मोबाइलका टावरले स्वास्थ्यमा गम्भीर असर पार्ने

Loading...
Spread the love

भाद्र २२, सप्‍तरी । विभिन्‍न मोबाइल सेवा प्रदायक कम्पनीले राजविराज नगरक्षेत्रका आधादर्जन स्थानमा राखिएको मोबाइल टावरका कारण मानवीय स्वास्थ्यमा चुनौती थपिएको छ। नेपाल टेलिकम, एनसेल र युटिएललगायतका मोबाइल सेवा प्रदायक कम्पनीले नगरक्षेत्रका विद्यार्थी, कलेज तथा निजी भवनको छतमा Tower NTC Ncellराखिएको टावरका कारण मानव स्वास्थ्यमा चुनौती थपिएको हो।

मानव स्वास्थ्यलाई समेत ख्याल नगरी मोबाइल सेवा कम्पनीले राजविराज-९स्थित शुभम बोर्डिङ स्कुल, दुर्गा बोर्डिङ स्कुलसहित नगरको आधा दर्जन स्थानमा राखिएको मोबाइलका टावरले मानव स्वास्थ्यमा गम्भीर समस्या हुँदै आएको स्थानीयले बताएका छन्।

बस्तीभन्दा १०० मिटरको दूरीमा टावर जडान गर्नुपर्ने मान्यताविपरीत मोबाइल सेवा प्रदायक कम्पनीले विद्यालय, कलेज तथा घरको छतमै टावर राखिएकाले विभिन्न स्वास्थ्य समस्या आउने खतरा रहेको स्थानीय चिकित्सकको कथन छ ।

मोबाइलको टावरका कारण हृदयघात, पक्षघात, हाडजोर्नी, मस्तिस्कको क्यानसरलगायतका स्वास्थ्य समस्या आउन सक्ने विश्‍व स्वास्थ्य संठनको ठहर छ। विश्‍व स्वस्थ्य संगठनको उक्त कुरालाई समेत बेवास्ता गर्दै मोबाइल सेवा प्रदायक कम्पनीले राजविराज नगरपालिकालाई समेत बेवास्ता गरेका छन्।

टावर राख्‍नु अघि गाविस र नगरपालिकासँग स्वीकृति लिएर मात्र टावर राख्न पाउन व्यवस्थालाई समेत ख्याल नगरी मोबाइल सेवा प्रदायक संस्थाले नगरक्षेत्रका शिक्षा, स्वास्थ्य प्रदान गर्ने स्थानमा टावर राखेका छन्। यसरी विद्यालय र घरको छतमा राखिने मोबाइलको टावरले त्यस क्षेत्रमा सबैभन्दा बढी बालबालिकालाई असर पार्न सक्ने सम्भावना हुन्छ।

मानवीय स्वास्थ्यलाई नै जोखिममा पार्ने गरी मोबाइलका टावर राखिँदासमेत स्थानीय प्रशासनलगायतका सम्बन्धित निकायले कुनै चासो देखाएको छैन। मानवीय स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मोबाइल टावर हटाउन स्थानीयले पटकपटक आग्रह गर्दासमेत अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ।

करिब दुई वर्षअघि नेपाल टेलिकमले छिमेकी रामसुरत देवको घरको छतमा राखिएको मोबाइलको टावरले आफ्ना परिवारका सबै सदस्य बिरामी परेको भन्दै घरको छतबाट टावर हटाउन पटकपटक नेपाल टेलिकम कार्यालयमा धाउँदासमेत सुनुवाइ नभएको स्थानीय नारायण राउतले गुनासो गरे।

उनले भने, ‘टेलिकमले छिमेकीको घरको छतमा टावर जडान गरी आफ्नो घरको भित्तामा अर्थिङ राखेका छन्, जसका कारण आफ्ना परिवारका सदस्य बिरामी पर्दैआएका छन् ।”

स्वास्थ्य जोखिम बढे्को दर्साउँदै टावर हटाउन पटकपटक टेलिकम कार्यालय धाउँदासमेत कार्यालय प्रमुखले टावर हटाउने अधिकार क्षेत्रीय कार्यालय विराटनगरसँग रहेको भन्दै पन्छाउँदै आएको राउतको गुनासो छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका सुपरभाइजरसमेत रहनुभएका राउतले मोबाइल टावर हटाउन टेलिकम, जिल्ला प्रशासन कार्यालय र राजविराज नगरपालिका कार्यालयमा उजुरी गर्दासमेत हालसम्म कुनै पहल नभएको गुनासो गर्नुभयो ।

उनले भने-‘नागरिकको स्वास्थ्य समस्यामा गम्भीर असर पार्ने गरी मोबाइलका टावर राखिएका छन् तर यसलाई हटाउन कहीँकतैबाट पहल भएको देखिएन्, त्यस्तै प्रशासनिक र कानुनी दुवै बाटो अवलम्बन गर्ने सोचमा छु।’

नगरक्षेत्रभित्र मोबाइलको टावर अस्पताल, विद्यालय, बस्ने क्षेत्रको के कति दूरीमा राख्दा उचित हुने सोको वैधानिक कागजात पेस गर्न राजविराज नगरपालिका कार्यालयले २०७० चैत २२ गते टेलिकम कार्यालयलाई पत्र काटे कुनै जवाफ पठाएको छैन ।

यस्तै एनसेल कम्पनीले राजविराज नगरपालिका-१ स्थित एक घरको छतमा मोबाइलको टावर राख्‍नै लाग्दा स्थानीयले विरोध गरेका थिए । मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै उक्त घरको छतमा टावर राख्‍न रोक्‍न खोजे पनि बढी भाडा पाउने लोभमा घर मालिकको मिलोमतोमा एनसेल कम्पनीले टावर राख्‍न सफल भएका छन् ।

यता नेपाल टेलिकम राजविराजका प्रमुख हरिकान्त चौधरीले दूरसञ्चार प्राधिकरणको अनुमति लिएर मोबाइलको टावर राखिएकाले हटाउने अधिकार आफूहरूसँग नरहेको बताए।

मानव स्वास्थ्यमा मोबाइलको टावरले नकारात्मक असर पार्न सक्ने सम्भावना हुँदाहुँदै पनि आवश्यकतालाई महसुस गरी टावर राख्नुपरेको बताउँदै उहाँले दूरसञ्‍चार प्राधिकरणबाट आदेश भएमात्र टावर हटाउन सकिने उल्लेख गरे। रासस

– See more at: http://annapurnapost.com/en/news/technology/13356/%E0%A4%AE%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%B2-%E0%A4%9F%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B5-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BE-%E0%A4%97%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%80%E0%A4%B0-%E0%A4%85%E0%A4%B8%E0%A4%B0.htm#sthash.OHcvgjgF.dpuf

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...