गौशालादेखि चाबहिल सम्म अब फ्लाई ओभर सडक

Loading...
Spread the love

भाद्र १५, काठमाण्डौं ।  चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चाबहिल खण्डमा अब फ्लाई ओभर सडक बन्ने भएको छ । उक्त परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म करिब २ किलोमिटर लामो फ्लाई ओभर निर्माण हुने भएको छ । फ्लाई ओभर चार लेनको हुनेछ ।

fly over road

चीनको प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत फ्लाइ ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ । पहिलो फेज अन्तर्गतको कलंकी–कोटेश्वर खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ। दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्मको सडक निर्माण गरिनेछ ।

गौशाला र चाबहिलसम्मको सडक खण्ड भने त्यसपछि मात्र निर्माण गरिनेछ । चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन सरकार तयार भइसकेको छ । उनले गौशाला–चाबहिल क्षेत्रमा अत्यधिक घर रहेको र उक्त घर भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउन लागिएको बताए ।

परियोजनाले फ्लाई ओभर निर्माण भन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको थियो । तर पशुपति क्षेत्र भएकाले सुरुङ मार्ग बनाउने क्रममा कुनै पुरातात्विक वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकाले फ्लाई ओभर बनाउने निर्णय भएको हो ।

गौशाला चोकदेखि चाबहिल चोकसम्मको दुरी १ दसमलव ३९ किलोमिटर भए पनि फ्लाई ओभर भने त्योभन्दा केही लामो करिब २ किलोमिटरको हुनेछ । चार लेन फराकिलो उक्त फ्लाई ओभरबाट चक्रपथ परिक्रमा गर्ने सवारी तथा बौद्धतर्फका सवारीसमेत चाबहिल चोकबाट आउजाउ गर्न मिल्ने बनाइनेछ ।

परियोजनाका अनुसार चिनियाँ कम्पनी हेनान प्रोभिन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेडुले पूरा चक्रपथ निर्माणको सर्भे गरिसकेको छ । तर फ्लाई ओभरका लागि विस्तृत अध्ययन भने गर्न बाँकी नै छ ।

विस्तृत अध्ययनपछि फ्लाई ओभरको नक्सा, डिजाइन तथा लागतको टुंगो लाग्ने परियोजना प्रमुख तिवारीको भनाइ छ । उनका अनुसार कलंकी–कोटेश्वर खण्ड निर्माणकै क्रममा अन्य खण्ड निर्माण पनि अगाडि बढ्नेछ । हाल काम भइरहेको खण्डबाहेक अन्य खण्डको प्रारम्भिक सर्भे भइसकेको छ ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...