अपहेलना विधेयकमा छलफल र परिमार्जन गर्नु : नेम्बाङ

Loading...
Spread the love
भाद्र २४, काठमाण्डौ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संसद्मा पेस गरिएको भनिएको अदालतको अपहेलनासम्बन्धी विधेयक पारित गर्नुअघि परिमार्जनका लागि जनमत सङ्कलन गरिने भएको छ।
अदालतको अपहेलनामा कानुन बनाउन आवश्यक भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन संसदीय इतिहासमै पहिलोपटक जनमत लिन लागिएको व्यवस्थापिका–संसद् सचिवालयमा आज आयोजित छलफलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जानकारी दिए।
नेपाल पत्रकार महासङ्घ र नेपाल बार एसोसिएसनले जस्ताको तस्तै विधेयक पारित नगर्न अडान लिएको अवस्थामा सभाध्यक्ष नेम्बाङले यसमा व्यापक छलफल गरेर परिमार्जन गर्न सुझाव दिएका हुन्।
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले अदातलको अपहेलनामा मात्र होइन न्यायाधीशको स्वविवेकलाई नियन्त्रण गर्न पनि कानुन आवश्यक भएकाले यो विधेयक ल्याउन लागिएको जानकारी दिँदै भारतलगायत अन्य मुलुकमा पनि यस्ता कानुन रहेको उल्लेख गरे।
उनले विधेयकका सम्बन्धमा छलफल गर्न सकिने अवस्था रहेकाले सबैबाट आएका सूचना सङ्कलन गरेर अधिकतम रूपमा परिमार्जनका लागि पद्धति नै बसालिने बताए।
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले विधेयकले अदालतलाई असीमित अधिकार दिएर नागरिक अधिकार तथा प्रेस स्वतन्त्रता हनन हुने स्थिति देखिएको र अदालतको आदेशको आलोचना गर्नुभन्दा पुनारावेदन मात्र गर्नुपर्ने स्थिति देखिएकाले पर्याप्त छलफल गरेर विधेयक पूरै परिमार्जनका लागि नेपाल बारले पनि सहयोग गर्ने उल्लेख गरे।
नेपाल पत्रकार महासङ्घका सभापति महेन्द्र विष्टले जबर्जस्ती कानुन लाद्न खोजे त्यस्ता कानुनको दुरुपयोग हुनाका साथै लोकतन्त्र पनि खतरामा पर्ने बताए।
कानुन सचिव भेषराज शर्माले न्यायलाई सुनिश्चित गराउन अदालत बलियो भएरमात्र पुग्दैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि सुनिश्चित गरिनुपर्ने बताए।
संसद्को विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले आयोजना गर्नुभएको सो छलफलमा वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे र धु्रवहरि अधिकारी, नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराई तथा महासचिव सुनिल पोखरेल, सभासद् रामनारायण बिडारीलगायतले विधेयकले न्यायाधीशलाई सीमित रूपमा स्वविवेकीय अधिकार दिइएको, प्रेसको अभिव्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्न खोजिएको र सम्बन्धित न्यायाधीशले नै अधिकारको दुरुपयोग गर्न सक्ने स्थिति देखिएकाले यस विधेयकलाई पूरै परिमार्जन गरिनुपर्नेमा जोड दिए।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...