साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा यस्तो छ

Loading...
Spread the love

भाद्र २७, काठमाण्डौ ।  पतिसँगको सम्बन्ध खासै राम्रो थिएन, छोरा पनि अपांग । तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो भएपछि जीवनमा दुःखैदुःख भोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने निर्णय गरिन । दुलेगौँडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि अरब पुगिन् ।

शोभा

६० वर्ष पार गरेका बाबु भीमबहादुर र आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे थाह समेत दिएकी थिइनन् । तर विदेशको जीवन त्यति सजिलो भएन उनलाई यता श्रीमानले पनि दोस्रो विवाह गरे । उता उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन् । गएको वर्ष साउन २ गते घरमा फोन गरी उनले भनिन्, ‘मालिक र मालिक्नीले साह्रै यातना दिए । म यहाँ बस्नै सकिनँ । लौ न मलाई फर्काइदिनु पर्‍यो । वृद्धावस्थाका आमाबाबु चिन्तित भए,  शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे । १९ हजार रुपियाँ माग्यो उसले । छोरीको ज्यानभन्दा पैसा ठूलो हैन । ऋण गरेर १९ हजार जोहो गरेर जिम्मा लगाए तर छोरी फर्किनन् ।

गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो । तर धन्दा नमान्नुस्, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औँठा छाप सहितको कागजात बनाइसके । बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले ।

तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन् । म नै जेलमा छु, के गर्न सक्छु र मैले भनेपछि उनीहरु रुँदै घर फर्किएका थिए । शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन् । तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबुरहे । त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकोले केहि आशा भने उनिहरुमा थियो ।

शोभा 1

उनको जीवन रक्षा गर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे । तर, अब जिउँदी शोभा मात्र हैन लाश समेत नेपाल आउने स्थिति छैन । सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो । विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्परा अनुसार अन्त्यष्टिी गरियो । नेपाली दूतावासका अनुसार शोभालाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो ।

आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदा यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीँको कानुन अनुसार ‘ब्लडमनी’ लिन नेपाली दूतावासले गभर्नर तहसम्म प्रयास गर्‍यो । तर मृतक बालकको परिवारले मानेन । तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो । स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो ।

शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन । अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए, ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ । घर आउँदा साइकल ल्याइदिन भनेको छु । तर उनलाई उनकी ममीको जीवन साइकलको चेन चुँडिसकेको के थाहा अब साइकल आउने छैन, न त उनकी आमा नै आउने छिन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...