परमादेशपछि पनि प्रहरीले उजुरी दर्ता गरेनन

Loading...
Spread the love

भाद्र २५, काठमाण्डौ ।  तरही गाविस-३ की ३३ वर्षीया मायादेवी भनिने मत्याकुमारी रायलाई सोही ठाउँका राजेश्वरप्रसाद राय, गिनादेवी राय र मीनादेवी रायले बोक्सीको आरोप लगाई कुटपिट गरेको जाहेरी दरखास्त दर्ता गरी कानुन बमोजिम गर्नु भनी अदालतले परमादेशको आदेश जारी गरेको एक वर्ष २ महिना भइ सके पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै पीडितले गुनासो गरेकी छन् ।

पुनरावेदन अदालत राजविराजका तत्कालीन मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त इजलाशले ०७० असार ३० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका नाममा जाहेरी दरखास्त दिन आएमा दर्ता गरी कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश जारी गरेको थियो ।

परमादेशमा भनिएको छ बोक्सीको आरोप लगाउने कार्य कानुनले प्रतिबन्धित हुनुका साथै सम्मानपूर्वक बाँच्न पाउने नागरिकको नागरिक अधिकारको पनि उल्लघंन भएकोले त्यस्तो जाहेरी दर्ता गराउन ल्याएमा कानुन बमोजिम प्रकृया पुर्‍याई दर्ता गरी अनुसन्धानलगायतका कामकारवाही गर्ने अधिकार विपक्षी कार्यालयलाई भएको देखिँदा निवेदन जिकिर अनुसारको जाहेरी दरखास्त दिन आएमा दर्ता गरी कानुन बमोजिम गर्नु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।

आरोपितले तरही गाविस-३ स्थित सार्वजनिक बाटोमा घेरा हाली बोक्सीको लाञ्छना लगाई लछारपछार गरी ०६९ माघ २९ गते कुटपिट गरेको पीडितको आरोप छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०६९ फागुन ६ गते आरोपितहरूविरुद्ध उजुरी दिएकोमा प्रहरीले घाँजाँच गराए पनि उजुरी दर्ता र कारबाही नगरेपछि ०७० चैत ३० गते पुनरावेदन अदालत राजविराजमा परमादेशका लागि रिट दायर गरेका थिए ।

अदालतको परमादेश पछि पनि उजुरी दर्ता नगरी आलटाल गरेर प्रहरीले अदालतको अपहेलनाका साथै पीडितलाई थप पीडा दिएको पीडितका कानुन व्यवसायी बताउछन ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...