेइमान र अयोग्य चाहिँ थिइन र होइन ।

स्वतन्त्र न्यायपालिका बनाउने हाम्रो अभियानमा सहयोग पुग्ने गरी कुनै कुरा जसले न्यायपालिकालाई सकारात्मक बनाउन सहयोग पु-याउने कुरा भए ?
न्यायपालिकालाई धरासायी बनाउन कुनै तत्वको आँखा लाग्या छ । मेरो विषय महत्वपूर्ण होइन । मापदण्डको नाममा हामीले नियुक्ति नदिएर २३ जनालाई घर पठायौं । ११ जना पुनरावेदनका मुख्य न्यायाधीश छन् । हामीले चाहेको भए तिनीहरू सर्वोच्च आउँथे जो अत्यन्त कुसल र न्यायपालिकाका संपती थिए । तिनीहरू आएको भए जो अहिले भएनि ति हुदैन थिए । ३५।४० वर्षको अनुभव भएका र राज्यले करोडौं लगानी गरेर क्षमतावान बनाएका त्यस्ता न्यायाधीशहरूलाई गहलत्याउनु न्यायाधीश नियुक्तिमा मापदण्डको नाममा मनपरी छ भन्ने नै हो । मेरो त एक व्यक्तिको विषय यी सबैजना पीडितको अघि गौंण नै हुन्छ मेरो विषय । केशरीराज पण्डित उहाँलाई मैले नै नम्बर दिनुप¥यो भने मलाई ४० दिंदा उहाँलाई ६० दिन्छु, केशवप्रसाद मैनाली, लोकेन्द्र मल्लिक, एकराज आचार्य लगायत यिनीहरूलाई जानाजान नियोजित रूपमा हटाइयो ।

अनि अर्को समश्या, जो लोकसेवा पास गरेर आएका व्यक्तिहरू छन् उनीहरू जिल्ला न्यायाधीश हुन धौधौ हुने त्यही परीक्षामा फेल हुने सर्वोच्चमा न्यायाधीश हुनेसम्मका मापदण्ड बनाइए । यस्ता पक्षलाई हेर्दा वास्तवमा नै क्षमताको आधारमा न्यायाधीश बनाउने कुरामा कुनै विश्वास नगरिएको नै हो । को ल्याउनु पर्नेहो त्यसअनुरप मापदण्ड वनाउने कस्लाई हटायनुछ त्यस्तै वनउने, न्यायाधीश जो लामो समय न्याय दिने काम गरे यिनीमाथिको अन्याय कसले खोज्ने र कहाँ गएर खोज्ने ?

तपाईंले एउटा तत्वको बारेमा कुरा गर्नु भयो त्यो तत्व नेपाली कि विदेशी ?

त्यो म किटान गरेर नभनौं त्यसको रूप जस्तो नि हुनसक्दछ र नेपालका बलिया संस्थाहरूलाई ध्वस्त बनाउने एउटा अभीष्टका साथ काम गर्ने जुन तत्वहरू छन् तिनीहरू क्रियाशील छन् । यहाँ कसैलाई दोष दिनेभन्दा पनि खेल्ने र भूमिका प्रदान गर्ने काम त हामीबाट नै भएको हो नि ।

श्रीमान्ले भनेको कुरा श्रीमान खिलराज रेग्मीे प्रधानमन्त्रीको रूपमा नियुक्तिसँगै विकास भएको हो ?

यो जे पनि हुन सक्छ र त्योभन्दा पहिलाबाट नै यो सक्रिय थिएन भन्न सकिन्न । यी सबै घटनाले न्यायपालिकाको अनास्था विकास गरेको छ र गर्न ओजिएको पनि यहि हो, यसले त न्यायपालिकाको मर्यादा नै खस्किरहेको छ नि मेरो चिन्ता नै यही हो । अहिले पनि यो कुरालाई बचाएर लग्ने अवस्था भने जीवितै छ तर यसको अर्थ यस्तो नलागोस् कि मलाई न्यायाधीश बनाएपछि सब ठीक हुन्छ, यो होइन । मेरो त कथा नै सकियो । त्यहाँ जुनियर भएर जाने कुरा भएन । मैले सिधै प्रधानन्यायाधीश दिने कुरो आएन । अदालतमा मैले अघि नै भनें राम्रा मान्छे छन् मेरो अनुभवका आधारमा न्यायपालिकाभित्र भएका जिम्मेवार हैसियतमा रहेकाहरू जो योग्य छन् ती इमान्दार छैनन्, जो इमान्दार छन् ती योग्य छैनन् र जो योग्य र इमान्दार पनि छन् ज्यादै थोरै छन् । न्यायालय खास तिनै ज्यादै थोरैबाट चलिरहेको छ ।

