किन वढे सर्वोच्चमा दोपाका निवेदन

Loading...
Spread the love

कुनै बिरामीले मोफसलका चिकित्सक कहाँ जाँदा उसले पहिला यो रोगको उपचार यहाँ गर्न सकिन्छ कि सकिदैन ? त्यो हेर्छ । यदि उपचार यहाँ गर्न सकिदैन भन्न लागेमा उसले काठमाण्डौको फलाना अस्पताल वा अन्य ठाउँमा जानु भन्ने गरेका छन् । त्यस्तै मोफसलका कुनै कानून व्यवसायीले मुद्दाको पक्षलाई परेको अन्यायको निरुपण गर्नको लागि केन्द्रमा पठाउँछ भन्ने केन्द्रका का.व्या.ले मुख्य रूपले निम्न कुराहरूमा बढी ध्यान दिनुपर्दछ ।

सर्वप्रथम का.ब्या.ले पक्षले कुन उपचार खोज्न आएका हुन् त्यो पत्ता लगाउनुपर्छ ।

दोस्रो मुद्दाको गर्ने क्षेत्राधिकार कहाँ हो त्यो निरुपण गर्नु पर्दछ ।

तेस्रो अदालतमा प्रवेश गर्ने गर्ने हदम्याद छ वा छैन हेर्नुपर्छ ।

मुद्दासँग सम्बन्धित प्रमाण कागज हेर्ने, सुरक्षित र गोप्य गराइृ राख्ने गर्नुपर्छ ।

सवोच्च अदालमा पुनरवेदन वा दोह-याई पाउँकाको सवालमा जिल्ला र पुनरावेदनको फैसला गहन रूपमा अध्ययन गर्नुपर्दछ ।

यी मुख्य कुराहरू पहिलो दृष्टि मै हेर्नुपर्ने कुराहरू हुन् । न्याय प्रशासन ऐन २०४८ संशोधन हुनु पूर्व जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले जुनसुकै मुद्दामा आंशिक वा पूरै फैसला उल्टी गरेका सबै मुद्दाहरूमा र पुनरावेदन अदालतमा शुरु दर्ता भएको मुद्दाको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था थियो । जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको खण्डमा मात्रै सर्वोच्च अदालतमा मुद्दा दोह¥याई पाउँको निवेदन लाग्ने व्यवस्था थियो ।

तर न्याय प्रशासन ऐन २०४८ मिति २०६७ मा संशोधन हँदा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्थामा केही परिवर्तन गरेको छ । अब संशोधन उपरान्त तीन वर्ष वा सोभन्दा बढी सजाय, पच्चीस हजार रुपैयाँ वा सोभन्दा बढी जरिवाना , पचास हजार रुपैयाँ वा सोभन्दा बढी बिगो भएको वा बिगो नखुलेको मुद्दामा सुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णयउपर पुनरावेदन अदालतले पुनरावेदनको रोहमा निर्णय गर्दा केही वा पूरै उल्टी भएको मुद्दामा मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यबस्था गरेकोछ ।

अर्थात माथि संशोधित कानुन व्यवस्था अनुसार अब जिल्लाले गरेको फैसलालाई पुनरावेदन अदालतले गरेको केही वा पूरै उल्टी भएको फैसलामा सबै मुद्दामा पुनरावेदन नलागी सर्वोच्च अदालतमा मुद्दा दोह¥याई पाउँको निवेदन लाग्ने व्यवस्था गरेको छ । शायद त्यसैले अहिले सर्वोच्चमा मुद्दा दोह¥याई पाउँको निवेदनको चाप वढेको छ साथै पुनरावेदन पत्र पनि कम दर्ता भएको देखिदैन ।

अधिवक्ता सिताशरण मण्डल 

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...