कवितामा ब्यक्त गरिन स्वताले पतिवियोगको पिडा

Loading...
Spread the love

Swata and Shreekrishna

विवाह भएको एक महिना नबित्दै श्रीमान् गुमाएकी श्वेताको मन अझै थामिएको छैन। कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुनासाथ श्रीमानको कुरा आउँदा उनका आँखा अझै रसाउँछन् ।
पतिवियोग सहन उनलाई निकै गाह्रो भइरहेको उनको व्यवहार र आँसुका धाराले पुष्टि गरिरहेको छन्। अरूसँग कमै मात्र बोल्ने उनी प्राय एकान्तमै बसेर सोचिरहेकी हुन्छिन्। श्वेताले केहि दिन पहिले आफू र श्रीको दुईवटा फोटोहरु फेसबुकमा पोष्ट गरि आफ्ना भित्रि वेदनाहरु भगवानसँग गुनासो गरेकी थिइन्।

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न

अनेक कोसिश गर्छु म अगाडि हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन ,

भन्थे जीन्दगीका हरेक मोडमा संघर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,

कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

दैब लाग्नुको पनि एउटा सीमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,

हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसँग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,

लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न।

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...