तपाई यति योग्य, काबिल हुनुहुन्छ तर एक नं. घुसिया, यस्ता जति छन् तिनमा लाज, घिन, शर्म, पाप, डर केही नै छैन । लाज परित्याग गरेको व्यक्तिले संसारै जित्छ भन्ने एउटा श्लोक नै छ नि ‘एकां लज्जां परित्यज्य सर्वत्र विजयी भवेत्’ त्यस्तै भएको छ । म मूल्यमान्यताको पक्षमा हुने हुँदा पहिले नै स्थायी हुन आएको प्रस्तावसमेत सामान्य रूपमा लिएको थिएँ तर पनि मलाई नै प्रक्रिया र योग्यताको प्रपञ्च लगाइयो र हुदाहुदै हटाइयो पनि ।

तपाईंलाई लागेका अन्य कुरा केही छन् कि ? राज्यले तपाईंको क्षमतालाई अब कसरी प्रयोग गरोस् भन्ने लागेको छ ?

न्यायाधीश बनेर सेवा गरेपश्चात हामीमा पनि कानूनले नै केही सीमा निर्धारण गरिदिएको छ । हामी कानूनी बहसमा जान पाउदैनौ र मैले गर्न मिल्ने भनेको जम्मा मानवअधिकार आयोगको अध्यक्षको जिम्मेवारी । हुन त म न्यायाधीश भएर काम गरुञ्जेल न्यायसम्पादनमा कति योगदान गर्न सकें त्यो मूल्याङ्कन मैले गर्ने होइन तर वास्तवमै यसै जिम्मवारीका कारण सार्वजनिक र सामान्य जीवनयापन गर्ने पक्ष पनि गुमाएको छु ।

म एउटा रमाइलो समस्या सुनाउँछु – म एकदिन डिल्लीबजार जानलाई घर आगाडीवाट माइक्रो बसमा चढें, माइक्रोको पछाडि बसेको एकजना मानिसले ठूलो स्वरमा वस्ती श्रीमान् नमस्कार भन्यो, त्यो मान्छे को हो म चिन्दिन अब कयौ मुद्दा फैसला गरिएको छ । जस्तै सही फैसला भए तापनि मुद्दाको हार्ने पक्षलाई त ठीकै भयो भन्ने त लाग्दैन । मलाई पिट्छ कि के गर्छ पूरै डर लाग्यो । बारम्बार मेरो बारेमा के तपाईंजस्तो मान्छे प्रधानन्यायाधीश हुनुपर्ने, तपाईंजस्तो मान्छेलाई निकाले है लगायत भन्दै कुरा गर्न थाले पश्चात माइक्रोको ड्राइभरसमेत फर्केर हेर्न थाल्यो सबै मलाई नै हेरिरहेका थिए । प्रशंसा गर्न थालेपश्चात डर चाहिँ हरायो, त्यसपश्चात म लैनचौरमा नै अरू नै यात्रुले रोकेको मौका पारी ओर्लिएर हिंड्दै गएको छु । त्यस दिनबाट म सार्वजनिक यातायात चढ्न छोडें । म सार्वभौम राज्य नेपालको सर्वोच्च अदालतको पूर्व न्यायाधीश त हो नि , म त्यो इज्जतमा दाग लगाउन चाहँदिन । मैले राज्यलाई इज्जत गर्छु । हिंडेर गए त बरु कसैले नचिन्ने । मास्क लगायो हिंड्यो, ठाउँमा पुगेपछि खोल्यो ।

अन्त्यमा के भन्नु छ की ?

म आफूले सेवा गरेको न्याय क्षेत्र म त अव सेवामा जनताको मन जित्न सक्ने सवैको विश्वासको केन्द्रको रुपमा विकास होस भन्न चाहन्छु । यो नै मेरा ठुलो सन्तुष्टीको पक्ष हुने छ । कैले यि जे जती कुरा ब्यक्त गरे त्यो न्यायपालिकालाई कम्जोर वनाउन नभई त्यहाँको विकृतिको अन्त्य होस भन्ने नै हो । तपाईहरुले सम्झेर आइदिनु भयो यस्मा धन्यवाद छ । तपाईहरुले गरेजस्तो कानूनी अनलाइन चलाउने मेरो पनि इच्छा थियो तपाइहरुले शू्ुरु गर्नु भएछ । राज्यलाई योगदान गर्ने काम जस्ले गर्दा पनि राम्रो नै हो प्रगतिको कामना गर्दछु ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...