सेक्स र कानुन संग जोडिएका रमाइला घटनाहरु

Loading...
Spread the love

अदालतमै कृत्रिम योनी
सन् २००६ मा अमेरिकाको ओक्लोहामा सहरको एउटा अदालतमा एउटा मुद्दामा सुनवाइ चलिरहेको थियो । न्यायाधीश डोनाल्ड थम्प्सन एउटा मुद्दाको सुनवाइ गरिरहेका थिए । तर, न्यायाधीशको अग्लो टेबलपछाडि न्यायाधीश थप्सन त कृत्रिम योनी प्रयोग गरेर मैथुन गरिरहेका पो रहेछन् ।
प्रत्यक्षदर्शीका अनुसार एउटा हत्यासम्बन्धी मुद्दाको एउटा सुनवाइ सायद असाध्यै निरस भएर हो वा अथवा असाध्यै कामुक भएर, न्यायाधीश त चालू भइहालेछन् । यस्तो लज्जाजनक हर्कतका कारण डोनाल्डको जागिर चट भयो र चार वर्ष जेलमा जाकिए ।

घर पुग्ने धैर्य पनि भएन
इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया sexगरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले ।
यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्‍यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एकजना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे ।

घन्टाघरको बाल्कोनीमा
अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घन्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर रातमा गरिने कार्यका लागि । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घन्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो ।
उक्त घन्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे ।

प्रहरी भ्यानको बोनेटमा
एउटा डच जोडीले त हदै गर्‍यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो ।
आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए ।

दरबारको बगैँचामै
अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यसवेला पर्यटकहरू उक्त sexदरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए । उमेरले तीसको पूर्वाद्र्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो ।
सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् ।

बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स
फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् ।
उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन्, उनी बेहोसै भइन् ।

जहाजको ककपिटमा
सयौँ मिटरमाथि आकाशमा भएको यौनसम्बन्धको पहिलो रेकर्ड सन् १९१६ मा भएको थियो, जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए ।
अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो ।

चर्चमा प्रार्थना भइरहेका वेला
इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्‍यो । त्यहाँ त एक जोडी समागममा पो व्यस्त रहेछन् ।
यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो ।

क्रेनमाथि बसेर
अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र राति र गोप्य तरिकाले गर्नुपर्ने यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो ।

एटिएम बुथभित्र
स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’

समुद्री किनारमा
बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबारे बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको पर्वाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे ।

तीव्र गतिको मोटरवेमा
नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए ।

कार पार्किङमा
सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’
उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन् ।

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...